स्वयम्भू शाक्य
उर्वशी ! स्वर्गलोकको शोभा बढाउने देवराज इन्द्रको सभामा नाच्ने देवागना हुन । सौन्दर्यका प्रतीक उर्वशीको जन्मका बारेमा मत्स्य पुराणकानुसार अहीरको कन्या भनिएको छ । पौराणिक कथनानुसार एकदिन क्रृषि नर नारायण बदरिका आश्रममा कठोर तपस्या गरेका कारण तपस्या भंग गर्न इन्द्रले थुप्रै अप्सराहरु पठाउँदा समेत केहि प्रभाव परेन । बरु क्रृषि नर नारायणले आफ्नो तिध्रा (उरु) वाट दिव्य युवती उर्वशीको जन्म गरेर सवै अप्सराहरु ओझेलमा परेको कुरा इन्द्रले थाहा पाए पछि क्षमा माग्न क्रृषि कहाँ पुगेका थिए । पछि क्रृषि नर नारायणले सर्वश्रेष्ठ सुन्दरी उर्वशी इन्द्रलाई दिइ पठाएको पौराणिक कथन छ ।
उर्वशी उप्सराहरुमध्ये सवैभन्दा सर्वसुन्दर कामुक र नृत्यमा पारङ्गत इन्द्रको दरवारमा नाच्ने विशेष नर्तकी हुन । पुराणमा उर्वशीलाई सौन्दर्यको प्रतीकको रुपमा वर्णन गरिएको पाइन्छ भने संस्कृति साहित्यका महाकवि कालिदासले आफ्नो नाटक विक्रमोर्वशीयम्मा मुख्य पात्र उर्वशी र पुरुरवाको विषयमा वर्णन गरिएका छन् । स्वर्गमा दानवहरुको आक्रमणले गर्दा भयभित भएका इन्द्रले धनु विद्यामा निपुर्ण भएका अर्जुनलाई सहयोगका लागि आग्रह गरेकोले उक्त आग्रहलाई स्वीकार गरि अर्जुनले दानवहरुलाई पराजित गरे पछि विजयउत्सोवमा इन्द्रलोकका राजा इन्द्रले दिव्यखालको भोजको आयोजना गदैं नृत्य र गायनको शुरु गरेका थिए । स्वर्गका सर्वाधित सुन्दरी उर्वशीको रुप देखेर अर्जुन मोहित भएका थिए भने अर्जुनको आक्रषर्णले उर्वशी पनि मुग्ध भई नृत्य र गायनमा तालमेल नमिली अस्वभाविक हुन पुगेका थिए । चित्रसेनले अप्सरा उर्वशीलाई अर्जुन तिमी प्रति मोहित छ भन्ने कुरा सुनाएकोले उर्वशी खुशी भइन र मनमा अर्जुनप्रति पे्रम जागृत भयो । आफूप्रति मोहित भएका अर्जुनलाई प्रेम प्रस्ताव राख्न उर्वशीले रात्री कालमा अर्जुन कहाँ पुग्छिन् र त्यहाँ अर्जुन निदाइरहेको देखि नग्न बसी हावभावले अर्जुनको निद्रा खोलेपछि उर्वशीले अर्जुनलाई प्रेम प्रस्ताव राख्छिन् । तर अजुनले आफू पुरुरवाको वंशज भएको र उर्वशी र पुरुरवाकोे वैवाहित सम्वन्धका कारण तपाई पुरुवंशको जननी हो भनी आफनो माता समान प्रणाम गरि उर्वशीको प्रणय प्रस्ताव अस्वीकार गरि दिएकोले उर्वशीको मनमा दुःख र अपमानको अनुभूति भई तिमी एक वर्षसम्म पुंसत्वहीन भएर बाँच्न परोस् भनी श्राप दिएका थिए । जुन श्रापले गर्दा अर्जुन वनावास जाने वेलामा नपुसंक भएर वसेको थियो । उक्त समयमा अर्जुनले एक वर्षसम्म वृहन्नता बनेर विराट नगरका राजा विराटकी पुत्री उत्तरालाई नृत्य सिकाएको पौराणिक कथनलाई नैं केन्द्रविन्दू बनाएर आधुनिक नेपाली साहित्यमा युगकवि सिद्धिचरणले उर्वशी खण्डकाब्यमा पौराणिक कालखण्डका स्र्वगकी अप्सरा उर्वशी र अर्जुनलाई मुख्य पात्रका रुपमा नायक र नायिकाको रुपमा उभ्याएको पाइन्छ ।
मान्छेको जीवनमा शैशवकाल अति नै प्रिय हुन्छ । न उसलाई थिचोमिचो गर्न आँउछ न धनी र गरिव भनी छुट्याउन आउँछ । उसलाई त म जस्तो तिमी र तिमी जस्तो म भई दिए पुग्छ । सम्झना आउँने चोखो, मीठो र सुन्दर त्यो शैशवकाल शरीर र मन काँचो भएकोले होला जीवनको पहिलो पाउ भन्दोरहेछ । पछि विस्तारैं समय र परिस्थितिले मान्छेलाई पाको वनाउँदो रहेछ ।
आज किन हो कुन्नी युगकवि सिद्धिचरणले पछाडि फर्केर हेर्दैछन् । हिजोको नासोमा आज थुप्रै मनका कुराहरु पोख्दैछन् । कागजका डुङ्गा खियाएर आफ्नो जीवनको गन्तव्य खोजिरहेको वेला केही घाँसहरु वृक्ष उभिएभैंm हरिया वातावरणलाई सघाइरहेका छन् । कोही माटोको महल वनाई कालिगढ जस्तो शिल्पी तिखारिरहेका छन् । कोहि गुण र बैगुण छुट्याई नैतिकताको पाठ पढाईरहेका छन् । कोहि जिज्ञासु बनेर प्रश्नमाथि प्रश्नले आविष्कारको बाटो खोजिरहेका छन् । यो नै वालापनको स्वभाव हो । यो स्वभावभित्र भूत, भविष्य र वर्तमानका थुप्रैं कुराहरु अटाइरहेका छन् । बालापनको आली नाघेर जीवनमा बाढी आए जस्तो भावुकताको हरियालीले कति शान चढ्दो हो । उकालो लागेर माथि पुगे जस्तो थुप्रैं अनुभूतिका कुराहरु बुझ्दो हो । थाहा छैन, काँचो माटोलाई, जसले जे बनाए पनि हुने, जसले जे भने पनि हुने यो शैशवकाल पुतलीजस्तै उडेर कहिले यता कहिले उता डुलेर दागविनाको मनका भावहरु पोख्दैछन् । मायाले चुम्वनमात्र होइन, मायाले प्राणमात्र होइन, मायाले ज्यानमात्र होइन, मायाले त्यागमात्र होइन, मायाले त यो संसार पाउन सकिन्छ । मायाले यो संसार रित्याउन पनि सक्छ । कति समा विटे कति माया पोखे, कति मान्छे पछि परे, कति मान्छे अघि बढे आखिर मान्छेको मन न हो, समना धेरैं पाए पछि मनका कुराहरु आज युगकवि सिद्धिचरणले साथीहरुलाई पोख्दैन् । कविता कोरेर युगकविले कोसेली दिन खोज्दैछन् । तिमी पढेर मात्र हेर त्यहाँभित्र अथाह संसार छ । तिमी हेरेर मात्र भन त्यहाँभित्र हेरिनसक्नु छ । बस् तिमीलाई के चाहिएको हो ? त्यो त तिमीले टपक्क टिप्न सक्नुपर्छ । होइन भने यो त बगेको खोलो हो । ऊ आफ्नो तालमा निरन्तर बगिरहन्छ । आफ्नो गन्तव्य नपुगेसम्म युगैयुगसम्म ऊ हिडिरहन्छ ।
यो नै खोलोको स्वभाव हो । कतै नाच्छे, कतै मन्धगतिले हिड्न खोज्छे, कतै कुडेर हिड्छे, कतैं एकनाश समयसंगै बगिरहन्छेँ । अतुतरुपमा कहिल्यैं नटुटाई एकधिक्का भएर हिजो र आज मात्र होइन भोलि पनि यस्तैं बगिरहेनेछ । मानौं यो धरती रहेसम्म ऊ आफ्नो धर्म निभाउन चान्हछ । न कसैलाई केहि दिनु छ न कसैवाट केहि लिनु छ । हिसाव किताव बरावर भए पछि न आफ्नो हुन्छ न पराई ? त्यसैले मन, बचन र कर्मले निष्ठा राख्ने हो भने आज युगकवि सिद्धिचरणको यो कोसेली मलाई त खोलौंखोलौं लागिरहेछ ।
सुन्दर शैशव मैले काटँ–
कागज – डुङ्गी ख्याई,
घाँसहरुका वृक्ष उभ्याई
मट्टी–महल बनाई ।
बालापनको आली नाघी
जोबन–वाढी आयो,
भावुकताको हरियालीले
कति कति शान चढायो ।
कहिले यसमा, कहिले उसमा
पुतलीजस्तै उड्थें,
चुम्बन गर्थे, मोहत भर्थे,
कति कति समा जड्र्थे ।
यस्तै समना धेर मनाई
जे जति मैले पाएँ,
कविता भन्दै, साथीहरु हो,
कोसेली दिन ल्याएँ ।
मान्छेले आफ्नो मनको ढोका कहिल्यै पनि बन्द गरी राख्नु हुँदैन । मनको ढोका त संधै खुल्ला गरि राख्नु पर्छ । किनकि मन हरियो पार्ने हो भने अलिकता माटोको आवश्यकता छ । अलिकता पानीको आवश्यकता छ । अलिकता हावाको आवश्यकता छ । अलिकता घामको आवश्यकता छ । अलिकता परिश्रमको आवश्यकता छ । अलिकता रेखदेखको आवश्यकता छ । तव पो मनभित्र हरियो पलाउन सकिन्छ । तव पो मनभित्र बसन्त क्रृतुको आगमन हुन सक्छ । नत्र ढोका लागेका अध्यारो मनमा न घाम झुल्किन सक्छ न समयमै चेतनाको निन्द्रावाट विउँझिन सक्छ ।
हो सपनालाई विपना वनाउने हो भने मनमा कालो मैलोलाई पखालेर सुन्दर, शीतल अनि अमृतको प्यालाजस्तो वनाउन सकिन्छ । त्यसैले हामी स्वप्नलाई पलाएर स्वप्नसंगै उडेर जान सक्नु पर्छ । जहाँ मानव कल्याण होस् । जहाँ मानवीय सेवाको भावना होस् । त्यहाँ मान्छे निस्वार्थ भएर बाँच्न सकोस् । छिटोछरिटो आ–आफ्नो धारमा बुद्धि र विवेक लगाएर हिड्न सकोस् । हिजोका कुरा मात्र होइन, आजका कुराहरु मात्र होइन भोलिका कुराहरु पनि बुझ्न सकोस् । मनमा लागेका घाऊ चोतहरुलाई पनि निको पार्ने औषधी बन्न सकोस् । तव पो स्वप्नको अर्थ हुन्छ । नत्र स्वप्न स्वप्नमैं हराएर जाने छ । समुन्द्रको छालजस्तंै हजारौहजार स्वप्नहरु त्यसै हराएर जाने छ । मान्छेहरु भन्ने गरिन्छ, मान्छेको मन माटो हो । जहाँ जे पनि रोप्न सकिन्छ । पाप रोपेर पुण्य फलाउन सकिन्न । त्यसैले मान्छेको जूनीमा पाप होइन धर्म रोप्नु पर्छ । धर्म रोप्न त मनमा रहेका कलेशहरुलाई पखाल्न सक्नु पर्छ । तव पो धर्मले जरा लिन सकिन्छ । होइन भने धर्मको नाममा मनमा पापैपाप उम्रेर दानवजस्तो रगत मासुको चाहना बढ्न सक्छ । स्वार्थी भएर आफैं खाऊ आफै लाऊ भन्ने भावना पलाउन सक्छ । अर्काको सम्पतिलाई मेरै हो भन्न सक्छ । त्यसैले तिमीले त्यस्तो स्वप्न देख्नु पर्छ । जहाँ पाप होइन प्राणी जगत् अटाउन सक्ने आनन्दको छहारी होस् । मानवताले भरिपूर्ण भएको मोहन ज्ञान टपटप चुहिरहोस् । फूलैफूलले मगमग बसनाहरु छरिरहोस् । मखमल कोमल बासना जताततैं देख्न सकोस् । शशिले आँचल च्याटरे प्राणी जगत्मा काँचुलीहरु फेर्न सकोस् । कलिलाकलिला भावहरु संगाली भोलिका लागि निमेषनै किन नहोस् मान्छेको मन संधै चहारिरहोस् । वयानै गर्न नसकिने त्यो स्वर्गलोकको इन्द्रको वगैचाजस्तो शीतल, सुन्दर अनि आनन्ददायी बागमा मनसंधै पुगिरहोस् । त्यसैले मान्छेको मन हरियो पार्नु पर्छ । हरियो मनमा दूवो पलाउन सक्छ । रुखहरु हुर्किन सक्छ । निर्मल खोलाहरु बगिरहन सक्छ । सेता हिमगिरिहरु निर्धक्कसंग फूल्न सक्छ । चन्द्र र सूर्यले बास माग्न सक्छ । वुद्धले ध्यान गर्न बास खोज्न सक्छ । त्यसैले होला युगकवि सिद्धिचरणले मानव जीवन सुन्दर बनाउनका खातिर स्वप्न पलाऊ स्वप्न पलाऊ भनी नूतन नन्दन बनको कल्पना गरेको होलान् ।
स्वप्न पलाऊ, स्वप्न पलाऊ
छरिता धार बहाई,
कल्मष मनको सव पन्छाऊ,
मोहन ज्ञान चुहाई ।
हलुका–हलुका पाउ उचाल
फूल–फूलमा टेकी,
मखमल कोमल बसन लगाऊ
शशिको आँचल च्याती ।
कलिला–कलिला भाव सँगाली
आऊ मेरा सङमा,
छिनभर नै सहि आज चहारौँ
नूतन नन्दन वनमा–
शीतलताको, सुन्दरताको
शीतल, सुन्दर थलमा
समाल लेऊ मनको हरियो
पुग्नुछ नन्दन बनमा ।
यो मान्छेको जूनीमा कति मात्र दुःख र पीडा हुँदोरहेछ । नीलकाँडाले घोचेर कति मान्छेहरु मरिसके होलान् ? कति मान्छेहरु दुःखको खाण्डलमा पुरे होलान् । कति मान्छेहरु उज्यालो नदेख्दै अध्यारोमा बाँचे होलान् । कति मान्छेहरु कण्टक कष्टमा दिनरात विताए होलान् ? के मान्छेको जूनी भनेको दुःखैदुःखको जीवन हो र ? के मान्छेको जूनी भनेको चिम्ती सुख बाँकी सवै दुःखैदुःख भएर मर्नु पर्ने हो र ? के मान्छेको जूनी भनेको चारैतिर काँडैकाँडाले घेरेको जीवन हो र ? के मान्छेको जूनी भनेको भाग्यले मात्र हिड्नु पर्ने हो र ? के मान्छेको जूनी भनेको डस्ने, विझ्ने र नाना चिन्ताले पिरोलिरहने जीवन हो र ? होइन भने आखिर के हो ? भार मात्र हो कि कलुषित कण्टक कष्ट जरैदेखि उलेखेर फाल्नु पर्ने हो कि ? ताकि जीवनमा कुविचारको जन्म नहोस् । मानवताको व्यवहार गर्न सिकोस् । अज्ञानताको मोचन होस् । काम, क्रोध, लोभ र मोहको नाश होस् । अभिमानको अन्त भएर उम्लेर स्वाद विग्रने काम नहोस् । त्यसैले निसन्देह सत्यको कामना गर्ने सत्यप्रेमीजस्तो सदगुणले सम्पन्न हुने हो भने प्रभातहरुको रोजेश्वरझैं सुख र शान्तिको प्याला पिएर मान्छे–मान्छे भएर बाँच्न सकिन्छ । चिसो हावाले मात्र होइन त्यो न्यानो घामले पनि मान्छेलाई स्वागत गर्न खोज्छ ।
मान्छे सिर्जनाशक्तिको मुहान हो । त्यसैले ऊ दिनभरि पसिना वगाएर आफ्नो देह पखाल्न चाहन्छ । माटोमा अन्न रोपेर थुप्रै प्राणीहरुको जीवन दिलाउन चाहन्छ । जीवनका खातिर दुःखहरु सहेर भए पनि भोलिका लागि भविष्य बनाउन चाहन्छ । हो, मेरो बा एकाविहानै खेत खनजोत गर्न जानु भएको छ । आउने वेला भो । समयले मेरो वालाई घरमा बोलाई सक्यो । बा आउनु हुन्छ । भातभान्छा सकेर मीठामीठा कुराहरु गर्नु हुन्छ । हिजो र आजका कुराहरु मात्र होइन भोलि छोरा ठूलो भए पछि के के काम गर्नुपर्छ भन्ने योजना बुन्नु हुन्छ । मलाई के थाहा ? बाले जे भन्छ त्यहि हुन्छ भनी टाउँको हल्लाउनु बाहेक अरु केहि थाहा छैन । बा भन्नु हुन्छ, असल मान्छे बन्नु पर्छ । आफनैं परिश्रमले जिउँनु पर्छ । सत्यलाई आत्मसाथ गर्नुपर्छ । मनमा पाप कहिल्यै नराखी सवैको भलो चिताउनु पर्छ । यस्तैयस्तै बा भन्नु हुन्छ । बा आजकल धेरै बोल्नु हुन्न । मनमा घरधन्दाको धेरै पीर परेर होला मलाई हिड्ने वाटो सिकाउनु हुन्छ । नाता र छर छिमेकीसंग साइनो लगाई बोल्न लगाउनु हुन्छ । लेनदेनमा जालझेलको कुरा धेरै हुने भएकोले इमान्दारीताको कुरो बुझाउनु हुन्छ । आँखाले देखेका सवै कुराहरु सत्य नहुने कुरा भन्नु हुन्छ । त्यसैले मेरो बा घर परिवार पाल्नका लागि घामपानी नभनी खेतवारीमा जानु हुन्छ । दिनभरि काम गरेर वेलुकी साँझ मात्र घर फर्किनु हुन्छ ।
आज सूर्यले विदा मागी सक्यो । गगनले रजनीलाई बोलाई सक्यो । अध्यारो हुने वेला भो । मेरो छोरा घरको डिलमा वसेर मलाई कुर्दो हो । तोते बोली बोलेर बा आउनु भो भनी खुशी भएर हाँस्दो हो । कति मीठो बाल्यपन । जे छ आजै छ । सानो कुरामा खुशी भएर उफ्रिने उसको जीवन एक छिनमै रुने छ । उसलाई के थाहा, ऊ त भर्खरै पलाएको कलिलो मुना हो ।
हो, टाढैवाट मलाई देखेर होला मेरो छोरा उफ्रिन्दैछ । तोते वोलीमै बा बा भनी वोलाउँदैछ । निसन्देह उसको चोखो मनले दिनभरिको थकाई मर्ने छ । उसको वोलाईले यो संसारमा छलकपट हराउनेछ ।
यो भवसागरमा मान्छेको जीवन न यता न उता भएर वीचमा पनि पर्ने सक्छ । एउटा किनारावाट अर्को किनारासम्म पुग्नु पर्ने मान्छेको जीवनमा वीचमा जे पनि हुन सक्छ । छालैछाल भएको त्यो समुन्द्रमा छाल पन्छाएर ढिलो चाँडो गन्तव्य पुग्नु छ । यो छात्तीभित्र थोपाथोपामा जम्मा भएको दया, माया र ममतालाई नौ लाखै तारासंग चन्द्र र रश्मिलाई पनि हामीले जोड्नु छ । खमारीजस्तो बलियो मात्र होइन मनमोहक अनि अति मार्मिद प्रवाहलाई पनि हामीले चन्द्रमाको किरणसंगै कञ्चन अनि उज्यालो पाउने छ ।
दिनभर श्रमले देह पखाली
फर्केको बटुवाको,
बालक छोरो बाहिर निस्की
‘बा, बा’ डाकिरहेको,
सुमधुर तोते बोलीजस्तो
कलरव स्वर्गगाको,
सुनियो, सुनियो मन यो भुलियो
उत्तम मीठोमाको ।
जग जीवको बिच पर्नाले
यसकै थोपा थोपी
माया, ममता रहन सकेको
उर–रसमा चोपी ।
जून सिलेको, दूध बहेको
जस्तै मोहक आला,
मार्मिक यसको हेर प्रवाह
कञ्चन जून उज्यालो ।
भनिन्छ, स्वर्ग देवलोक हो । जहाँ देवदेवताहरुको वासस्थान भएकोले जसले पुण्यकार्य गरिन्छ त्यहि मात्र स्वर्गमा पुग्ने गरिन्छ । जो पापकर्म गर्छ ऊ नर्कमा । यसलाई नै कर्मको भोग भनिन्दोरहेछ । त्यसैले यो कर्मको सिद्धान्तनुसार मान्छेको जूनीमा जसले पुण्यकार्य गरिन्छ ऊ राम्रो गतिमा गई अर्को जूनीमा पनि भाग्यले साथ दिने गरिन्छ ।
धर्म र दर्शन दुई पयोयवाची शव्द हुन् । आत्मा, परमात्मा र ईश्वरजस्ता अर्मूत कुराहरुलाई कसैले स्वीकार गर्न पनि सक्छ, नगर्न पनि सक्छ । यो त आ–आफ्नो व्यतिmगत इच्छा भो । तर स्वर्ग र नर्क हाम्रो चेतना भन्दा परको कुरो हो । नर्क उराठलाग्दो भयानक डरलाग्दो ठाँउ हो । जहाँ पापीलाई पापको प्रायश्चित गर्ने गराइन्छ । तसर्थ स्वर्ग र नर्कमा फरक यति मात्र छ कि मनुष्य जूनीको पाप र धर्मले छुट्याउने गरिन्छ ।
धर्मिक कथनानुसार मरेको आत्माले वैकुण्ठ तरी अमरावत्ती पुगेपछि मात्र मुक्त हुनेछ । तर मान्छे नमरी स्वर्ग देखिन्न । तैपनि किन होला, आज युगकवि सिद्धिचरणले स्वर्गका राजा देवराज इन्द्रको नूतन नन्दन बनको कुरा गदैछन् ? हरिया भरिया वसन्त क्रृतुले संधै आगमन हुने प्रकृतिको कुरा गदैछन् ? यो संसार परमेश्वरको रचनाको उपज हो भनी आध्यात्मिक कुरा गदैछन् ? स्वर्ग र नर्कको अलौकित चर्चा गदैछन् ? स्वर्गका राजा इन्द्रको वगैचा अकल्पनिय सुन्दरताको कुरा गदैछन् । दिव्य चिरन्तन सुखको अनुभूति पाउन किन मनका फोहोर मैलाहरु पखाल्नु पर्छ भन्ने कुरा गदैछन् । मान्छेको जूनीमा पाप र धर्मका अदृश्य चर्चा किन गदैछन् । मान्छेको शरीरलेमात्र होइन हदयले पनि मृत्यु, मञ्जुल अनि प्रेमलताका कुरा गदैछन् ?
मन भारी भए पछि दुःखका कुराहरु मात्र गर्ने गरिन्छ । तर आज युगकवि सिद्धिचरणको मन प्रफुल्ल भएर होला स्वर्गका ती आँखा लोभ्याउने मन हराउने त्यो सुन्दर हरियो नन्दन बनमा चौध भूवनमै नपाउने कमलका सयपत्री फूलहरु मात्र होइन लटरम्भ फुलेका फलफूलहरु अनि कोइलीले मधुर स्वरमा अलौकिक गीत गाउँदा चराचुरुङ्गीहरु पनि तालमा ताल मिलाई मीठो स्वरमा आ–आफ्नै भाखा पोखेको कुरा गदैछन् । कति मीठो त्यो झरनाको झरझर, कति मीठो त्यो हावाका चापहरु, एकैं खेपमा हल्लिने ती सुकेका पतिङ्गरहरु, मानौं मौनाक पर्वतको त्यो जर्वर पत्थरजस्तै एक ढिक्का भएर स्वछन्दपूर्वक हाँसेका ती तरुवरहरु, एकले अर्कोलाई प्रेम, माया र स्नेहले वाँच्दैछन् । मनपर्ने त्यो मनोहर सुमधुर मञ्जुघोषले मन मस्तिष्कमा मात्र होइन संधै आफ्नै ठानेर आलिङ्गन गर्दा कति मीठो लाग्दो हो । त्यसैले त्यो हरियो भरियो नन्दन वनमा बाँच्न खोज्ने नव प्राणीहरु यो धरतीमा जन्मन पाँउदा खुशी भएर यता उता कता कता डगुरेर आफ्नो हृदयको चञ्चल स्वभाव देखाउँदैछन् । सुन्दर, शान्त अनि विशाल त्यो वनमा आ–आफ्नो कर्मका वाटोतिर लागेर मनले खोजेको थुप्रै व्यञ्जनहरु भोजनगदैं जीवनले खोजेको संजीवन बटुलिएर सजिलोसंग जीवन विताउँन खोज्दैछन् ।
हरियो भरियो नन्दन वन यो
फलले फूलले शोभन
शतदल नत्र्तन, कोकिल कूजन,
प्रेम ध्वनित मधु गुञ्जन ।
झरझर निर्झर, फरफर पतकर,
मत्त चराको गायन,
मौनी पत्थर, हाँस्दो तरुवर
मञ्जुलता आलिङ्गन ।
शावक दलको चञ्चल धावन
शान्ति परीको मन्त्रण,
ताजापनको कति कति व्यञ्जन
मनलाई भोजन ।
प्रेम र रुचिको शीतल सङ्गम
बहँदो सजिलो जीवन,
सुस्ताईकन क्षणभर यसमा
बटुलौँ प्रिय संजीवन ।
अर्जुन, महाभारतका मुख्य पात्र हुन् । इन्द्रदेव र कुन्तीपुत्र अर्जुन, द्रोणाचार्य (परशुरामका शिष्य) का प्रिय शिष्य हुन् । पौराणिक कथन अनुसार अर्जुन पूर्वजन्ममा नारायणका भाई नर हुन् । जसको जन्म दंभोदभ्वा नामको असुरलाई वध गर्न जन्मेका थिए । दोणाचार्य चाहन्छन्, अर्जुन यो संसारमा त्यस्तो योद्धा बनून् जसले दु्रपदलाई प्रतिशोध लिन आफूसंग भएका सवै शास्त्रास्त्र विद्या प्रदान गरेका थिए । त्यसैले हस्तिनापुरका एक सय पाँच जना राज कुमारहरुलाई शिक्षादिक्षा दिएर अर्जुनलाई विश्वकै एक सर्वश्रेष्ठ धनुर्धर योद्धा वनाएका थिए ।
पौराणिक कथानुसार एकदिन वेदव्यासले भने जस्तै अर्जुनले शिवजीको घनघोर तपस्या गरेकोले शिव प्रशन्न भई वरदान दिएका थिए । यसैवेला यम, कुँवेर र इन्द्रको पनि आगमन हुन्छ र अर्जुनले सवै प्रति आदर सत्कार गरेकोले सवैले अलौकिक शक्ति दिई आ–आफ्नो दिव्य अस्त्रशस्त्र प्रदान गरेका थिए । त्यसवेला इन्द्रले अर्जुनलाई स्वर्ग आउने निम्तो दिएको थियो भन्ने कथन छ ।
इन्द्रको महल स्वर्गपुरीको गहना हो । जहाँ जसले जे खोज्छ त्यहि पाइन्छ । न अभावको गन्ध छ न पापीहरुको बास छ । त्यहाँ त ईश्वरको वास भएकोले होला संधै शीतल, सुन्दर र बसन्तको आगमन छ । दानवहरु स्वर्गमा राज चलाउन चाहन्छ । इन्द्रलाई संधाका लागि पराजित गरेर ईश्वरमाथि शासन चलाउन चाहन्छ । स्वर्गंलाई डगमगाउन जोरजुलुम र उत्पात मचाएर भए पनि सुरगणहरुलाई भगाउन चाहन्छ । थाहा छैन, त्यो कस्तो दिन होला, जुन दिन दावनले सुरगणहरुलाई धपाउन थालेको थियो ? त्यो कस्तो दिन होला जुनदिन आफूले दिएको वरदानले आफैलाई भष्म पार्न खोजेको थियो । अनौठो छ, यो हुनै नसक्नैं कुराहरु त्यसवेला किन सम्भव भएको होला ? के ईश्वर ! दावनको शक्तिदेखि डराएर पो हो कि ? के ईश्वर ! दानवभन्दा कमजोर भएको पो हो कि ? होइन भने देवदेवताहरु एउटा मानव जो मत्स्यलोकमा बस्थे अर्जनलाई रक्षाको लागि किन पुकारेका होलान् ? दानवसंग युद्ध गर्न किन हारगुहार गरेको होलान् ? के यस्तो पनि दिन आउन सक्छ र ? हो आउन्दो रहेछ । हस्तिनापुरका महारथी महान धर्नुधर अर्जुनले दानवहरुलाई युद्धमा पराजित गरे पछि आज स्वर्गमा विजय उत्सवको खुशीयाली छ । डर, त्रास र भयवाट मुक्त भई राजा इन्द्रको सिंहासन जोगिएको छ । त्यसैले आज असुरमाथि सुरको जीत भएर होला स्वर्गमा अर्जुनको जयजयकारका साथ विशाल सत्कार भैरहेको छ । थाहा छैन, यो कस्तो संयोग होला ? असुरमाथि सुरले पो युद्ध गरी विजय हासिल गर्नु पर्ने हो ? तर यहाँ त एउटा मानवले असुरमाथि विजय हासिल गरी सुरलाई रक्षा गर्दो हो ?
दानव बाढी बढ्दै आई
स्वर्ग डगाउन खोज्दा,
जोरजुलुम औ उत्पात भई
सुरगण टिक्न नसक्दा,
सुरगणले अनि अर्जुनसित गै
सविनय मद्दत माँगे,
असुर हराई अर्जुनद्धारा
सुरको शुभ दिन ल्याए ।
आज त्यसैको उत्सवखातिर
फुल र जोवन रसले
स्वागत अर्जुनलाई गरेको
जय जय जयको लयले
जति सकिन्छ उति सत्कार गरी
अर्जुनकन खुश पारी,
आनन्द दिने, आराम दिने
तत्परताको बाढी !
मन मात्र खुशी हुुनु पर्दछ यो आँखाले पनि सवै कुराहरु राम्रो देख्दो रहेछ । मस्तिष्कले खुराकी पाएर खुशी भएको वेला सुस्ताएको खोलो पनि वेगले वग्न थाल्छ । मान्छेमा प्रेम पलाएर लगन गाँठो कस्न थाल्छ । आनन्द र मिलनले जताजतै हिडौँहिडौँजस्तो लाग्न थाल्छ । तातो हावा पनि भञ्ज्याङ्गमा पुगे पछि चिसो बन्न थाल्छ । आतुर गरी ओरालोमा बगेको नदी पनि समतलमा आए पछि सुस्तरी बग्न थाल्छ । त्यसैले रातमा रजनीले ताराका गुच्छा शिरमा सिँउदा कति मीठो लाग्दो हो । प्रिय नन्दनमा उज्वलको पङ्खा चलाउँदा कति हर्षले समुद्र हाँस्दो हो । छालमाथि छाल उठेर उमंगका वाटाहरु कति सजिलै हिड्दो हो । हो, आज साँझ परिसक्यो अस्ताचलमा सूर्यले डेरा जमाइसक्यो । निस्फिकी पवन चलेर होला आजका लागि चराचुरुङ्गीहरुमात्र होइन यो सुरपुरको मधुमय सौन्दर्यले पनि सुख र शान्तिका साथ निदाउँन खोजिसक्यो । भोलिको प्रतिक्षामा अमृत घटको पानी पिएर रजनीलाई बोलाई सक्यो ।
शुभ सुनौलो हुँदोरहेछ । त्यो सुनौलो किरणले होला सुतिरहेको नन्दन वन एकाविहानै विउँझिन थाल्छ । रङ्गीविरङ्गी चराचुरुङ्गीहरु, मयुर अनि वन्यजन्तुहरु सेता ती हिमगिरिहरु हाँसेको देख्दा तरुहरु पनि मन खोलेर हाँस्न थालिसके । थाहा छैन, आज त्यो नन्दन बनमा को हिडेकी होली ? रुप र सौन्दयकी खानी अप्सराजस्तो तीनै लोकमा प्रसिद्धि पाएकी कतैं उर्वशी त होइन ? स्वर्गकै सर्वश्रेष्ठ सुन्दर, कामुक अनि दिव्य नर्तकी त होइन ? सौन्दय र प्रेमको काव्य त होइन ? हो, अप्सराहरुका सुन्दरी उर्वशी यही नन्दन वनमा यात्रा गदैं थियो । सूर्य निदाएको वेला, चन्द्र जागा भैरहेको वेला, राताको समयमा ऊ एक्लै नन्दन वनमा हिडिरहेकी थिइन् । वादलको डसना उघारेर के मात्र हेरेको थियो तल हरिया ती कोमल घाँसहरुजस्तै रुप कलाकी रानी उर्वशी हाँसिरहेकी थिइन् । गगनमा एक दुईवटा ताराहरु सर्दा उसको आँचलवाट सितारा फर्रर झरेर ती हरिया घाँसहरुमा पर्दा मानौं सुन्दर अनि मर्म बुझेका ती जुनकीरीका फुर्काजस्तै झल्लमल्ल हुन थाल्छन् । अध्यारा वाटाभरि प्रकाश दिएर जूनकीरीले बटुवाहरुलाई निस्वार्थ सेवा गर्न खोज्छन् ।
सत्य यहि हो, जसमा कुनै स्वार्थ छैन । लेनदेन छैन । जन्मजात आफ्नो कर्तव्यतिर जुनकीरी व्यस्त छन् । किनहोला, जूनकीरीले यति धेरै मनुष्यलाई माया गरेको होला ? बाटामा अध्यारो होला भनी झिलिमिली बत्ती किन वाली दिएको होला ? एउटा सानो जीवले मान्छेलाई यति धेरै उपकार किन गरेको होला ? थाहा छैन, यो त जुनकीरीलाई सोध्नु पर्छ । ज्ञानको पाना पल्टाएर जुनकीरीको गाथा खोज्नु पर्छ ।
रङ्गीचङ्गी मयूर पङ्खी
भङहरु ती नाघी,
नन्दन बनको बाटो काट्दै
उर्वशी हेर बढेकी ।
माथि छ चन्द्र– बादल डसना
शीतलताकी खानी,
तल छन् उर्वशी कोमल घाँस
रुप, कलाकी रानी !
यौटा, दुइटा तारा सर्छन्
यसतिर, उसतिर सर्र
चल्दा उनको आँचलवाट
झर्छ सितारा फर्र,
कुनै कतै गै झर्ने ती नै
घाँसहरुमा पर्दा,
बन्छन् सुन्दर मर्म पखाल्ने
जूनकिरीका फुर्का !
हिमगिरि चिसो मात्र होइन शीतल पनि हुने गरिन्छ । शीतल त मनको प्यास हो । यो संसारमा जो कोहिले खोज्ने गरिन्छ । त्यसैले जहाँ माया छ त्यहाँ धेरै हँसिलो र पोसिलो हुने गरिन्छ । जहाँ लीला छ त्यहाँ थुप्रै छलकपट मात्र हुने गरिन्छ । निर्धकरुपमा मन बहलाउन, मन फुकाउन, सुन्दर रुपमात्र होइन रङ्गले पनि आफ्नो भित्री सुरमा यथार्थताको परिचय दिन खोज्छ ।
हो, हामीलाई त्यस्तो लीलाको आवश्यकता छैन जहाँ जे पनि गर्न सकिन्छ । जहाँ जे पनि हुने गरिन्छ । हामीलाई त दया र मायाको आवश्यकता छ । म रोएको वेला तिमीहरुले नरुनु भनी दिए पुग्छ । तिमीहरु रोएको वेला मैले आँशु पुछ्न पाएँ पुग्छ । अनि पो दया र मायाको जन्म हुन्छ । अनि पो दया र माया संगसंगै हिड्न सक्छ । होइन भने यो संसार घाम लागे पनि अध्यारो छ । अध्यारो, प्राणीलाई मन पर्ने कुरो होइन । अध्यारोभित्र प्राणीमात्र होइन वोट विरुवाहरु पनि बाँच्न गाह्रो छ ।
हामीलाई थाहा छ, चिसोले संधै घामको खोजी गर्ने गरिन्छ । तर यो शिशिरको चिसो याममा एका विहानै तुसारो परेर वाटाहरु सवै सेता भए पनि आखिर यो धरतीको मन न हो लुकेको न्यानो ज्योतिलाई बालेर आगो ताप्न खोज्छ । भोलिका निम्ति सेता हिमगिरिहरु पनि हाँसीहाँसी वितेका कुराहरु मात्र होइन आउँन्दो दिनहरुलाई पनि सम्झेर हाँसीहाँसी प्रेमलाप गर्न खोज्छ । यहाँको महिमालाई बुझेर, यहाँको गरिमालाई बुझेर, यहाँको सुषमालाई बुझेर, यहाँको दिव्यलाई सझेर, जूनीजूनीसम्म सुन्दर उपहारको रुपमा धन्य भएर बाँच्न पाएकोमा आफैंलाई गर्व गर्न थाल्छ ।
यो संसारमा मान्छेहरु आ–आफ्नो तरिकावाट गन्तव्यमा जाने गरिन्छ । तर हजारौ वाटाहरुमध्ये कुन वाटो रोज्ने हो ? कुन वाटो हिड्ने हो ? कुन वाटो चाँडै पुग्ने हो ? कुन वाटो राम्रो हो ? त्यो त आफैले पहिल्याउन सक्नुपर्छ । कोहि वैराग्य भएर हिड्न खोज्छ । कोहि चञ्चल भएर जाने गरिन्छ । कोहि सुन्दर सपना वोकेर पुग्न खोज्छ । कोहि डराईडराई आँखा ओछ्याएर हिड्ने गरिन्छ । चाहेर या नचाहेर पनि आखिर एक दिन प्राणीहरु गन्तव्यमा पुग्नु पर्ने वाध्यता रहेछ ।
मनमा विराग उत्पन्न गरी यो संसारिक माया र मोहलाई त्यागेर कसैका प्रति रिसराग र ईष्या नलिने क्रृषिहरु पनि के साँच्चै मायाको जादूगरले तान्न सकिन्छ र ? काम वासनालाई मुठ्ठी पार्न सक्ने वैरागीहरुलाई पनि के साँच्चै तेर्सो नजरले तीर चलाउन सकिन्छ र ? आवादी नहुने भिरालोमा पनि के साँच्चै कटेरो वनाउन सकिन्छ र ? देह र सांसारिक वस्तुलाई नै सर्वस्व ठान्ने सांसारिक जञ्जालमा पनि के साँच्चै क्रृषिहरु अल्झीन सकिन्छ र ? यो हुन्नैं सक्दैन । तर यो संसारमा काम, क्रोध, लोभ र मोह त्यागेका विशिष्ट ज्ञानले भरिपूर्ण साधु सन्तहरुमात्र होइन सयौं वर्षसम्म कठोर तपस्या गरी परमात्मासंग साक्षत्कार गर्न सक्ने क्रृषिमुनिहरुले पनि ज्ञान, दिव्य र परम चक्षुलाई विर्सेर कहिल्यै काहि देह र सांसारिक बस्तुलाई सर्वस्व ठानेको छ । मनमा रिसराग नभएका वैराग्यहरुले जगपथलाई छोडेर यो संसारिक जञ्जालवाट जति टाढा हिडे पनि फलामलाई चुम्वकले तानेजस्तैं मोह जागृत गर्ने ती सुन्दरताकी रानीहरुले मनलाई नतानेको हैन । किनकि मान्छेको मन न हो जतिसुकै कठोर र स्थीर नै किन नहोस् कहिले काहि मन पनि पग्लिन्दो रहेछ । पानीले पनि भिज्दोरहेछ । आँधीवेरीले पनि ढलाउन्दो रहेछ । छालसंगै कहिलेकाहि बगाउँन्दो रहेछ । त्यसैले यो अनौठो बुझ्नै नसक्ने आकर्षणले मान्छेको मन त के क्रृषि मुनिहरुको मन पनि अस्थिर हुन्दो रहेछ ।
जति हेर्याे उक्ति राम्रो लाग्ने, जति सोच्यो उति डुब्वेर जाने, जति बग्यो उति बगाई लाने, जति छोयो उति विर्सिन्दै जाने त्यो कस्तो सुन्दरत् प्रतीक हो ? त्यो कस्तो अनुमप नमूना हो ? चित्त प्रसन्न भएर प्रिय सुन्दरी तिम्रो मनोहर स्वरुप अनि कोमल मुटु स्वभावले कतै विपिनमा स्वर्गका अप्सरा उर्वशी मुस्कराई रहेको त हैन ? कतै भूकम्प आएर मन र मस्तिष्कभित्र हलचल पैदा गरेकी त हैन ? सागरको गहिराई बुझ्न नसकेर कतै लहराई लहराई समुन्द्रसगैं वगाउने त हैन ? भो तिम्रो नजरले नहेरी दिए पुग्छ । किनकि तिम्रो नजरमा वाण छ, प्राण छ, आश छ, मोहिनी छ । त्यसैले तिमीले नहेरी दिए पुग्छ । नमुस्कुराई दिए हुन्थ्यो । नर्समाई दिए पुग्छ । न बोलाई दिए हुन्थ्यो । नत्र बल्सी लागेको माछोजस्तो तिमीले जहाँजहाँ लग्यो उतैतिर लागेर कतै यो जीवन विग्रने त होइन ? कतै यो स्वतन्त्रतामा आँच आउने त होइन ? कतै चन्द्रवंशका पहिला राजा पुरुरवाजस्तै उर्वशीको प्रेम र सौन्दर्यले मर्ने त होइन ?
पौराणिक कथनानुसार देवलोक उर्वशी आफ्ना सखिहरुसंग यो धरतीमा यात्रा गर्दा यहाँको वातावरणले उनी मोहित भएकी थिइन् । एक दिनको कुरो हो । एक जना राक्षसले उर्वशीलाई अपहरण गर्दा धरती पुत्र पुरुरवाले राक्षससंग युद्धगरी उर्वशीलाई वचाए पछि दुवैको गहिरो पे्रम सम्वन्ध भएको थियो । उर्वशी स्वर्गमा नृत्य गर्दा भगवान विष्णुको नाम सट्टा पुरुरवाको नाम लिएकोले नृत्यु गुरु भरतमुनि क्रोधित भई पृथ्वीलोकमा गई मानव जस्तो सन्तान पैदा गर्नू भनी श्राप दिएकोले उर्वशी धरती पुत्र राजा पुरुरवासंग केहि शर्तका आधारमा विवाह गरी सन्तान पैदा गरिएको थियो ।
वैराग्य लिई जगपथ छाडी
हिँड्ने बटुवालाई,
खिच्ने मोहन जादूगरीले
तेर्सो नजर चलाई ।
जति हे¥यो उति ललित किशोरी,
सुन्दरताकी रानी,
प्राणीहरुमा हलचल पार्ने
आकर्षणकी नानी !
हिँड्छिन् बढ्छिन् हेर विपिनमा
ती उर्वशी मुस्काई
प्रति चेष्टामा सुन्दरताको
सागर नै लहराई !
भो, भो यसरी धेर नहेर
मनमा लाग्ला बल्सी
विस्र्यौ कि कथा अघिको तिमीले
पुरुरबा र उर्वशी !
अप्सराहरुको यौवन र सौन्दर्यमा कति साधुसन्त र क्रृषिमुनिहरु मरिसके । कतिको हुर्मत लुटिसके । कतिको सपनाहरु च्याती सके । कतिको मनमा वेचैनीले छटपटाइ सके । तर खैं कसैले उद्धार गर्न सकेको छैन । कसैले उप्सरालाई वैगुनी भन्न सकेको छैन । कसैले लोभी आँखालाई छोप्न सकेको छैन । कसैले मनलाई हलचल नगरी मुठ्ठी कस्न सकेको छैन । त्यसैले उर्वशी ! तिम्रो त्यो चञ्चल, झलमल, टलवल र सलवल यौवनलाई देखेर यो आँखाले कहिल्यै विश्रास पाउन सकेको छैन । यो जीवनले कहिल्यै सार पाउन सकेको छैन । यो लक्ष्यले कहिल्यै साध्य पाउन सकेको छैन । यो वाटोमा कहिल्यै हिड्न सकेको छैन । त्यसैले हे सौन्दर्यका अशेष उर्वशी ! तिमीले यो पुण्यभूमिमा होइन इन्द्रको सभामा संधै नृत्य गरिरहुँन् । संगीतले सधैं गीतिमय् वनाइ रहुँन् । मनोरञ्जनले संधै अरुलाई लोभाई रहँुन् । भोग र प्यासमा संधै जीवन विताइरहुन् ।
भनिन्छ, अप्सरा इन्द्रको हतियार हो । देवराज इन्द्रले आफ्नो सिंहासनको रक्षार्थ धेरैपटक तपस्वीहरुको कठोर तपस्यालाई भंग गर्नका लागि अप्सराहरुको प्रयोगले यो धरतीमा मानवसंगको विवाह विन्धनले सन्तानको जन्म भएको थियो । उर्वशी ! तिमीले चन्द्रवंशका पूर्वज राजा पुरुरवासंग विवाह वन्धनमा बाँधी सन्तानको जन्म दियो । मान्छेको चाहना पुरा गरि दियौ । कहाँ स्वर्गलोकमा बस्ने उर्वशी, कहाँ मत्स्यलोकमा बस्ने पुरुरवा, तैपनि उर्वंशी ! तिमीले भिन्न स्वरुपको भिन्न प्रकृतिमा पनि आफ्नो परिचय दिन भ्याएका थियो ।
पौराणिक कथनानुसार इन्द्रपुत्र अर्जुनले चलाउने गाण्डीव धनु, बरुणदेवले अग्निदेवलाई र अग्निदेवले अर्जुनलाई दिएका थिए । अर्जुनले स्वर्गमा गएर सवै दिव्यस्त्र प्राप्त गर्नुका साथै भगवान शिवलाई खुशी पारेर पाशुपतास्त्र नामक महाअस्त्र समेत प्राप्त गरेका थिए ।
आज इन्द्रको सभामा नृत्य र गायनले कुन्ती पुत्र अर्जुनलाई जयजयकार गर्दैछन् । विजय उत्सवले वाटाभरि फूलैफूलहरु ओछाएर लावालस्करले सत्कार गदैछन् । एउटा वीर पराक्रमी यौद्धलाई स्वर्गको महलमा देव–देवताहरुले सम्मानका साथ भव व्यक्त गर्दैछन् । वीभत्स कर्म नगर्ने वीभत्सु भनि इन्द्रको सभामा पनि परिचय दिदैछन् । त्यसैले आजको सभा स्वर्गको इतिहासमा न कहिल्यै भयो न भविष्यमा हुनेछ । यो त शुरु र अन्त्यको इतिहास हो । यो इतिहासभित्र इन्द्र र अर्जुनको बाबु छोराको सम्वन्ध छ । देवता र मानवको एउटै स्थान छ । स्वर्ग र मत्स्थलोकको गहिरो सम्वन्ध छ । मनुष्य र उप्सरा वीचको प्रेम छ । उर्वशी र अर्जुनको पूर्वजको नाता छ । त्यसैले होला आजको यो स्वर्गको सभामा नृत्य, संगीत, गीत र कलाको संगममात्र होइन इतिहासभित्रको इतिहास कोरिएको छ ।
महान धर्नुधर हस्तिनापुुरका महारथी अर्जुन देखेर स्वर्गकी परम सुन्दरी उर्वशी मुग्ध भई मनमा पे्रमले झाङ्गि सकेको थियो । थाहा छैन, उवेशीलाई आज सभामा नृत्य गर्दागदैं कतै चुक्ने त होइन् ? कतै गीत गाउँदागाउँदै कोकिलको गलामा शुल पर्ने त होइन् ? कतै प्वाँस कुँडेर उड्न नसक्ने त होइन ? कतै नाच्दानाच्दै नाच्न नआउने त होइन ? कतै कला विर्सेर गोलमाल हुने त होइन ? यस्तैयस्तै लागिरहेका थियो । त्यस्तै भो तर झण्डै चुक्न लागेको त्यो सभामा उर्वशीलाई आज के भैरहेको छ ? हो, अप्सराले अरुलाई नाचगान गरि मनोरञ्जन दिने साधनमात्र होइन अप्सराको पनि मन छ । अप्सराको पनि आफ्नै व्यथा छ । जो कसैलाई वताउन सक्दैन । मनभित्र गुम्साएर कसैको वस्तुको रुपमा वाँच्नु पर्ने पीडा छ । त्यसैले होला अप्सरा अरुको नजरमा सुन्दरी भए पनि उसको मनमा कुरुप वनेर बाँचिएको छ । कसैको भोग र प्यास मेटाई दिनु पर्ने, कसैलाई मनोरञ्जन दिलाई दिनु पर्ने, कसैलाई सुन्दरीको जालमा फसाइ दिनु पर्ने, कसैलाई राज्यसत्ता वचाई दिनुपर्ने, के यो पीडा होइन र ? के यो मनको व्यथा होइन र ? के यो पाप होइन र ? के यो सुन्दरीको नाममा जाल होइन र ? हो, त्यसैले उर्वशी ! आफ्नो मनमा पीडा वोकेर भए पनि आज ऊ खुशी छे । किनकि उसको आँखा अगाडि प्रिय अर्जन छ । प्रेमले पागल भएकी उर्वशीको मनमा दूध उम्लेर पोख्न लागेको छ । कुन वेला पोख्न हो, थाहा छैन । यो पापी मनमा नाना कुराहरु खेलेर आफू आफैंसग हराउँदै छन् । प्रेममा पागल भएकी उर्वशी उर्जुनसंग संधै बसिरहुँ जस्तो लाग्न थाल्छ । उसको मुहार संधै हेरिरहुँ जस्तो लाग्ने गर्छ । उसको वोलाई संधै सुनिरहुँ जस्तो हुने गर्छ । उसको अँगालोमा संधै वेरिरहुँ जस्तो लाग्न थाल्छ । त्यसैले होला आज उर्वशी नृत्य गर्दागदैं झण्डै वेहोशीमा अर्जुनलाई अँगालो हाल्न लागेकी । देव देवताहरुको सभामा आफू कहाँ छ भनी विर्सेर होला अर्जुनलाई मात्र सम्झि आफ्नो जीवन सुम्पिन आतुर छिन् । सुख र दुःखका कुराहरु, स्वर्गमा हुने कथाहरु, मत्स्यलोका रमणीय वातावरणहरु, प्रेमभित्रका मनका कुराहरु सवै एकसाथ नन्दन वनमा वसेर अर्जुनसंग पोख्न मन लागिरहेको थियो । तर स्वर्गकी नर्तकी उर्वशी न हो, आफूले खोजेको सवै कुराहरु कहाँ पाउन सक्छन् र ? उसको मन झसंग भएर ऊ आफ्नै ठाउँमा आईपुग्छे । आफैले आफैलाई नकचरीको संज्ञा दिदैं अरुले के भन्दो हो भनी आफै समाल्न खोज्छे । आफ्नो तस्विर अर्जुनको मनमा कसरी टाँसिएको छ भनी भित्रभित्रै मनसंग कुरा गर्न खोज्छे ।
हो, प्रेम त आत्मिय र भावनात्मक सम्वन्ध हो । यो जैविक गुण हो । जहाँ माया र मोहको जन्म हुन्छ । जहाँ विना स्पर्श छोएजस्तो हुन्छ । जहाँ टाढा भए पनि नजीकजस्तो लाग्छ । जहाँ विना शव्द वोलिरहेको हुन्छ । त्यसैले एकान्तमा हराउने यो वाटोमा आज उर्वशी हिडिरहेकी छे । स्वार्थ विना एउटा गुलाफको फूलझैं काँडैकाँडावीचमा पनि ऊ हाँसिरहेकी छेँ ।
झन्डै चुकेको आज सभामा
कोकिलको गायनमा,
प्वाँख कुँडेझैँ लाग्यो मेरो
शूल परेर गलामा !
पसिना बन्दै बाहिर निस्क्यो
मेरो सब चतुर कला,
मैले सकिनँ कण्ठ फुकाउन
के भो, के आज ममा !
अनि अरुणोदय पर्दा हाली
गर्दा पाठ उषाको,
झन्डै झन्डै हाल्न पुगेको
अर्जुनलाई अँगालो !
छिः म अप्सरी, नकचरी कस्तो !
के भन्ठाने होला,
अर्जुन मनमा मेरो तसबिर
कसरी टाँगियो होला !
प्रेम अर्थपूर्ण र गहन रहेछ । यो जिन्दगीको सर्वोत्कृष्ट वाँच्ने कला हो । राम्रो बन्नु सजिलो भए पनि साँच्चै राम्रो बन्नु गाहो छ । त्यसैले होला आज उर्वशीले सम्पूर्ण देवदेवतालाई अर्जुन प्राप्तीका लागि प्रार्थना गदैछिन् । प्रिय मेरी अजुनलाई पाउन आज मलाई बल दिनुपर्छ । छल दिनुपर्छ । मोहन जादू दिनुपर्छ । किनकि मैले आज मेरी अर्जुनलाई पाउनु छ । कोकिलको स्वरमा गीत सुनाएर मेरो नुत्यले मोहित पार्नु छ । ममाथि अर्जुनको दृष्टि होस् भन्नाका खातिर मेरो भाग्य परिक्षामा ग्रहहरुले पनि साथ दिनुपर्छ । चन्द्र, वुध गुरु र शुक्रले पनि मेरो जीवनमा परिपूर्ण गरि दिनुपर्छ । कतै अशुभ छ भने हे ईश्वर ! ग्रह शान्ति गर्न ग्रहदान गरिदेऊ । वैदिक मन्त्र जपेर कतै हवन गर्नु छ भने हवन गरिदेऊ । मेरो भाग्यलाई उताउता भाग्न नपाउने गरि मेरै अगाडि राखिदेऊ । त्यसैले हे ईश्वर ! मैले पूर्व जन्ममा पुण्य गरेको भए, मैले पूर्वजन्ममा कसैलाई दुःख नदिएको भए आज त्यो पुण्यले मलाई साथ दिनुपर्छ । मेरो व्रत पूर्ण होस् भनी ईश्वरले पनि वरदान दिनुपर्छ ।
प्रेम अन्धो भएकोले होला उर्वशीले उर्जुनलाई जीवन समर्पित गर्न चाहन्छ । कतै फुस्कीने डरमा, बलियो सम्वन्ध गाँस्न चाहन्छ । त्यसैले आज उर्वशीले सवैलाई हारगुहार माग्दै छिन् । किनकि उसको मनमा प्रेम रोग पलाएको छ । न खान मन लाग्छ न सुत्दा निद्रा लाग्छ । अजिवको रोग लागेर आज उर्वशी छटपटिरहेकी छिन् । अर्जुनको मीठो र श्रुतिमधुर वोली सुन्नका लागि ऊ लालायत छिन् । प्रेमरसमा डुवेर प्रेममय वनाउन अस्तित्वको खोजीमा छिन् । अदभूत शक्ति प्राप्ती गर्नका लागि उर्वशी प्रेममै शान्ति खोजिरहेकी छिन् । उर्वशी स्वर्गकै सुन्दरी अप्सरा हो । तिम्रो रुप र यौवनलाई एकचोटी हेरे जीवनभर हेरुहेरु नलाग्ने को होला र ? तिमीले एकचोटी वोलाएर मात्र हेर यो तीन त्रिभुवनमा नाइँ भन्ने को होला र ? त्यसैले उर्वशी तिम्रो प्रिय अर्जुनले पनि तिमी पाएँ कति खुशी हुन्थ्यो होला ? उसको तन र मनले पनि तिमीलाई कति खोजिरहेको होला ? के थाहा, अर्जुनको मनका कुरा ? अर्जुन तिम्रो म भिखारिनी हुँ भनेर मात्र थाहा पाएँ । तिमीले मनका कुराहरु पोखे पछि बल्ल तिम्रो मनमा अर्जुनको बास भएको कुरा थाहा पाएँ । तिमी चाहन्छौ, जन्मजन्मतक अर्जुनको दासी वन्न राजी भएछौं । त्यो मृत शरीरमा अर्जुनले प्राण भरिदिएको हेर चाहन्छौ । यो कस्तो विडम्वना ? उर्वशी चाहन्छ, आफूले जीवनभर खोजिरहेको वस्तु फेला पारे पछि मलाई पालन गर या मार भनी मरिहत्यागदै मेरो मालिक त अर्जुन नै हो भनी स्वीकार गछें ।
धत् रे लाटी, तँलाइ हेरी
को मात्र उम्कन सक्ला ?
तेरो ‘आऊ’मा ‘नाइँ’को
उत्तर कसले जोड्ला ?
अर्जुन बिचरो कति खुशी होला
साथ तँलाई पाई,
कति कति अर्पण प्राण समर्पण
उसको मिल्छ तँलाई ,
अर्जुन तिम्रो म भिखारिनी हूँ
जे तिमी सम्झ भलाई,
जन्मजन्मतक तिम्रो दासी
बन्न पनि म त राजी ।
निशिदिन मेरो प्रतिश्वास बढी
खोजेको बस्तु तिमी नै,
पालन गर या मार मलाई
मेरो मालिक तिमी नै !
मनको कुनै स्वरुप हुँदैन । त्यसलाई त आफूले चाहेको स्वरुप दिनुपर्छ । कुन दिशामा लैजाने हो आफैले आफैलाई निर्धारण गर्नुपर्छ । त्यसैले यो क्षणक्षणमा आकार वदलिरहने मनले कहिले दुःख त कहिले सुखको अनुभूति लिने गरिन्छ । कहिले नजीक त कहिले टाढा, क्षणक्षणमा वादलजस्तैं आकार परिवर्तन हुने यो मन कहाँ छ,अहिलेसम्म शरीरभित्र अदृश्य भएर वसेको छ । न यसलाई नाप्न सकिन्छ न तौलिन सकिन्छ । यो त विशाल जुनसुकै वेला पनि जान सकिन्छ । इन्द्रियभन्दा पर वसेर पनि मनमा कहिलेकाहि आगो वल्न सक्छ । कहिलेकाहि शीतल हुन सक्छ । कहिलेकाहि ढुंगाजस्तो सारो बन्न सक्छ । कहिलेकाहि नौनी जस्तो कोमलो बन्न सक्छ । अनौठो छ, यो मन न वुढो हुन्छ न जीर्ण नै । यो त कहिलेकाहि आफै हराएर जान्छ । कहिलेकाहि आफै पलाएर आउँन्छ । अन्तकरणको यौटा मायाले पनि कहिलेकाहि जिन्दगीभर पीडा दिन सक्छ । त्यसैले यो मन वुझिनसक्नु छ । मनले खाएको मान्छे नपाए पछि त्यसैत्यसै आगोले पोल्दो रहेछ । मनमा आँधीवेरी चलेर सवै कुराहरु भताभुङ्ग हुन्दो रहेछ । घाऊ भएर जतिसुकै उपचार गरे पनि निको नहुने रहेछ । यो मीठो जिन्दगी पनि कतै अमिल्लो बन्दो रहेछ । त्यस्तै भो उर्वशीलाई, अर्जुनलाई भेट्न नपाएर उम्लिएको दूध जस्तो पोख्न मात्र बाँकी छ ।
अदृश्यले चिमोठी मनमा घाऊ परेपछि, आकर्षणले मन तानेतानैं गरे पछि, वैचनले मन छताछुल्ल भए पछि, पोखेको पानी सुकेर गए पछि मन पागल नभए अरु के हुन सक्छ र ? मेरो दिलले अर्जुन नखोजे अरु के पो खोज्न सकिन्छ र ? थाहा छैन, के मलाई जस्तो अर्जुनको मन पनि घायल भएको त छैन ? के मेरो मनजस्तो अर्जुनको मनमा पनि प्रेम रोग लागेको छैन ? के मेरो मनजस्तो अर्जुनलाई पनि रातभरि निद्रा नलागेर छतपती भएको छैन ? के मलाईजस्तो अर्जुनलाई पनि मुटु ढुकढुक भई भेटुँभेटुँ लागेको त छैन ? के मेरो मनमा अर्जुनको वास भएजस्तै के अर्जुनको मनमा पनि उर्वशी वास त छैन ?
अव म यसरी वाँच्न सक्दिन । मलाई जसले जे भने पनि मेरो प्रिय अर्जुनलाई नभेटी म त्यसैं वसिरहन सक्दिन । त्यसैले आजको रात अर्जुनलाई शयनागारमा भेटेर नअगाउँन्जेलसम्म दिलका कुराहरु मात्र होइन मेरो मन र मस्तिष्कले चाहेको प्यास पनि मेटाउन चाहन्छु । बलिरहेको यो आगो संधाका लागि निभाउन चाहन्छु ।
उर्वशी ! त्यो शायन भवनमा सुतिरहेको अर्जुनलाई विझाउन खुशीले कोकिलले गीत गए जस्तै गुञ्जिएर नग्न अवतारमा नृत्य गर्न थाल्छे । काम र रतिको मधुर वास्ना छदैं अंगअगंले अर्जुनलाई निमन्त्रणा दिदैछे । हाउभावले अर्जुनलाई गला मिलाउन आव्हान गर्दा अर्जुन निद्रावाट विउँझिदा आफ्नो अगाडि उर्वशी आलिङ्कनको स्फुरणमा नाचिरहेकी हुन्छे । आधी रातमा प्रिय अर्जुनको इन्द्रियहरु पगाल्न खोज्दैछे ।
अर्जुन ! तिमी किन चुप लागेर वस्दैछौं ? यो प्रेमसुधाले सिञ्चित भएको वेला तिमीले जीवनको रसमात्र पिएर हेर तिमीले पाउनेछौ जीवन के हो भन्ने कुरा जीवनको अर्थ वुझ्ने छौ । उठ अर्जुन ! तिमी पनि मसगैं नृत्य गरि गन्धव गीत गाइदेऊ । दुईटा मुटु यौटै वनाई प्रेमको भाखा सुनाई देऊ । यो उल्लास र हर्षमय् समयमा तिमीले दिव्य सुधाका प्याला पिइदेऊ । अर्जुन ! तिमीले आफ्नो शरीरलाई किन दण्ड दिइरहेको छौ ? तिमीले खोजेको जीवनमात्र जीवन होइन । जीवन त अथाह छ । त्यसैले तिमी मसंग हराएर मात्र हेर, तिमी मसंग हिडेरमात्र हेर तिमीले पाउने छौ, जीवन तिमीले सोचेको भन्दा धेरै फरक छ । हे अर्जुन ! तिमी किन नैराश्य जीवन विताउँन चाहन्छौ ? हे अर्जुन ! तिमी किन अपूर्ण जीवन विताउन चाहन्छौ ? यो अनुपम अवसरमा सिर्जनलाई धुलोमा मिसाएर तिमीले वारम्वार नगिज्याई देऊ । निर्माणलाई लत्याएर भोलि तिमी धुलो पीठो हुन सक्छौ । यो त प्रकृतिको नियम हो । यो नियमभित्र ममात्र होइन प्रिय अर्जुन तिमी पनि वाँच्नु पर्छ । नत्र यो संसारनै प्रलय भएर जीवनको अस्तित्व खोज्नु पर्नेछ । वत्ती निभेजस्तो, सिर्जनहरु संहार भएजस्तो, आगोलागि खरानी भएजस्तो, रातले दिनलाई वोलाउन नसकेजस्तो यो संसार त्यसै वेथितिमा चल्ने छ । त्यसैले हे अर्जुन ! तिमी मभित्र समाहित भई दिए पुग्छ । वाँकी सवै कुराहरु थितिमा चल्नेछ ।
सुन्दरताको तरुशाखामा
प्रेम प्रफुल्लित हुन्छ,
पे्रमसुधाकै सिञ्चन पाई
जीवन पावन हुन्छ ।
प्रेम भरेको यस्तो क्षणमा
अर्जुन बिम्झी हेर्छन्,
सामु उर्वशी नाचिरहेकी
आलिङ्गनको स्फुरण ।
काम उकास्ने वातावरण छ
नीरव आधी रात,
सवेग अर्जुनलाई बहाउन
इन्द्रिय सुखको बाढ !
के होला है, अव के होला
प्रायः नग्न उर्वशी !
अर्जुनलाई भुज बन्धनमा
कस्न छ अति उत्ताउली ।
अर्जुन आँखा चिम्लेर सोच्दै छन् । के यो पुतलीको नाच त हैन ? के यो रमाउँदारमाउँदै बत्तीमा गएर समाहित हुने त हैन ? यो त हलचल हो । यो त झलमल हो । म कसरी उर्वशीको हात समाई नृत्य गर्न सक्छु ? उर्वशी त सुधापान हो । नपिए पनि लाग्ने, जादुगर जस्तैं आँखाले देख्दादेख्दैं त्यसै विलाएर जाने त्यो मोहनी रुपले मान्छेलाई दोभानमा पार्न सक्छ । न यता न उता वीचमा ढलपल ढलपल भएर न पक्रन सक्छु न छोड्न सक्छु वीचमा परी अलमल भएजस्तै अर्जुन यो समयलाई छोडेर कतै भाग्न चाहन्छ । उर्वशीको असजिलो नृत्यलाई आँखा चिम्लेर ऊ संधाका लागि विर्सिन चाहन्छ । उर्वशीको जीवन धारासंग मेल नखाएर अर्जुन शीला भएर वाँच्न चाहन्छ । अरु त सवै फिक्का भएर होला ज्योतिको बृहत राशमा वत्तीको धिपधिपमैं विलाएर जीवनको सार देख्न चाहन्छ ।
हो, यो रंगिन लीलालाई चटक छोडेर जुरुक उठ्नै पर्छ । गिर्न हुँदैन । गिर्न त सजिलो छ । प्यारो भन्दैमा विषलाई पिउन सकिन्न । त्यसैले यो त भ्रान्ति हो । जहाँ म पुग्नु पर्ने गन्तव्य हो त्यहाँ कहिल्यै पुग्न सकिन्न । वासनामा परम सुख छ भन्दैमा त्यो सत्य कहिले हुन सक्दैन । विन्दु र सागर कहिल्यै पनि एकै स्थानमा उभिन सकिदैन । भाग्य छ भन्दैमा डोकोमा दूध दुहिन्न सकिन्न । मेरो जय सत्यमा मात्र हुन सक्छ ।
अर्जुनलाई यथार्थताको ज्ञानले हतपत उठाएर होला उर्वशीलाई उच्च आदर गर्दै भन्नु हुन्छ हे उर्वशी ! यस्तो राती हजुरले किन तकलिफ गर्नु भएको होला ? मलाई वोलाएको भए हुन्थ्यो नि ? आज्ञा होस् म के सेवा गर्न सक्छु ? अर्जुनको यस्तो वचनले उर्वशीको मनमा वाणले हानेजस्तो चोट पर्न थाल्छे । ऊ भावक हुन्छेँ र आफैले आफैलाई प्रश्न गछे । म कहाँ छु ? मैले यो के शब्द सुन्दैछु । संसारमा त्यस्तो क्रृषिमुनि र देवदेवताहरु छैन जो मसंग समाहित हुन चाहन्छ । जो मसंग समीपमा बस्न चाहन्छ । मेरो रुप र यौवनलाई एक चोटी हेरेपछि अमृत प्याला पिएजस्तो हुन्छ । संधै पिइरहुँ जस्तो, संधै हेरिरहुँ जस्तो, सधैं बसिरहुँ जस्तो, संधै आफ्नो वनाईरहुँ जस्तो । उर्वशीलाई आश्चार्य लागिरहेको छ । यो अर्जुन मान्छे होइन, ढुंगो हो । ढुँगाको मन हुदैन । ढुंगाको आँखा हुदैन । ढुंगाको प्यास हुँदैन । त्यसैले ढुँगा त निर्जिव भएर होला उसको ज्यान छैन । जहाँ फयाँके पनि हुने । मलाई त अर्जुनको व्यवहार देखेर संसारमा कहिल्यै नदेखिएको मान्छे जस्तो पो लागिरहेछ ।
मत्त उर्वशी नजदिक–नजदिक,
झटपट अर्जुन उठ्छन्,
यथार्थताको ज्ञान उदाई
छर्लङ्ग सबै खुल्छन् ।
वस्त्र लगाई शैय्या छाडी
आसन उच्च दिएर
भन्छन्– ‘बस्नोस्, आज्ञा के छ ?
म छु अब गर्न तयार ।
खबर गरे मैले आईहाल्थेँ,
तकलिफ किन यो राति,
कति कारणले पाल्नुभएको
मान्या नारी–जाति ?
उर्वशीलाई आज के भैरहेको छ । ऊ अर्जुनसंग टाँसिन पुग्छिन् । आफ्नो मन परेको मान्छे पाए पछि यो तीन त्रिभुवनमा नपाएको सुख पाएको अनुभूति गर्न थाल्छिन् । लाग्छ आज उर्वशी धेरै खुशी छे । उसको मनभित्रका लाखैलाख प्रश्नहरुको उत्तर अर्जुनले दिनेछ । वैद्यले जस्तो भोक, प्यास र निन्द्राको औषधी गर्नेछ । मनमा भैरहेको हलचललाई शान्ति दिनेछ । आगो निभाएर मेरो प्रिय अर्जुनले मलाई म वाँच्नुको अर्थ पुरा गरिदिने छ । त्यसैले अर्जुन ! तिम्रो नजरले मेरो यौवन पिँएर मलाई मुक्तिको मार्गमा पुराईदेऊ । तिमीले छोएर मलाई धन्य वनाईदेऊ । हे ईश्वर ! यो भक्तिलाई तिमीले समाहित गरिदेऊ । मेरा वाटाहरुमा तिमी पनि संगै हिडिदेऊ । मलाई के थाहा , यस्तो डरलाग्दो अध्यारो रातमा पनि तिमी कहाँ आई दर्शन गर्न आईपुग्यौ । तिमीले तानेर होला मेरो मन त्यसैत्यसै भड्किरहेको थियो ।
खै, मेरो प्रिय अर्जुनले म आएको थाहा पाएर पनि किन निदाईरहेको होला ? कतै स्वाङ्ग पारेको त हैन ? कतै म आएको मन नपराएको त हैन ? कतै म आउन्छ भनी सपनामा तानावाना बुन्निरहेको त हैन ? कतै मेरो अर्जुनलाई उठाउनु पर्ने त हैन ? होइन भने अहिले सम्म किन उठिरहेको छैन ? कतै सञ्चो नभएर हो कि ? कतै म देखि डराएर पो हो कि ? कतै लजाएर त्यसै वसिरहेको पो हो कि ? कतै मेरो मोहिनीले लठ्ठ परेर हलचल गर्न नसकेको पो हो कि ? के थाहा, मान्छेको मनको कुरो ? स्वर्गमा बस्ने देवदेवताहरुको कुरो त मलाई थाहा छैन, यो मत्स्यलोकमा बस्ने मान्छेको मनको कुरो मलाई कसरी थाहा हुन सक्छ र ?
भो, अर्जुन ! तिमी निदाई राख्नू । म त आफ्नै घर फर्किन्छु । मेरो आशा र भरोसाहरु सवै ऐनाझै चकनाचुर भैसकेको छ । अव जोडेर जोडिन्न । अव हाँसेर हाँसिन्न । यो चकमन्न अध्यारो रातमा रजनी हाँसे पनि यो अप्सरा रोइरहकी छु । मेरो लक्ष्यमा तिमी थियौं । तर तिमीले मेरो लक्ष्यलाई टुक्राटुक्रा पारि च्याटि दियौं । म कसरी तिम्रो आमा बन्न सक्छु । उर्वशी त नर्तकी हो । उसको न नाता हुन्छ न कुतम्व नै । ऊ एउटा भोग्य वस्तु हो । जो कोहिले पनि भोग्न सक्छ । तर अर्जुन ! तिमीले मलाई आमा भनेर सम्वोधन गर्दा मेरो मनभित्र हजारौहजार प्रश्नहरु जन्मिरहेको छ । घृणा र अपहेलना ठानेर आफूलाई त्यागेको महसूस भैरहेको छ । आमा ! यो कस्तो भीषण शब्द, जसमा वासनाको कुनै गन्ध हुदैन । जसमा सौन्दर्य र रुपको कुनै कुरा हुन सक्दैन । जसमा उचनीचको कुनै व्यवहार हुँदैन । जसमा विकृतिका कुनै अंश हुदैन । उर्वशी ! तिमी जननी हौ । जननीले कहिल्यै पनि झुठो बोल्न सक्दैन । दया, माया र स्नेह कहिल्यै पनि त्याग सक्दैन । त्यसैले हे सृष्टिका अवतार ! तिमी यो भूईमा होइन मेरो शीरमा मात्र रहन सक्छ ।
उर्वशी रातको समयमा एक्लै जान मानिरहेको छैन । बाहिर शुन्य छ । रात यही विताउन पाए हुन्थ्यो भन्ने लवजमा अर्जुन संयम भएर धर्मको पालना गदैछ । आमा ! यो जोवन स्थिर छैन । कर्कलाको पानीजस्तो जहाँ, जुनसुकै वेला पनि पोख्न सक्छ । कमल–पत्र र पानीको सम्वन्ध क्षीण भरमा पनि टुट्न सक्छ । यो परिवर्तनशील संसारमा हिजो माटो थियो आज ढुंगा बने । आज ढुंग छ भोलि माटो बनेछ । पत्रे चट्टानजस्तो युगैयुगदेखि आजसम्म तहतह मिलेर भोलिका दिनहरुमा पनि युगैयुगसम्म तहतह मिली हिडिरहने छन् ।
उर्वशी गई अर्जुन छेउ
टाँसिई सङै बस्छिन्,
‘लौ त’ नयनले ‘छोऊँ’ करले
भन्ने सब भन्छिन् ।
किन म यहाँ पो आएँ कुन्नि
छैन मलाइ थाह,
पmर्कन्छु म अब लौ निदाउनोस्
बाहिर शून्य छ साथ ।
फर्कन झैँ, पद केही बढाई
भन्छिन् फेरि हाँसी,
प्रति कम्पनमा, प्रति चेष्टामा
लज्जत नखरा गाँसी ।
‘लाग्छ भय लौ त पु¥याइदिनोस्,
छैन कुनै पनि सङमा,
यद्धा म यहीँ रात बसूँ कि,
जाऊँ र कहाँ घरमा ?
युद्ध गरेर मात्र विजय प्राप्त हुँदैन । विजय प्राप्त गर्नलाई त आफैले आफैलाई युद्ध गर्नु पर्छ । सत्कर्ममा लागेर इन्द्रियहरुमाथि विजय पाउन सकिन्छ । काम, क्रोध, लोभ र मोहलाई नियन्त्रण गरी आफूले आफैलाई वसमा पार्न सकिन्छ । स्वचित्त स्वमनले गरेको काममा विजयको कामना गर्न सकिन्छ । त्यसैले होला यो मन, इन्द्रिय भन्दा माथि छ । मनले चाहनु मात्र पर्छ यो देहलाई वंशमा पार्न सकिन्छ ।
हे माता ! हजुरले भनेको कुरो सत्य हो । घोडा चढेरमात्र घोडालाई वंशमा राख्न सकिन्छ । धन्य छ, यो अनमोल उपदेशका लागि मेरो कोटीकोटी प्रणाम छ । आमा ! म यो उपदेश जीवनभर सम्झिरहने छु । आफूसंग जे जति छ, त्यति मात्र सत्य होइन । सत्य त त्यो भन्दा पर छ । प्राणीको जीवन जन्मेदेखि मृत्युसम्म मात्र होइन मृत्यु पछि परलोकसम्म पनि जीवन छ । त्यसैले हे माता ! तिम्रो विवाह पूर्वज राजा पुरुरवासंग भएको थियो । त्यसैले तिमी पुरुवंशकी जननी हौ । मेरो परमपुज्य देवी हौं ।
उर्वशी छाँगोवाट खसे जस्तो हुन्छ । खोजेको चिज नपाए पछि ऊ रीसले चुर हुन थाल्छे । आगो लागेर डढेकी उर्वशी साप्है वेचैन भई मर्नमात्र वाँकी छ । निर्मल सफा गगनमा कालो धनधट्टा फैलिएर हेदै डरलाग्दो विकराल रुप लिन्दैछ । आखिर मन न हो । मन मरेपछि सवैतिर हाहाकार भएर उर्वशीलाई दिनमैं रात परिसकेको छ । प्यालामा हालेको मदिरा प्यालामै सुक्न थाले पछि, भिख माग्ने मान्छेलाई भिखारी भनी अपमान गरे पछि, वासनालाई तृप्ति पार्ने कुण्ठालाई आमा भनी संवोधन गरे पछि, मैले के गर्नु सक्छु र ? मेरा सवै इच्छा र आकांक्षाहरु मारेर अर्जुन तिमीले मलाई धूलो वनायौ । तिमीले चाहेको भए सव कुरा गर्न सक्छौ तर मैले चाहेर पनि तिमीलाई केहि गर्न सकेनौ । तिम्रो जीत भो मेरो हार ।
‘आमा’, कस्तो भीषण शब्द
मानो बज्रप्रहार,
तिरमिर, तुलबुल भइन् उर्वशी,
कस्तो अस्वीकार !
सृष्टि समस्त भताभुङ्ग भई
मानो छोपिन आयो,
धारणामाथि भूकम्प चली
डगमग हल्लिन थाल्यो ।
सन्न परेर ‘आमा’ शब्द
घायल उर्वशी भइन्
प्वाँख कटेकी ढुक्कुर जस्तै
चेतन तरुवाट खसिन्,
उर्वशी आज मर्न नसक्नु भएको छ । मनमनै धिक्कारेर आफैप्रति रीस गर्दछे । सपनाहरु सवै चकनाचुर भएर प्रयत्नहरु सवै विफल भएको छ । मैले खोजेको अर्जुन त्यस्तो अर्जुन होइन, जसले मलाई माया गरोस् । जसले मलाई प्यास बुझाइ देओस् । जसले मेरो इच्छा र आकाँक्षाहरु पुरा गरोस् । जसले मलाई आफ्नो ठानी मनमा राखिरहोस् । बस् मैले त यस्तो अर्जुन पो खोजेको हो । तर यो अर्जुन त्यो मैले खोजेको अर्जुन होइन् । यो त स्वार्थी क्षितिज पारीको अर्जुन हो । साइनो गाँसेर प्रेमलाई धिक्कार्ने अर्जुन हो । जसको सामर्थ छैन, जसले प्रेमको अर्थ बुझ्दैन, जसले जीवनको सार थाहा छैन त्यस्तो अर्जुन अब मलाई चाहिदैन । अरुलाई पीडा दिएर हाँस्ने, अरुलाई दुःख दिएर वाँच्ने, त्यस्तो अर्जुन त नपुंसक भए हुन्थ्यो । रुप राम्रो भएर के भो ? शील स्वभाद राम्रो भएर के भो ? नर्तकी ठानेर उपेक्षा गर्ने अर्जुनसंग अव म कहिल्यै सम्वन्ध गाँस्न सक्दिन ।
अर्जुन ! तिमीले आमा भनी सम्मान दिएर मलाई तिखो छुरीले मुटुमा घोची दियौं । मलाई स्वागत गरे जस्तो गरी अर्घचन्द्र दी लत्याउन खोज्यौं । मेरो वेइज्जत हुने गरी तिमीले मलाई अध्यारो कोठामा थुनेर छोडेर गयौं । तिमीले के गर्न खोजेको हो ? बरु मलाई तिमीले जर्वरजस्ती गरे पनि हुन्थ्यो । बरु मलाई तिमीले काँचै निलिदिए पनि हुन्थ्यो । तर तिमीले त्यसो गरेनौं । मैले त के गर्न सक्छु र ? तिम्रो मान र अपमान सहेर बस्नु वाहेक अरु के गर्न सक्छु र ? युद्धामा मेरो हार भए पनि तिमीलाई पनि पक्कै एक दिन त्यस्तै हार सहनु पर्नेछ । त्यो दिन धेरै छैन । जुन दिन तिमीले भोग्ने छौ । पौरखी हातहरु त्यसैत्यसै गलेर जाने छौ । रुपरगंका मुहारहरु त्यसैत्यसै वेकाम हुनेछौं । न तिमी पुरुष बन्न सक्छौ न महिला भएर बाँच्न सक्छौं । तिमी त नपुसंक भएर एक दिन अवस्य बस्नु पर्ने छौ । त्यसवेला तिमीले आजको सपना देख्ने छौं । हो, म तिमीलाई यही सपरा दिएर जान्दैछु । मान नमान तिमीलाई मेरो सरापले एकदिन पोल्ने छ ।
सम्मान भनी तीक्ष्ण छुरीले
रोप्यौ हाय ! मलाई,
स्वागत भन्दै अर्धचन्द्र दी
आज दियौ लत्याई ।
चाहेको भए मकन तिमीले
लुटी बलले पनि लिन्थ्यौ,
मैले चाहनु नचाहनुको
अर्थ नै मेटीदिन्थ्यौ ।
मैले चाहेँ तर बलहीन
चाहेको सक्दिनँ गर्न,
जीत छ तिम्रो, हार छ मेरो
छैन मसित अव भन्न ।
जस्तो तिमीले व्यवहार ग¥यौ,
त्यस्तै होस् तिमीलाई,
यति नै तिम्रो पौरखलाई
जान्छु म आज सरापी ।
उर्वशी ! सागरमा पुगेर पनि एक थोपा पानी पिउँन नसकी फर्केको प्यासी हो । चौवाटो सम्म पुगेर पनि वाटो भूलेको बटुवा हो । भोकाएको वेला थालभरि खानेकुरा भए पनि खान नपाएर बसेको अप्सरा हो । जाडोको वेला आगो दनदन बलिरहेको भएता पनि ताप्न नसकी चिसिएको मान्छे हो । त्यसैले उर्वशीको असीमित इच्छा र आकांक्षाहरु भएर मात्र के गर्नु, भाग्य पनि लिएर आउनु पर्ने हो ? तर अभाग्य उर्वशी आफूले खोजेको कुरा अगाडि भए पनि न आफूले खान सक्यो न चाहेको मान्छेले छुन सक्यो ? देख्दादेख्दैं विलाए जस्तो, हेर्दा हेदैं नदेखे जस्तो यो कस्तो समय हो । यो कस्तो भाग्य हो ?
भनिन्छ, मनलाई जति खुम्चाएर राखिन्छ त्यति नै धेरै बन्धनमा पर्ने गरिन्छ । त्यसैले मनलाई फुकाएर विशाल हदय वनाउन सक्यो भने मुक्तिको मार्ग खुलिने छ । यो आकाश जस्तो, यो धरती जस्तो जसले जे गरे पनि आखीर समयचक्रले एकदिन सवैलाई वताउने छ । त्यसैले खुम्चिनु बन्धनमा पर्नु हो । हामीलाई बन्धन मन पर्दैन । बन्धनभित्र मान्छेमात्र होइन विरुवा पनि हुकिन सक्दैन । न घाम छ न पानी छ । यो अन्नपानीको शरीरमा घामपानीविना जीवन अँधुरो छ ।
जीवनमा त्याग र संयम भएन भने भाँसिन र नासिन सक्छ । यौवन, सम्पति, सत्ता र विवेकलाई समयमै समाल्ने हो भने चौध भूवनकै पद पनि पाउन सक्छ । दीप्ति, समता, शुद्धभावले सवैलाई सद्भाव राख्न हो भने सागरमा पसे पनि नभिजी मास्तिर उम्कन सकिन्छ । वाटो जस्तो सुकै होस् तर यताउता नगई आफ्नो वाटोमा मात्र सिधैं हिड्न हो भने जीवनको सार पाउन सकिन्छ। त्यसैले विजय त त्यो हो जसले आफ्नो मनको विकारसंग युद्ध गरि जित्ने गरिन्छ । अनौठो छ, यो मनभित्र संसार अट्न सक्छ । महासागरहरु वगाउन सक्छ । हिमगिरिहरुलाई फुलाउन सक्छ । परलोकलाई पनि देख्न सकिन्छ ।
हो, सागरमा एउटा ढुंगा फाल्दा खासै छालको अर्थ रहन सक्दैन । किनकि सागर आँखाले देख्नै नसक्ने गरी विशाल छ । त्यो विशाल सागरभित्र एउटा ढुंगा निमेशमैं साम्थ भएर जानेछ । त्यसैले उर्वशी र अर्जुनको विचार आकाश पाताल जस्तै फरक छ । सोच, प्रबृत्ति, यथार्थता र गन्तव्य नै दुवैको असमान छ । उर्वशी चाहन्छे राम्रो आफ्नो बनाउन पाएँ हुन्थ्यो । तर अर्जुन भोग र आनन्दमा होइन धर्म र नैतिकतामा रमाउन चाहन्छ । यो कुरो सत्य हो, मनले सोचेको, मनले खोजेको, मनले चाहेको, मनले देखेको सवै कुराहरु कहिल्यैं पनि आफ्नो नहुन सक्छ । तर उर्वशी मनले खोजेको कुरा प्राप्त गर्न चाहन्छे । ऊ अर्जुनलाई एकहोरो प्रेमगदैंमा आफ्नो प्रेम र वासमा के अर्जुनले पुरा गर्न सकिन्छ र ?
जति खुम्च्यो उति बन्धन हुन्छ,
जति फैल्यो उति नै मुक्ति,
मानवता हो विस्तृत बन्नु
हो पशुता खुम्चिनु चाहिँ ।
त्याग्दछ जसले पाउँछ त्यसले
जुन पनि वैभव या सम्पद
स्वर्ग र भूको त कुरै के र
चौध भुवनकै पनि पद !
जीवन पथको अर्जुन यात्री
अलमलभित्र फसेनन्,
आफ्नै बाटो सुरुसुरु लागे
घुमाउरो टेकेनन् ।
विजय छ यसको आज यहाँ यो
निलिप्त भई उत्रे
सागरबिचमै पसेर नै पनि
नभिजी मास्तिर उम्के !
हे धनुर्धर अर्जुन ! तिमी धन्य छौ कति दानवहरुलाई बध गरी तिमीले प्राणीहरुको रक्षा ग¥यौं । कति देवदेवताहरुलाई खुशी पा¥यौ । कति मनुजहरुलाई वाटो देखायौ, कति अज्ञानीहरुलाई ज्ञान दियौ । त्यसैले तिमीले हजारौ वाङ्गातिङ्गा वाटाहरु हिडे पनि तिम्रो मनमा जहिले पनि सोझो वाटो छ ।
हे उर्वशी ! तिमी अप्सराहरुमध्ये अत्यन्तै सुन्दरी र जादुमय छौ । गन्धर्वलोकमा बसे पनि तिमीले देवलोकमा नृत्यु र संगीतले देवदेवताहरुलाई मनोरञ्जन दिने गछौं । अमरावती राज्यमा तिमीलाई के छैन भव्य महल छ । वैभव र सुखभोगका साधनहरु छन् । थरीथरीका पेयप्रदार्थहरु छ । प्रत्येक साँझ इन्द्रको दरवारमा तिमीहरुको नाच छ । तिमी त्यसैमा रमाउनु पर्छ । किनकि तिम्रो जन्म नर्तकीको लागि हो । दाम्पत्य जीवनका लागि होइन । तिमी सुख भोग त गर्न पाउन्छ तर तिम्रो इच्छाले तिमी कहिल्यै चल्न पाउँदैन । त्यसैले हे उर्वशी ! तिमी जहाँ छौ त्यही ठीक छ । तिमीले अर्जुनसंग सम्वन्ध गाँस्न सक्दैनौ । किनकि ऊ विवाहित महापुरुष हो । नीति र नैतिकतामा चल्ने विदुषी हो । संसारकै सर्वकृष्ट धनुधर्र भएर उसले महाभारत लड्नु छ । शोध र प्रतिशोधमा कहिल्यै नहुने युद्धको शुरु र अन्त्य गर्नु छ । त्यसैले हे उर्वशी ! तिमीले व्यर्थ विलौना नगरे हुन्छ । यो पोखेको पानी आज नसुके पनि भोलि घामले सुकाउने छ । तिमीले अव आँसु चुहाउने वन्द गरे हुन्छ । सुख र दुःखलाई बुझेर विस्मृतिभित्र डुबुल्की लगाए हुन्छ । किनकि यो नै साँचो अर्थमा जीवन हो ।
जीवनमा पाउनु नपाउनु अर्कै कुरो हो । कोही पाउँन्छ, कोही नपाईकन त्यसै मरेर जाने गरिन्छ । मनका हजारौ इच्छा र आकाँक्षाहरु समुन्द्रको छाल जस्तै आउने र जाने क्रममा कोहि छालहरु डिलमा पुग्छन् त केहि छालहरु छालहरुसंग हराएर जाने गरिन्छ । यो नै जीवन हो । जीवन शुन्यवाट शुरु भएर शुन्यमा नै अस्ताउँने गरिन्छ । सूर्यदय भएर सुस्र्यास्त सम्म, विहानदेखि साँझसम्म, घामदेखि छाँयासम्म, जन्मदेखि मृत्युसम्म यो त संगै अतुत रुपमा चलिरहन्छ । न रोक्न सक्छ न छेक्न सक्छ । समयले धार नछुत्याइकन युगैयुगसम्म हिडिरहन्छ । यो नै जीवन हो । यो नै लक्ष्य हो । जसको द्धार कहिल्यै पनि वन्द हुँदैन । त्यसैले हे उर्वशी ! तिमी आफ्नो लक्ष्यमा अमिल्याएर होइन तिमी हिड्ने वाटो वाङ्गोतिङ्गो अनि तेसो भएपनि तिम्रो मन कहिल्यै त्यस्तो हुनु हुँदैन । मन त शुद्ध जल जस्तै हुनुपर्छ । मन त निर्मल झरना जस्तो हुनुपर्छ । मन त विकाररहित पिउने पानी जस्तो हुनुपर्छ । तव पो तिमीले सार पाउने छौ । कैयन अर्जुनहरु वाटामा भेट्ने छौ ।
यात्री हामी कहीं नजाने
लक्ष्यतिर गइरहेका,
म छु यति केवल बोझ लिए पनि
बन्द हुने द्धार जहाँ ।
त्यस्तोमा पनि पथको यो त्यो
विफल, सफलता बटुली
आफ्नो लक्ष्य धमिल्याएर
उर्वशी ! हिँड्छयौ कसरी ?
मेट मेट सव बाङ्गा, तेर्सा
मनका ती कोर्कार,
शुद्ध र निर्मल मन यो नभई
पाउनौं तिमी सार !
उर्वशीसम्म मिल्छन् छुट्छन्
कैयन् यस्ता अर्जुन,
भन लौ यो नै हो त तिमीले
खोजिरहेको चिरधन ?
उर्वशी, युगकवि सिद्धिचरणलाई अमर र अजर वनाउने सर्वश्रेष्ठ खण्डकाव्य मध्ये एक हो । जेलभित्र वि.स.१९९७ सालमा लिपिवद्ध गरिएको वीस वर्ष पछि भाइस चान्सलर बालचन्द्र शर्माको कार्यकालमा वि.स.२०१७ सालमा उपसंहार शीर्षक थपी नेपाल एकेडेमीवाट प्रकाशनमा ल्याइएको पहिलो खण्डकाव्य पौराणिक कथा महाभारतमा आधारित छन् । मत्स्यलोकमा बस्ने अर्जुन त्यस्तो स्थीर पात्र हुन जसले नीति र नैतिकताको सीमाभित्र वसी अविष्मरणीय महापुरुषको रुपमा महाभारतमा उभिएका छन् ।
नौलो र स्वच्छन्दतावादी शैलीमा लेखिएको उर्वशी खण्डकाव्य युगकवि सिद्धिचरणले मात्रीका छन्दमा आफ्नो भावधारा पोखिएको पाइन्छ । अठचालीस वर्षको उमेरमा प्रकाशित भएको प्रस्तुत काव्यमा सौन्दर्य र प्रकृतिलाई गहनरुपमा वर्णन गरी सहज चरित्र चित्रण गरिएको छ । अध्यामिकता र भौतिकवादको चरम उत्कर्षमा पुगी हृदय र वुद्धि, आदेश र यथार्थता, चेतना र अचेतना, मूर्त र अमूर्त जस्ता द्धन्द्धहरुले विभिन्न हाँगाविङ्गाहरुमा विभाजित गरेता पनि आखिरमा जरामा गएर प्रस्तुत उर्वशी खण्डकाव्य टुङ्गिएको देखिन्छ । मनले एक थोक मागे पनि बृद्धिले अर्को थोक दिएको उर्वशी खण्डकाव्यमा भौतिक र आध्यात्मिक सुखका अनुपम उदाहरण सहित त्याग र भोगका लामो मन्थन गरिएको छ । मनकै कारण सुख र दुःखको अनुभूति हुने भएकोले यो भवसागरमा राग र विरागका लागि मनलाई स्थिर राख्न सक्नु पर्छ । किनकि मन लोभी छ । लोभी मन, आत्माको शत्रु हो । त्यसैले वासना, कामना र आशक्ति जस्ता कुराहरुलाई जीवनमा निषेध गर्न सक्नु पर्छ ।
अर्जुन र उर्वशीलाई मान्छेको इच्छा र आकांक्षा, प्रेम र विछोडका प्रतीकका रुपमा युगकवि सिद्धिचरणले मानवीय चित्रणको रुपमा उभ्याएका छन् । उर्वशीलाई वस्तुवादी प्रेरणावाट आध्यात्मितावादी चिन्तनतर्फ प्रेरित गरिएको छ भने निष्काम कर्मलाई पूर्वीय दर्शन अर्थात प्रथम दर्शनको रुपमा पौरस्त्य दर्शनको चिन्तनलाई उजागर गरिएको छ । खण्डकाव्यमा मन सवैभन्दा छिटो डगुर्न सक्ने सक्रिय छैटौं इन्द्रियका रुपमा चिन्तनगदैं मानव र प्रकृतिवादजस्ता आन्तरिक तथा बाह्य द्धन्द्धहरुले मानव जीवनको उदेश्य प्रकृतिमा मात्र सम्भव छ भन्ने चिन्तनलाई पनि अगाडि दोहोप्याएको छ ।
भिन्दै स्वरुप र प्रकृतिको व्याख्यागदैं उर्वशी र अर्जुनका सकारात्मक तथा नकारात्मक तथ्थहरुसंगै भौतिक जीवनको अन्तनै मृत्यु हो भनी ठान्ने भोगेच्छा र आनन्दका प्रतीक उर्वशी र त्याग, नैतिकता र संयमका प्रतीक अर्जुनकावीच रहस्यवोध ढँगवाट एउटै मात्र चिन्तन नगरी विभिन्न आन्तरिक तथा बाह्य द्धोन्द्धहरुको समेत परिचय दिएको छ ।
परिस्थितिजन्य उर्वशीको भोगवादी आकर्षणले कर्मवीर अर्जुनको मनमा पनि राग र विराग नचलेको होइनन् । तर अर्जुन प्रकृतिको आत्मपरक वर्णन, युगीन आवाज र कर्मले भोगवादी चिन्तनलाई बैराग्यवोध गराई जीवनको लक्ष्यतर्फ युगकवि सिद्धिचरणले वैचारिक चिन्तनलाई अगाडि वढाएको देखिन्छ ।
उर्वशी खण्डकाव्यमा युगकवि सिद्धिचरण अर्जुन भएर उभिएको थियो । तर समयको अन्तरालसंगै युगकविलाई अर्जुन होइन उर्वशी वनाई दियो । त्यसैले युगकविले जीवनलाई यात्रासित शरीरलाई मोटरगाडीसित र मनलाई ड्राइवरसित तुलना गरेको देखिन्छ । डाइवर ठीक भएन भने अवाटो लागेर भीरवाट खस्न सक्छ । मोटर चकनाचुर हुन सक्छ । यात्रा विग्रन गई पूर्ण विराम लाग्न सक्छ । त्यसैले वाटो राम्रो भएर मात्र हुँदैन मोटर संचालन गर्ने डाइवर पनि ठीक हुनुपर्छ भन्ने सन्देश प्रस्तुत खण्डाकाव्यले दिएको देखिन्छ ।
राणाकालिन समयमा सवैभन्दा प्रभावशाली कविकारुपमा परिचित भएका युगकवि सिद्धिचरणका प्रस्तुत खण्डकाव्यमा सत्यको जीत हुन्छ भन्ने अभिलाषाले महाभारतमा वर्णित एक दिनको घटनालाई विषयवस्तु बनाई आदि, मध्य, अन्त्य र उपसंहार गरी चार भागमा विभाजित गरिएको छ । अलौकिक फ्रिवेशलाई राग र विरागको द्धोन्द्धमा विरागको जीत भएतापनि उर्वशीले अर्जुनलाई श्राप दिएर विषयवस्तुलाई अन्त्य गरिएको छ । जम्मा एक हजार एक सय पाँच वटा पङ्गक्ति मध्ये ६४ वटा पङ्गक्तिको उपसंहार रहेको छ । आफ्नो भूमिकामा मिस्त्रीको चासनीमा डुवाएको रोटी झैं अनुभूतिमा परिणत भएका कुराहरु बढता स्वादिला र मधुरा हुन्छन् भन्दैं यस शरीरवाट इन्द्रियलाई पर भनिन्छ, इन्द्रियवाट पर मन छ र मनवाट पर बुद्धि र जो बुद्धिवाट पनि धेरै पर छ त्यही त्यो हो भनी गीताको सानो झिल्कालाई सार वनाई प्रस्तुत खण्डकाव्यको रचना गरेको पाइन्छ ।
प्रकासित मिति २०८२-१-२१













तपाईको प्रतिक्रिया