छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर पुनः बिक्रीमा

Bizness Post बिजनेस पोष्ट
|
४ हप्ता अगाडि

 काठमाडौँ २८ पुस २०८२-  छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता संस्थापक सेयर पुनः बिक्रीमा ल्याएको छ। यसअघि संस्थापक सेयरधनी र त्यसपछि सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्दा खरीदका लागि कुनै निवेदन नपरेपछि कम्पनीले अब सबै इच्छुक लगानीकर्ताले किन्न पाउने गरी सेयर बिक्री खुला गरेको हो।

कम्पनीले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ निर्धारण गरेको छ। सेयर खरीद गर्न इच्छुकले आवश्यक कागजातसहित आगामी ७ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया