काठमाडौं,३१ जेष्ठ २०८२ ।
नेपाली पत्रकारिता र सामाजिक सेवामा समर्पित नाम हो, राजन थापा । काठमाडौंको साङ्ला–५ (हालको तारकेश्वर नगरपालिका–१ ) मा जन्मिएका थापा दुइ दशकदेखि सामाजिक परिवर्तनका लागि क्रियाशील रहँदै आएका छन्। सानै उमेरदेखि अरूको दुःखमा साथ दिने स्वभाव भएका थापा हाल पत्रकारिता र सामाजिक सेवामा सक्रिय छन्। खासगरी काठमाण्डौ उपत्यकामा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान राख्दै आएका थापा अत्यन्त सक्रिय समाजसेवी हुन् । लामो समयदेखि समाजसेवामा रहेका कारण उनलाई हरेक दिन सहयोगको याचना गर्दै पिडितहरुले दर्जनौ फोनहरु गरिरहेका हुन्छन् । थापा भन्छन् पछिल्लो समय स्वास्थ्य क्षेत्रमा रहेर समाजसेवी काम गर्दे आएको कारण हरेक दिन ब्लड मिलाइदिनु पर्यो, हस्पिटलमा छुट मिलाइदिनु पर्यो भनिरहेका हुन्छन् । म हरतरहले त्यसैमा लागिरहेको हुन्छु ।
विगतमा थापाको योगदान विशेषगरी विपद् र संकटको समयमा उल्लेखनीय देखिन्छ। २०७२ सालको विनाशकारी भूकम्पपछि उहाँ काभ्रे, गोर्खा, नुवाकोटलगायतका जिल्लाहरूमा पुगेर पीडितहरूलाई कपडा, जस्तापाता, खाद्यान्न, औषधिजस्ता सामग्री वितरणमा सक्रिय भए।
कोभिड–१९ महामारीका बेला पनि थापा चुप लागेर बस्न सकेनन्। उपत्यकाका अस्पतालहरूमा बेड, आईसीयू, भेन्टिलेटर उपलब्ध गराउन सहयोग गर्नुका साथै घरमै आइसोलेशनमा रहेका बिरामीहरूलाई औषधि, अक्सिजन सिलिन्डर र खाद्य सामग्रीको व्यवस्था गर्न सक्रिय भइहाले। त्यस आलवा कोरोना अवधिमा अस्पतालमा रहेका २ सय भन्दा बढी बेवारिसे लाश उनले आफनै हातबाट दाहसंस्कार गरेका थिए ।

उहाँको विश्वास छ, परोपकारी तथा मानव सेवामा लगाएको समय खेर जान्न, धर्म हुन्छ र आत्मसन्तुष्टि प्राप्त हुन्छ। विपद्को समयमा सबैले सकेको सहयोग गर्नुपर्ने उहाँको धारणा छ। आफनै खर्चमा उनले अनगिन्ती समाजसेवी काम गरेका छन् । उनी आफु त्यसैमा जिवन सर्मपण गर्न चाहन्छन् । भन्छन् २० बर्ष भयो दुखी, पिडितको पिडामा मल्हम लगाउने कुरामै केन्द्रित छु । बाँकी जिवन समाजसेवामै केन्द्रित गर्नेछु । हिजोआज भने उनी बढीजसो विभिन्न स्कुलका बालबालिकाहरुलाई स्वास्थ्यबाट बन्चित नहुन भन्नका लागि ओम समाज डेन्टको शिविर लिएर स्कुल स्कुल पुगिरहेका छन् ।
समाजका विविध पक्षमा कलम चलाउँदै आएका थापा पत्रकारितामा पनि उत्तिकै क्रियाशील छन्। सामाजिक मुद्दाहरूमा धारिलो लेखन प्रस्तुत गर्ने थापालाई विभिन्न अवसरमा सम्मानित समेत गरिएको छ। एभरग्रीन वर्ल्डवाइड इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा उहाँलाई कदरपत्रसहित सम्मान गरिएको थियो।
थापा विभिन्न सामाजिक संस्थासँग आबद्ध रहँदै आएका छन्। ‘नयाँ पाइला समाज नेपाल’ को दोस्रो साधारण सभामा समेत उहाँको सहभागिता रहेको थियो, जसले सक्षम महिला, समृद्ध समाजू भन्ने नारालाई अघि सारेको थियो।
राजन थापा समाजप्रतिको समर्पण भावले प्रेरणादायी पात्र बन्न पुगेका छन्। विपद्का समयमा अग्रपंक्तिमा रहेर कार्य गर्नु र पत्रकारितामार्फत सामाजिक आवाज उठाउनु उहाँको जीवनशैलीको अभिन्न अंग बनेको छ।












तपाईको प्रतिक्रिया