काठमाडौँ १ मंसिर, २०८३
बैंक तथा वित्तीय संस्थाहरूमध्ये राज्यलाई सर्वाधिक आयकर बुझाउने संस्थाका रूपमा नबिल बैंक सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरे ।
आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय क्षेत्रतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेको कदरस्वरूप सरकारले नबिल बैंकलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको हो । प्रचलित आयकर ऐनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो करयोग्य आयमा ३० प्रतिशत आयकर बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
सोही समारोहमा चौधरी ग्रुप (सिजी) अन्तर्गतको सिजी इम्पेक्स प्रालिले पनि वस्तु व्यापारतर्फ उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ ।
आफ्नो समूहका दुई संस्थाले सम्मान प्राप्त गरेपछि अध्यक्ष चौधरीले मुलुकको कुल कर राजस्वमा चौधरी ग्रुप र नबिल परिवारको संयुक्त योगदान २.५ प्रतिशतभन्दा बढी रहेको जानकारी दिए । उनले यस उपलब्धिका लागि संस्थामा आबद्ध कर्मचारीहरूको मेहनत र सेवाग्राहीहरूको विश्वासप्रति आभारसमेत व्यक्त गरेका छन् ।











तपाईको प्रतिक्रिया