बन्दीपुर केबुलकारलाई आईपीओ निष्काशनको लागि अनुमती

Bizness Post बिजनेस पोष्ट
|
१० महिना अगाडि

काठमाडौँ १९ असार २०८२।

बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बिहीबार बोर्डले उक्त कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनीले सर्वसाधारण समूहमा अंकित मूल्य १ सयका दरले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको छ । केयर रेटिङमा कम्पनीले नेपालबाट बीबी रेटिङ पाएको छ ।

निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ । कम्पनी पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया