तोमनाथ उप्रेती
विषय प्रवेश
नेपाल विश्वका दुई विशाल शक्तिशाली राष्ट्रहरू—भारत र चीन—को बीचमा अवस्थित रहेको एउटा भूपरिवेष्टित मुलुक हो। यस्तो भौगोलिक अवस्थाले नेपाललाई अनौठो प्रकारको रणनीतिक महत्त्व प्रदान गरेको छ। एकातिर, यसले नेपाललाई आर्थिक, व्यापारिक र पूर्वाधार विकासका अवसरहरू दिन सक्छस अर्कातिर, नेपालले दुवै छिमेकी राष्ट्रहरूको राजनीतिक, आर्थिक तथा सुरक्षा चासोको दबाब पनि सामना गर्नुपर्ने हुन्छ।
चीनको ूबेल्ट एण्ड रोड इनिसिएटिभ ९द्यच्क्ष्०ू र भारतको ूनेबरहुड फर्स्टू नीतिले नेपाललाई क्षेत्रीय संयोजन ९अयललभअतष्खष्तथ० को केन्द्र बन्ने सम्भावना प्रदान गर्छ। यदि नेपालले सन्तुलित र दूरदर्शी परराष्ट्र नीति अपनायो भने, उसले पूर्वाधार विकास, ऊर्जा व्यापार, पर्यटन तथा ट्रान्जिट अवसरहरूको भरपूर उपयोग गर्न सक्छ। यस्तै, चीनसँगको रेल सम्पर्क विस्तार र भारतसँगको खुला सीमाबाट प्राप्त सहज व्यापारिक पहुँचले नेपाललाई आर्थिक रूपले सुदृढ बनाउन सक्छ।तर, भू(राजनीतिक सन्तुलन कायम राख्न असफल भएमा नेपाल अन्तर्राष्ट्रिय शक्ति संघर्षको केन्द्र बिन्दु बन्ने खतरा रहन्छ। वैदेशिक हस्तक्षेप, अस्थिरता, र एकपक्षीय निर्भरता नेपालको आन्तरिक नीति र सार्वभौमिकतामै असर पुर्याउन सक्छ। त्यसैले, नेपालले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै, बहुपक्षीय सन्तुलन, आर्थिक कूटनीति र घरेलु स्थायित्वमा जोड दिनु आवश्यक छ। नेपालको भू(राजनीतिक स्थिति अवसरको ढोका पनि हो र संवेदनशीलताको चुनौती पनि। यो निर्भर गर्छ– नेपाली नेतृत्वको दृष्टिकोण, निर्णय क्षमता, र जनताको सचेत सहभागितामा। सही मार्ग चुनेमा नेपाल समृद्धिको यात्रामा अघि बढ्न सक्छस नत्र भने, दबाबको भारमा चुरिन पनि सक्छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले सबैसँग मित्रता कसैसँग छैन शत्रुताको मर्म अनुरुप सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभको आधारमा छिमेकी लगायत अन्य मुलुकहरुसँगको सम्वन्धलाई सुदृढ र विस्तार गर्नुपर्दछ ।त्यसैगरी अन्तराष्ट्रिय सम्वन्धलाई न्यायपुर्ण,निष्पक्ष, उत्तरदायी र सहयोगात्मक बनाउने दिशामा कुटनीतिक प्रयास हुनुपर्दछ । छिमेकी मित्र राष्ट्र, दक्षिण एशियाली मुलुक, प्रमुख शक्ति राष्ट्र, विकास साझेदार लगायत सबै राष्टहरुसँग नेपालको सम्वन्ध मैत्रीपुर्ण एवं सहयोगात्मक हुनुपर्दछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राट्रियता, स्वाधिनता, स्वाभिमान, नेपाली हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धिलाई राष्ट्रिय हितको आधारभुत विषयको रुपमा राख्नु पर्दछ । विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्ने दिशामा नेपालको भूराजनीतिको उपयोग गर्नुपर्दछ ।
भू–राजनीतिको अवधारणा
अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा भौगोलिक अवस्थाको प्रभावलाई अध्ययन गर्ने विषयलाई भू–राजनीति भनिन्छ। यसले राष्ट्रहरूको शक्ति, हित, रणनीति र विदेश नीति निर्धारणमा भौगोलिक तत्त्वहरूको भूमिका विश्लेषण गर्छ। समुद्र, पर्वत, सीमाना, संसाधनको उपलब्धता र छिमेकी राष्ट्रहरूको अवस्थाले राष्ट्रहरूको निर्णयमा असर पार्छ। भू–राजनीति विशेष गरी शक्तिशाली राष्ट्रहरूबीचको प्रतिस्पर्धा, सुरक्षा नीति र आर्थिक रणनीतिहरूको पृष्ठभूमिमा महत्वपूर्ण हुन्छ। यसले भूगोल र राजनीतिलाई समायोजन गर्दै राष्ट्रहरू कसरी आफ्नो प्रभाव विस्तार गर्छन् भन्ने बुझ्न मद्दत गर्छ। यो अध्ययन अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्नका लागि अपरिहार्य छ। यो राजनीतिक भूगोलको एउटा सिद्धान्त हो।
भू–राजनीति विदेश नीति अध्ययन गर्ने विधि र पद्धति हो जसबाट भौगोलिक चरहरुबाट अन्तर्राष्ट्रिय राजनीतिक गतिविधिहरू बुझ्न, व्याख्या गर्न र भविष्यवाणी हुनेगर्छ । भू–राजनीति विदेश नीति अध्ययन गर्ने एक महत्वपूर्ण विधि र पद्धति हो, जसले भौगोलिक चरहरू—जस्तै स्थान, सीमाना, प्राकृतिक स्रोत, पहुँचयोग्यता र छिमेकी राष्ट्रहरू—को आधारमा अन्तर्राष्ट्रिय राजनीतिक गतिविधिहरूलाई बुझ्न, व्याख्या गर्न र भविष्यवाणी गर्न सहयोग गर्छ। यसले राष्ट्रहरूको शक्ति सन्तुलन, रणनीतिक महत्व, सुरक्षा नीति र आर्थिक हितलाई पनि प्रभाव पार्छ।
भू–राजनीतिक विश्लेषणले विभिन्न राष्ट्रहरूको व्यवहार, हित, रणनीति, गठबन्धन, द्वन्द्व र सहयोगलाई अध्ययन गर्छ। यो विश्लेषणले भौगोलिक अवस्थिति, सीमाना, स्रोतसाधन, सामरिक पहुँच र छिमेकी राष्ट्रहरूसँगको सम्बन्धको आधारमा अन्तर्राष्ट्रिय राजनीतिक गतिशीलता बुझाउँछ। राष्ट्रहरूले कुन देशसँग मित्रता वा प्रतिस्पर्धा गर्छन्, किन कुनै क्षेत्रमा द्वन्द्व हुन्छ वा सहयोग स्थापित हुन्छ भन्ने कुरा भू–राजनीतिक दृष्टिकोणले प्रष्ट पार्छ। यसले नीति निर्माण, कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय रणनीतिक निर्णयहरूमा महत्वपूर्ण मार्गदर्शन प्रदान गर्छ। भू–राजनीति शक्ति सन्तुलनको मूल्याङ्कन र वैश्विक स्थायित्वको विश्लेषणका लागि आवश्यक उपकरण हो। यस्तो अध्ययनले नीति निर्माणकर्ताहरूलाई विदेश नीति बनाउने क्रममा सहि दिशा निर्धारण गर्न मद्दत गर्दछ। यस अन्तर्गत कुनै खास क्षेत्रको जलवायु, स्थलाकृति, जनसांख्यिकी, प्राकृतिक स्रोत र त्यसको प्रयोग सम्बन्धी विज्ञान सम्मत ढंगबाट व्याख्या र विश्लेशण गरिन्छ । भू–राजनीतिको मूल उद्देश्य मुलुकविशेषको भूगोलको कारणले अन्तर्राष्ट्रिय सम्बन्धमा कस्तो प्रभाव पार्दछ भन्ने विषयको अध्ययन गर्नु हो।सर्वप्रथम भू–राजनीति शब्दको प्रयोग सन् १८९९ मा रुडोल्फ जेलेनले गरेका थिए ।
नेपालको भू-राजनीतिक यथार्थ र राष्ट्रिय हितमा पर्ने प्रभावहरू
नेपालको भूराजनीतिक अवस्था विशिष्ट र संवेदनशील छ । यो भारत र चीनजस्ता दुई ठूला शक्ति राष्ट्रहरूबीचको भू(स्थितिमा रहेको छ। यो अवस्थाले नेपाललाई रणनीतिक दृष्टिले महत्वपूर्ण बनाएको छ। नेपालले दुवै छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास गर्दै आएको छ, तर कहिलेकाहीं दबाब र प्रभावको खेलमा तानिने खतरा पनि रहन्छ। चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ ९द्यच्क्ष्० र भारतसँगको खुला सिमाना जस्ता पक्षहरूले नेपालको परराष्ट्र नीतिमा असर पार्छन्।
नेपालको भूराजनीतिक अवस्था निकै संवेदनशील र रणनीतिक रूपमा महत्त्वपूर्ण छ। भारत र चीनजस्ता दुई उदाउँदो विश्वशक्तिहरूको बीचमा अवस्थित नेपाल एक भूपरिवेष्टित मुलुक हो, जसले यसलाई क्षेत्रीय शक्ति सन्तुलनको केन्द्र बनाएको छ।नेपालको भौगोलिक अवस्थाले विभिन्न अवसर र चुनौतीहरू सिर्जना गरेको छ। एकातिर, नेपालले भारत र चीनसँग व्यापार, पूर्वाधार विकास, ऊर्जा विनिमय, र पारवहनको अवसर प्राप्त गर्न सक्छ। चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ ९द्यच्क्ष्० र भारतको ूनेबरहुड फर्स्टू नीतिले नेपाललाई क्षेत्रीय सम्पर्क विस्तारको मौका दिएको छ।
नेपालको अवस्थिति उत्तरमा चीनको तिब्बती पठार, खासगरी हिन्दकुसदेखि बर्मासम्म फैलिएको हिमालय शृंखलाको बीच हुँदै दक्षिण एसियाको ठूलो समतल भूभागसम्म जोडिन पुगेको छ । नेपाल, चीन र भारत जस्ता एशियाका ठूला र उदीयमान शक्तिराष्ट्रको बीचमा अवस्थित छ। नेपालको भूगोल चीनसँग करीब १४०० किलोमिटर र भारतसँग करीब १८०० किलोमिटर जोडिएको छ । भूगोल बदलिंदैन तर अर्थ–राजनीतिमा भने परिवर्तन आइरहन्छ । चीन र भारत दुवै मुलुक विश्वमा आर्थिक र सामरिक दृष्टिकोणले उदाउँदा शक्ति राष्ट्रहरूका रुपमा विकसित हँदैगएको अवस्था विधमान छ । यसको बीचमा नेपाल जस्तो विविध विविधताले भरिपूर्ण भएको सुन्दर मुलुक रहेको छ । एक हिसाबले दुई उदाउँदा शक्ति राष्ट्रहरुको बीचमा नेपालको भूगोल सामरिक र रणनीतिक महत्वको रुपमा रहेको छ ।
नेपालको भूराजनीतिको प्रभाव यसको आन्तरिक राजनीति, परराष्ट्र नीति र आर्थिक विकासमा प्रत्यक्ष देखिन्छ। भारत र चीनबीचको अवस्थाले नेपाललाई रणनीतिक रूपमा महत्वपूर्ण बनाएको छ, तर यसले दुवै राष्ट्रबाट दबाब पनि सिर्जना गरेको छ। नेपालको विकास परियोजना, पूर्वाधार निर्माण र व्यापारमा भारत र चीनको प्रतिस्पर्धात्मक प्रभाव देखिन्छ। साथै, नेपालले असंलग्न र सन्तुलनयुक्त नीति अपनाए तापनि समय(समयमा कुनै न कुनै पक्षमा झुकाव देखिन्छ, जसले कूटनीतिक चुनौती उत्पन्न गर्छ। भूराजनीतिक प्रभावले नेपाललाई अवसर र जोखिम दुवै ल्याएको छ, जसलाई सम्हाल्न परिपक्व कूटनीति, राष्ट्रिय एकता र रणनीतिक सोच आवश्यक छ।
नेपालको भूगोलले यसको भू–राजनीतिक अवस्थालाई जटिल बनाएको छ। देशको एकतिहाइ भूभाग तिब्बती पठारमा पर्छ भने जनसंख्या भने मुख्यतः दक्षिणतिर केन्द्रित छ, जसका कारण नेपालको ऐतिहासिक, आर्थिक र सांस्कृतिक सम्बन्ध भारतसँग गहिरो रहँदै आएको छ। सुगौली सन्धिपछिका राजनीतिक अवस्था र सीमित उत्तरतर्फका नाकाहरूले नेपाल भारततर्फ झुकेको देखिन्छ। यसबाट नाकाबन्दी, व्यापार घाटा र राजनीतिक दबाबजस्ता समस्या आइपरेका छन्। नेपालले असंलग्न नीति र सन्तुलनको कूटनीति अपनाउनुपर्ने चुनौतीपूर्ण आवश्यकता छ।
चीन र भारतबीचको शक्तिसन्तुलन, चीनको आर्थिक उदय, अमेरिका–चीन रणनीतिक प्रतिस्पर्धा र इन्डो–प्यासिफिक रणनीतिले नेपाललाई अन्तर्राष्ट्रिय चासोको केन्द्रमा ल्याएको छ। त्यसैले, नेपालको भू(राजनीतिक यथार्थ बुझ्दै, बुद्धिमानीपूर्वक कूटनीतिक कदम चाल्नु आवश्यक छ, जसले राष्ट्रिय स्वार्थलाई सुरक्षित राख्दै अन्तर्राष्ट्रिय सम्बन्धहरू सन्तुलित बनाइराख्न सकोस्। यही नै दीर्घकालीन हितको मूल आधार हो।
नेपालको भूराजनीतिका चुनौतिहरु
नेपालको भूराजनीतिका चुनौतिहरू जटिल, संवेदनशील र रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण छन्। भारत र चीनजस्ता दुई क्षेत्रीय महाशक्तिको बीचमा अवस्थित हुँदा नेपालले सन्तुलनको नीति अपनाउनु परे पनि व्यवहारमा त्यो कार्यान्वयन गर्न निकै कठिन हुँदै आएको छ। नेपालले भारतसँग खुला सिमाना, सांस्कृतिक निकटता, आर्थिक निर्भरता र सामाजिक सम्बन्धका कारण धेरैजसो मामिलामा दक्षिणतर्फ निर्भर रहनुपरेको छ। यसले समय–समयमा भारतको दबाब, नाकाबन्दी र व्यापार घाटाजस्ता समस्याहरू निम्त्याएको छ। अर्कोतर्फ, चीनसँगको सम्बन्ध विस्तार गर्न नेपालले प्रयत्न गर्दै आएको भए पनि दुर्गम हिमाली भूभाग, सिमित नाका, भिसा प्रणाली, भाषागत अवरोध र भौगोलिक कठिनाइका कारण उत्तरतर्फको पहुँच चुनौतीपूर्ण देखिन्छ। चीनको ूबेल्ट एण्ड रोड इनिसिएटिभू ९द्यच्क्ष्० मा नेपालले सहभागिता जनाए पनि व्यवहारमा खासै प्रगति हुन सकेको छैन। यता, अमेरिकाको इन्डो–प्यासिफिक रणनीति र त्यसअन्तर्गतको एमसीसी परियोजनाले पनि नेपालभित्र भूराजनीतिक बहस र मतभेद उत्पन्न गराएको छ। यी सबै परिस्थिति बीच, नेपालले आफ्नो स्वतन्त्रता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति जोगाउँदै रणनीतिक सन्तुलन कायम गर्नुपर्छ, जुन वर्तमान विश्व राजनीति र छिमेकीहरूको प्रतिस्पर्धात्मक चासोका कारण झनै जटिल बन्दै गएको छ। यस्ता चुनौतीहरूलाई पार गर्न नेपालले परिपक्व कूटनीति, स्पष्ट परराष्ट्र नीति र राष्ट्रिय हितप्रति प्रतिबद्ध दृष्टिकोण अवलम्बन गर्नु अपरिहार्य छ।
नेपालको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्था कमजोर बन्दै गएकाले देश बाह्य शक्तिहरूको स्वार्थअनुसार प्रयोग हुन थालेको देखिन्छ। विदेशी शक्तिहरूको प्रभाव र चलखेल बढ्दो छ, जसले नेपालको आन्तरिक राजनीति, नीति निर्माण र कूटनीतिलाई प्रभाव पारिरहेको छ। राजनीतिक अस्थिरताले छिमेकी राष्ट्रहरूले आफ्नो रणनीतिक व्यवस्थापनमार्फत नेपालमा हस्तक्षेप गर्न सक्ने अवसर बनाएको छ। आन्तरिक कमजोरी लुकाउन बाह्य शक्तिलाई दोष दिने प्रवृत्तिले झनै कृत्रिम भूराजनीतिक दबाब सिर्जना गर्दछ । जसले आम जनतालाई भ्रममा पार्छ। यस्तो अवस्थामा, नेपालको राष्ट्रिय हित सुरक्षित गर्दै परराष्ट्र नीति संचालन गर्नु, सीमाको सुरक्षा, विकास सहायताको प्रभावकारी उपयोग, तथा साझा चासोमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु अत्यन्त चुनौतीपूर्ण कार्य बन्न पुगेको छ।
नेपालको भूराजनीतिका अवसरहरु
नेपालको भूराजनीतिक अवस्थाले चुनौती मात्र होइन, केही उल्लेखनीय अवसरहरू पनि प्रदान गरेको छ। भारत र चीनजस्ता दुई ठूला मुलुकको बीचमा अवस्थित रहँदा नेपालले सन्तुलित परराष्ट्र नीति अपनाएर दुबैसँग व्यापार, लगानी र पूर्वाधार विकासमा लाभ उठाउन सक्छ।
चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ ९द्यच्क्ष्० मा सहभागिताले यातायात, ऊर्जा, सूचना प्रविधि र पारवहन क्षेत्रको पूर्वाधार विस्तारमा टेवा पुर्याउन सक्छ। उता भारतसँगको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धका आधारमा रोजगारी, लगानी र पर्यटन प्रवर्द्धनको सम्भावना उच्च छ। खुला सीमाको फाइदा उठाउँदै कृषि, लघु उद्योग र सेवाक्षेत्रमा सहकार्य सम्भव छ।
नेपालले आफ्नो प्राकृतिक सम्पदाहरू—पानी, जैविक विविधता, हिमाल र संस्कृतिको संरक्षण गर्दै पर्यावरणीय कूटनीतिमा अग्रसर भई अन्तर्राष्ट्रिय सहयोग पाउन सक्छ। शान्तिपूर्ण, असंलग्न र सन्तुलित विदेश नीतिको माध्यमबाट नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा स्वतन्त्र पहिचान स्थापित गर्दै साना राष्ट्रहरूप्रति सकारात्मक सन्देश दिन सक्छ।
इन्डो–प्यासिफिक रणनीति, द्यच्क्ष्, द्यक्ष्ःक्त्भ्ऋ र सार्कजस्ता क्षेत्रीय मञ्चहरूमा सक्रिय भूमिका निर्वाह गर्न सकेमा नेपालले कूटनीतिक र आर्थिक फाइदा लिन सक्छ। यसरी रणनीतिक सोच र सन्तुलनसाथ अघि बढ्दा नेपालले भूराजनीतिक चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्नेछ।
नेपालले भूराजनीतिको सन्दर्भमा आगामी दिनमा गर्नु पर्ने कार्य दिशा
नेपालले भूराजनीतिक सन्दर्भमा आगामी दिनहरूमा आत्मनिर्भर, सन्तुलित र दीर्घकालीन दृष्टिकोणमा आधारित स्पष्ट रणनीति अपनाउनु अत्यावश्यक छ। भारत र चीनजस्ता उदीयमान शक्तिहरूको बीचमा अवस्थित नेपालले कुनै एक पक्षप्रति झुकाव नगरी विवेकी परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ। दुबै छिमेकीसँग पारवहन, पूर्वाधार, व्यापार र लगानीका क्षेत्रमा साझेदारी गर्दै साझा हितमा आधारित सम्बन्ध विस्तार गर्नुपर्छ।
राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र आत्मसम्मान जोगाउन विदेशी सम्बन्धहरू पारदर्शी र रणनीतिक रूपमा दीर्घकालीन हुनुपर्छ। विदेशी लगानीलाई स्वागत गर्दै ऊर्जा, जलस्रोत, कृषि र पर्यटन जस्ता क्षेत्रमा स्पष्ट नीति बनाउनुपर्छ भने राष्ट्रिय सुरक्षासँग जोडिने विषयमा उच्च सतर्कता आवश्यक छ।
नेपालले द्यक्ष्ःक्त्भ्ऋ, क्ब्ब्च्ऋ, द्यच्क्ष् जस्ता क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा प्रभावकारी भूमिका निर्वाह गर्दै आफ्नो हितलाई संस्थागत रूपमा प्रवर्द्धन गर्नुपर्छ। परराष्ट्र सेवामा पेशागत दक्षता, अनुसन्धान र रणनीतिक विश्लेषणको विकास गर्नु जरुरी छ।
भूराजनीतिक अवसरलाई सदुपयोग गर्न आन्तरिक राजनीतिक स्थायित्व, सुदृढ आर्थिक संरचना, र एकीकृत राष्ट्रिय दृष्टिकोण अपरिहार्य छन्। नेपालको विदेश नीति युद्ध होइन, शान्ति र अन्तर्राष्ट्रिय भाइचाराको मार्गदर्शक बन्नुपर्छ। यही नै दीर्घकालीन समृद्धिको आधार हो।
निष्कर्ष
अन्ततः, नेपालले आफ्नो भूराजनीतिक अवस्थालाई राष्ट्रहितमा रूपान्तरण गर्ने दुर्लभ अवसरको रूपमा हेर्नुपर्छ। संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्नता, पञ्चशील र अन्तर्राष्ट्रिय कानुनी मान्यतामा आधारित परराष्ट्र नीतिलाई व्यवहारमा उतार्दै, स्वतन्त्रता, सार्वभौमिकता र आत्मसम्मानको संरक्षण गर्नु वर्तमान आवश्यकता हो। छिमेकीहरू लगायत सबै मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, समानता र आपसी सम्मानका आधारमा सम्बन्ध विस्तार गर्दै अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई जिम्मेवार, शान्तिप्रिय र दूरदर्शी राष्ट्रका रूपमा स्थापित गर्न सकिन्छ। भूराजनीतिक लाभ उठाउन रणनीतिक सोच, कूटनीतिक कौशल, आर्थिक रूपान्तरण, र पारवहन स्वतन्त्रताको प्रभावकारी उपयोग अपरिहार्य छन्। यथोचित नीति, राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साझेदारीमार्फत नेपालको भू(राजनीतिक जटिलता अन्ततः समृद्धिको भरपर्दो अवसरमा रूपान्तरण हुनसक्छ।
उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन ।
प्रकासित मिति २०८२-२-२३












तपाईको प्रतिक्रिया