सबैलामा विश्व हात स्वास्थ्य दिवस मनाइयो

Bizness Post बिजनेस पोष्ट
|
२ घण्टा अगाडि

संजय प्रसाद पौडेल,

जनकपुरधाम २६ बैशाख २०८३

सबैलामा विश्व हात स्वास्थ्य दिवस World Hand Hygiene Day (मे ५) मनाइएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारी र सबैला नगरपालिकाको समन्वयमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना (GSS)ले प्रारम्भिक वाल विकास, बाल संरक्षण, खानेपानी तथा सरसफाई र बातावरण संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं ९ को कुसमाहा,१० को गेरुवाही,११ को इनर्वा र १३ नं मा किरतपुरमा हात स्वास्थ्य दिवस मनाईएको हो । सहि तरिकाले हातको सफाई गर्न सकेमा रोगको संक्रमण धेरै कम गर्न सकिने,जोखिमपूर्ण अवस्थामा सावुन पानीले हात सफा गरेमा ३० देखि ४० प्रतिसत झाडापखला कम गर्न सकिने अध्ययनहरुले देखाएको छ ।

यस दिवसमा हात धुने तरिकाको बारेमा सचेतनाको साथमा सबैले सावुन पानी हात धोईयो भने आ आफ्ना स-सना बालबालिकाहरुलाई समेत हातको सरसफाई गर्न सिकाउन पर्ने विषयमा छलफल गरियो । विशेष गरि ३ अघि र ३ पछिको समय अर्थात खाना वनाउनु,खानु र खुवाउन अगाडी त्यस्तै शौचालयको प्रयोग पछि,फोहोर छोएपछि,विरामीको स्याहार पछि हात अनिवार्य रुपमा साबुन पानीले मिचि मिचि कम्तिमा २० सेकेन्ड लगाएर धुन पर्ने महिला स्वास्थ्य स्वयंसेविकाले समुदायको भेलामा जानकारी गराए ।
समुदायको भेलामा करिव १८० जनाको सहभागिता रहेको थियो । विषेश गरि स्वास्थ्य कार्यालहरु र विद्यालयहरुमा सहज र अनिवार्य रुपमा हात धुने लगायतको सरसफाइ सुविधा र सावुन पानिले हात धुने अवस्था नभएकोले यस्ता विषयमा ध्यान दिन आवस्यक रहेको समजका कार्यक्रम अधिकृत खगेन्द्र दहालले वताए ।

तपाईको प्रतिक्रिया