दरमखोला हाइड्रो इनर्जीको आईपीओ आजदेखि खुल्ला

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौं  १५ साउन २०८२।

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात आज साउन १५ गतेदेखिसर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणसमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

आवेदन छिटोमा साउन १९ गतेसम्म दिन सकिनेछ । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा साउन २९ गतेसम्म लम्बिनेछ ।

कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २४ करोड ७९ लाख रुपैयाँ रहेको छ। 

तपाईको प्रतिक्रिया