|
११ महिना अगाडि
अशोक शेरचन
गर्मीसँगै ठुलो झरी झर्नेछ यसपाली
साह्राे गाह्राे धेरै पर्नेछ यसपाली
अहिल्यै सरसमानको
बन्दोबस्त गर्दै गरे है
अहिल्यै ओखतीमुलोको
जोरजाम गर्दै गरे है
खहरे र खोलो बढेर
बाढी र पहिराे गएर
धनजनकाे क्षति कम हाेस
आफ्ना र आफन्त सोध्यै गरे है
हालखबर सबैको खोजे है
झरी र बाढी पहिरोको
सूचना सबैलाई दिईरहनु
सरकार आउन ढिलो होला
सुरक्षित जगह खोज्दै गरे है
प्रिय बागलुङ सुरक्षित सन्चै बसे है ।










तपाईको प्रतिक्रिया