महालक्ष्मी विकास बैंकका कार्ड प्रयोगकर्तालाई अरेबिका र क्याफियोफिलियामा विशेष छुट

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौँ ०७ मङ्सिर २०८२।

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने क्रममा कफी पारखीहरूलाई लक्षित गरी अरेबिका कफी र क्याफियोफिलिया कफी (भैंसेपाटी) सँग विशेष छुट सम्झौता गरेको छ।

यो सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले अरेबिका कफीका दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे–राधे (भक्तपुर), यूएन पार्क (ललितपुर), मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी गरी ९ वटै आउटलेटमा सेवा लिएबापत १५ प्रतिशतसम्म छुट पाउनेछन्। जसमा कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

त्यस्तै, क्याफियोफिलिया कफी भैंसेपाटीमा बेकरी आइटमबाहेकका सबै सेवामा बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

बैंकले यस्ता सहकार्यले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई दैनिक जीवनमा प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छ।

यसअघि नै बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई विभिन्न ट्राभल एजेन्सीबाट टुर प्याकेज खरिद गर्दा ६ देखि १२ महिनासम्मको लचिलो किस्ताबन्दीमा भुक्तानी गर्न सकिने नयाँ सुविधा पनि सुरु गरिसकेको छ।

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, खाना तथा पर्यटन क्षेत्रका विभिन्न संस्थासँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई आकर्षक छुट तथा सुविधा प्रदान गर्ने नीति अवलम्बन गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया