‘साकेला जाउँ’ गीत सार्बजनिक (भिडियो सहित)

BusinessPost बिजनेस पोष्ट

सङ्खुवासभा ०६ जेठ २०८२
सङ्खुवासभाली किराँत युवाहरुको अगुवाइमा उँभौली पर्वको अवसर पारेर ‘साकेला जाउँ’ बोलको गीत बजारमा आएको छ । जिल्लाको सभापोखरी गाउँपालिका निवासी युवराज राईको शब्द रहेको यो गीतमा गायक राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ । किराँत समुदायको पितापुर्खाको सम्झना गर्ने, उनीहरुबाट आशिर्वाद लिने र किराँत समुदायमा जन्मदेखि मृत्यूसम्म गरिने कर्म वा संस्कार झल्कने खालको यो गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रुपमा सागर संसार राई रहेका छन् ।

यो गीतमा अनलाइन सपोर्टमा बिशाल राई याम्फू र निर्देशनमा डिजे मेवाहाङ रहेका छन् । गीतमा भिडियो छायाँकन गंगाराम राईले गरेका छन् भने भिडियो निर्मातामा युवराज राई र सरस्वती राई रहेका छन् । भिडियो सम्पादन जोन राईले गरेका छन् । गीतको भिडियो मोडलमा जोन राई र मनिसा राई रहेका छन् । यो गीत कम्पोजका लागि नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय महासचिब बिवस राई र किराँत राई यायोक्खाका उपमहासचिब मातृका राई, जिल्लाबासी भविश्वर गुरुङ, मुक्ति सिँ राईको विशेष धन्यवाद रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया