सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं ८ पुष २०८२- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारण सभा पुस ७ गते सम्पन्न गरेको छ।सभाले बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९.५५ रुपैयाँको ५.३५ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार ६२६ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) र ५ प्रतिशत अर्थात् १७ करोड ७८ लाख १२ हजार ७८५ रुपैयाँबराबरको बोनस शेयर गरी कुल १०.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

लाभांश पारित भएपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँ पुग्नेछ। साधारण सभाले आ.व. ०८१÷८२ को वित्तीय विवरण, लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका अन्य महत्वपूर्ण प्रस्तावहरू पनि पारित गरेको छ।

बैंकले मुलुकभर १०९ शाखा र ३० एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ।

तपाईको प्रतिक्रिया