काठमाण्डौ ११ माघ २०८२
आइतबार शेयर बजार अप्रत्याशित ढंगले बढेको छ । आइतबार नेप्से ५७।५५ अंकले बढेर २७७२।१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३१ कम्पनिका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज एसवाई प्यानल, श्रीनगर एग्रोम नेपाल माइक्रो इन्सुरेन्स, बन्दीपुर केबलकार, हिमस्टार उर्जा, माबीलुंग इनर्जी, रिलायन्स फाइनान्स र अन्खु खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको । त्यस्तै एभरेष्ट बैंकको डिभेन्चरको सबै भन्दा बढी ५।८० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ५९ लाख कारोबार भएको छ भने ग्रीन भेन्चरको ३९ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

के कारण बढ्यो बजार ?
गत साताको अन्तिम कारोबार दिन सामान्य ९.२३ अंकले बढेको बजार आज अप्रत्याशित रुपमा बढेको हो । आजको बजारको बृद्धिदरलाई राजनीतिक कारण मात्रै भन्न सकिने अवस्था छैन । किनकी निर्वाचनको सुनिश्चितता गत साताको बिहिबारको कारोबार दिन अघि नै भइसकेको थियो । तर पनि बजार ९ अंकको बृद्धिदरमा सिमित थियो । आज आइतबार ५७ अंकको भारी बृद्धिदर बजारले पाएको छ ।
यसमा कतिपय शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको एमाले प्रवेश पनि कारण हो भन्छन् । खासगरी अग्रवाल शनिवार अरु केही लगानीकर्ताहरु साथै लिएर एमाले प्रवेश गरेका थिए । उनले एमाले अध्यक्ष केपि ओलीबाट पार्टी प्रवेश गरेका थिए । कारागार मुक्त भएर एमाले पार्टीमा छिरेका अग्रवालहरुले लगानी बढाउन थालेपछि बजार बढेको भन्नेहरु छन् । अघिल्लो साता सामान्य अंकको बृद्धिदरमा सिमित बजार आइतबार ५७ अकंको भारी फड्को मार्नुले त्योपनि कारण हुनसक्ने देखाउँछ । जे होस् बजारमा ठुला लगानीकर्ताहरुको प्रवेश, चहलपहल र खरिद विक्रिको चाप बढनु सम्रग शेयर लगानीकर्ताकै लागि सुखद कुरा हो ।












तपाईको प्रतिक्रिया