जनकपुरधाम २७ अशोज २०८२
सन् २०२५ अक्टोबर ११ का दिन सबैला नगरपालिकाको वडा नं १३ अन्तर्गत हकरौल टोलमा गलर्स स्ट्यान्डिङ स्ट्रङ (GSS ) परियोजनाको आयोजनामा ““The Girl I Am; The Change I Lead: Girls on the Frontlines of Crisis” भन्ने विषयवस्तुका साथ अन्तर्राष्ट्रिय बालिका दिवस उत्साहपूर्वक मनाइयो।
कार्यक्रमको केन्द्रबिन्दु किशोरी बालिकाहरूको नेतृत्व, सिर्जनशीलता र आफ्नो समुदायमा परिवर्तन ल्याउने क्षमताको सशक्तीकरणमा केन्द्रित थियो।
सो अवसरमा १४ देखि १८ वर्ष उमेर समूहका ३१ जना बालिकाहरूलाई सहभागी गराई चित्रकला (ड्रइङ) प्रतियोगिता आयोजना गरिएको थियो। यस प्रतियोगिताले उनीहरूलाई आफ्ना कल्पना, सपना र नेतृत्व क्षमतालाई कलाको माध्यमबाट व्यक्त गर्ने अवसर प्रदान र्गयो। प्रतियोगिता दिवसको मूल विषयसँग मेल खाने गरी बालिकाहरूले आफ्नो समुदायमा ल्याउन चाहने परिवर्तनको कल्पना र वर्णन गर्नुपर्ने थियो।
कार्यक्रममा जानकी महिला जागरण समाज (JWAS) की अध्यक्ष मन्दा कुमारी कर्ण र वडा नं १३ का सदस्य श्री देवन राउतज्को प्रमुख आतिथ्य तथा उपस्थितिले कार्यक्रमलाई गौरवान्वित बनायो। उहाँहरूले सहभागी बालिकाहरूको आत्मविश्वास र सिर्जनशीलताको प्रशंसा गर्नुभयो। कार्यक्रममा समुदायका सदस्यहरू र सरोकारवालाहरूको समेत उपस्थितिले यो स्पष्ट र्गयो कि उनीहरू आगामी दिनहरूमा पनि बालिकाहरूको सशक्तीकरण र नेतृत्व प्रवद्र्धनका पक्षमा रहनेछन्। ।











तपाईको प्रतिक्रिया