निर्वाचनअघि राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौँ ९ माघ २०८२ ।

देशभरका यातायात व्ययवासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचन अगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताए ।

महासङ्घले नारायणगढ–बुटवल सडक खण्ड, नौबिसे–मुग्लिन सडक खण्ड, बिपी राजमार्गलगायत देशभरिका सडक हालसम्म पनि सडक साँघुरो र खाल्डाखुल्डी भएकाले देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आम व्यवसायीलाई असहज भएको जनाएको छ ।
निर्वाचनका समयमा आमयात्रु तथा मतदातालाई गन्तव्य स्थानसम्म पुग्न अत्यधिक समय लाग्ने गरेकाले सार्वजनिक सवारीसाधन सहज रुपमा आवतजावत गर्न सकिने व्यवस्था मिलाउन महासङ्घले अनुरोध गरेको हो ।rss

तपाईको प्रतिक्रिया