नेकपाबाट मकवानपुर–१ मा विजय गौतमको उमेदवारी

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौँ ६ माघ २०८२।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर–१ मा नेकपाका विजय गौतमले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–११ स्थित प्रादेशिक कृषि थोक बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् । गौतम पार्टीका कार्यकर्ता र समर्थकहरूको ¥यालीसहित निर्वाचन कार्यालय पुगेका थिए ।

गौतम मकवानपुर–१ बाट पहिलो पटक चुनाव लड्न उम्मेदवारी दर्ता गरेका हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा थालेका गौतमलाई नेकपाले सो क्षेत्रमा उम्मेदवार बनाएको हो ।

तपाईको प्रतिक्रिया