सुनको मूल्य तीन लाख नाघ्यो

Bizness Post बिजनेस पोष्ट
|
२ दिन अगाडि

काठमाडौं  : नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यावसायी महासंघका अनुसार आज सुन प्रतितोला १३ सय रुपैँयाले बढेको हो । 

यससँगै आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्यपनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । योसँगै आज चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया