गायक रुद्रसेनको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक

बिजनेस पोष्ट

काठमाडौं २८फागुन  २०८१–गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेनको दमदार अभिनय देख्न सकिन्छ । भिडियो ओम प्रसाईले खिचेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् ।

गायक रुद्रसेनले भने, ूयसपालिको होलीलाई अझ रमाइलो बनाउनका लागि ‘होली सररर’ तयार पारेको छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया