आजदेखि विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिन सकिने

बिजनेस पोष्ट

काठमाण्डौ २१ चैत्र २०८१

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गते आजदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ

लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ निष्काशन गर्न लागको हो।

लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको एफपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२।५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो शेयरका लागि लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि २०८२ बैशाख ४ गतेसम्म लम्बिनेछ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया