युगकवि सिद्धिचरणका ज्यानमारा शैल खण्डकाब्य

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि
 स्वयम्भू शाक्य
मान्छेको दुई दिने चालोमा सुख भन्दा यति धेरै दुःखै दुःख किन भएको होला ? यो दुःखको संसार भनि थाहा पाउँदापाउँदै मान्छेले यति धेरै किन सुख खोजेको होला ? थाहा छैन, किनकि यो जीवन त घाम–छायाँ हो । यो घाम–छायाँको जीवनमा छायाँविना के घामै घामलेमात्र जीवन चल्न सक्छ र ? के छायौँ छायाँलेमात्र जीवन चलाउन सक्छ र ? होइन भने किन जीवनमा छायाँ वढी घाम कम हुन खोज्छ ? किन जीवनमा पानी–पानी भएर दुई दिन विताउन पनि गाप्ह्रो हुन्छ ? किन जीवनमा अलिकता आफूले खोजेको चीज पाउन मुस्किल हुन्छ ? किन जीवनमा नखाएको विष पनि लाग्न थाल्छ ? यस्तै हो यो संसार, मैले त प्रेम गरेको थिएँ । मैले त माया गरेर आफ्नो ठानेको थिएँ । तर किन म अर्काको लागि ज्यानमारा बने ? किन अर्काको प्राण लिने हत्यारा बने ? थाहा छैन, किनकि म जस्तो तिमी बन्न सकिएन । तिमी जस्तो म हुन सकेन । त्यसैले यो चोखो मायालाई तिमीले जानी नजानी मेरो मुटुलाई शिला ठान्यौं ? तिम्रो वाटोमा म पहाड वनेर उभिएको ठान्यौं ? तिमीले खोजेको कुरो मैले बुझ्न नसकि तिमी पागल भयौं ? मैले भन्न नसकेको कुरा तिमीले बुझ्न खोज्यौं ? त्यस्तो भो जस्तो हुनु पर्ने हो त्यस्तो नभए पछि हाम्रो वाटो अलग हुनु स्वभाविक हो । त्यसैले माया, यो मुटुको व्यथा हामीले पढ्न सकेनौं । हाम्रो यहि भूल भयो । माया छ भन्दैमा यो मुटुलाई हामीले देख्न सकेनौं । भूल त मेरो मात्र होइन तिम्रो पनि थियो । तर म तिम्रो भूललाई स्वीकार गर्न सक्दिन । किनकि तिमी चाखो नदी जस्तो सलल् वगिरहेको थियो । आफ्नैं भेषभूषा र चालचलनमा हुर्किरहेकी थियौं । मैले भूल गरे । किनकि तिमी आफ्नो परिवेशमा वाँचिरहेको मान्छेलाई मैले मेरो परिवेशमा ल्याउन कोशिस गयौं । प्रेम छ भन्दैमा मैले तिमीलाई आफ्नै पनको जिद्दी गयौं । अहिले त्यहि परिणाम भोगिरहेका छौं । प्रेम त थियो तर प्रेम पानीजस्तो छताछुल्ल भएर कताकता विलाएर गए पछि अव सम्झनामा मात्र सीमित भएर यो जीवनले प्रेम पाउन सकेनौं । मुटुभरि माया भएर के भो ? मनभरि विश्वास भएर के भो ? आखिर टुसा नपलाए पछि वोेट कसरी उम्रिन सकिन्छ र ? फल कसरी लाग्न सकिन्छ र ? अर्काको नजरमा संधंै ओझेलमा परेर यो जीवन कतिन्जेल वाँच्न सकिन्छ र ? त्यसैले माया, तिमी त घर परिवारकी रखवाला हौं । माया र ममताकी जननी हौ ।
म मरे पनि तिमी वाँच्नु पर्छ । सुख र दुःखका कुराहरु त यो भवसागरको नियम हो । यो नियम आजसम्म कसैले तोड्न सकेको छैन । प्रकृतिलाई कसैले कावु राख्न सकेको छैन । मन र मुटुभरि व्यथा भए पनि आखिर मान्छेको जीवनमा समस्या नहुने कुनै मान्छे छैन । यो त लेखाजोखा गर्ने कुरो भो । कसैको धेरै होला, कसैको थोरै । आखिर समस्याविना यो जीवन बाँच्न कठिन छ । त्यसैले माया, तिम्रो मनमा हजारौ ज्वारभाट चले पनि, हजारौ भूकम्प गए पनि, हजारौ आँधीवेरी चले पनि, हजारौ विक्षुहरुले टोके पनि तिमी यो संसारमा वाँचेर तिमीले प्रेमका विरहगाथाको गीत गाउनु पर्छ । ताकि मैले मात्र होइन सवैले सुन्न सकियोस् । प्रेममा मिलनमात्र होइन विछोड पनि हँुदोरहेछ भनी सवैलाई थाहा दिइयोस् । एउटै वाटोमा पनि हिड्न नजाने पछि वाटो फरक फरक हुँदोरहेछ भनी सवैलाई सन्देश दिइयोस् । पीर परेको मान्छेको स्वभाव फरक हुन्छ भन्ने कुरा सवैलाई मुहारमा देखाई दिइयोस् । न मेरो ज्यान छ, न मेरो प्राण छ, म त जिउँदो मुर्दा वनेर वाँचेको छु । ढुङ्गासरि वेवारिस वनेर नदीले काटेको छियाछिया भएको किनार हुँ । कसैको भावनामा खेल्ने, कसैको मुटुलाई चोर्ने, कसैको जीवनलाई वरवाद पार्ने, कसैको विश्वासलाई घात गर्ने म त हत्यारा हुँ । मलाई सजाय हुनु पर्छ । मैले पश्चातापको आगो निल्नु पर्छ । तब पो थाहा हुन्छ, प्रेम र वियोगको कथा कस्तो हुन्छ ? अर्कालाई पीडा दिए एक दिन आफूलाई पनि त्यस्तै हुन्छ । यो त समयचक्रले वताउने कुरो हो । हिजोले आज, आजले भोलिलाई जन्म दिएजस्तैं, यो धरतीमा जे रोप्छ त्यहि फलेजस्तैं, आखिर मन न हो मनमा भोक, प्यास, पीडा र वेदना भएजस्तैं, सकिनसकी मुटुको व्यथा पालेजस्तैं त्यस्तैं भो यो जीवनमा कसैका लागि म ज्यानमारा शैल बनेर आज बाँचिरहेको छु । त्यसैले यो मनमा आगोले पोदैल्छ । दिन रात मेरो लागि हजारौं काल बनेर आउदैछ । तैपनि किन यो दिल हजारौं चोटी मरेर पनि फेरि जिउँदो लास बन्दैछ ? हो, म मरेर पनि वाँच्नु पर्छ । किनकि उसको पाउमा मैले सकिनसकी मेरा मनमा पीरहरु अाँसुले पोख्नु पर्छ । मनका थुप्रै तर्कनाहरुले दिनरात सुलीमा चढेका कथाहरु सवैलाई सुनाउनु पर्छ । टलपलले मान्छे पागल बनेर हिडेको देख्दा मान्छेको व्यवहारहरु सुनाउनु पर्छ । यो जगत्का प्रेमीहरुको वन्दनालाई आज मैले सवैलाई भनि दिनु पर्छ । 

भित्रभित्रै पाकिएको वेदनाको झोलले
भर निशाको पाखिमाथि ओस टलपल भर्दिने ,
भग्न हृदयी, दग्ध प्रेमी प्रथम मेरो ढोग ल्यौ ,
दर्द दिलको गरल पिउने हौ तिमी शीति–कण्ठ हौ ।
एक मौका फेरि पाए पर्छ उसको पाउमा
सहिनसक्ना पीर मनका पोख्छु तातो आँसुमा
तर्कनाको जाल बुन्दै रात दिनमा धोटिने
विश्वका प्रेमीहरुको ! वन्दना मैले गरे ।

प्रेम त भावनात्मक सुत्र हो । जसमा एकले अर्कोलाई सम्मान गरिन्छ । प्रगतिको कामना गरिन्छ । जीवनमा संधै संगै नहिडे पनि हिडेँजस्तो माया गरिन्छ । त्यसैले मैले प्रेम पाउनु छ भने मभित्र पनि प्रेम खोज्नु पर्छ । तिमीले पनि प्रेम पाउनु छ भने तिम्रो चोखो हृदयमा उसलाई वास दिन सक्नु पर्छ । निस्वार्थ, विना लेनदेनको सम्वन्ध गाँस्न सक्नु पर्छ । तब पो प्रेमको जन्म हुन्छ । तव पो प्रेमले जरा गाँस्न सक्छ । होइन भने त्यो प्रेम होइन । त्यो त मोह हो । त्यो त मतलवी हो ।
भनिन्छ, जीवनमा लक्ष्यविनाको लक्ष्य पनि हुन सक्छ र ? गन्तव्यविनाको गन्तव्य पनि हुन सक्छ र ? यो त अनौठो भो, जहाँ छालविनाको समुन्द्र पनि हुन सक्छ ? कस्तो कस्तो खोजेको चीज भेटाउन नसकेपछि यो जीवन त्यसैत्यसै निरस भई टुक्राटुक्री भएर विलाएर जानेछ ।
हो प्रेममा रंङ्ग हुन सक्दैन । घरघरको मापन गर्न सकिन्न् । प्रेम त आत्मिय हुन्छ । त्यसैले प्रेममा मायाको स्वरुप परिवर्तन हुन सक्दैन । यो आँखाले देखेको कुरा सवै सत्य हुन सक्दैन । गुलाफको फूलजस्तैं परिवर्तन त आफूले आफैलाई गर्न सक्नु पर्छ । समस्यालाई निराकरण गर्न वाटाहरु खोज्न सक्नु पर्छ । नदीजस्तैं हाम्रो जिन्दगानीमा पनि संधै एकैनासले निरन्तर बगिरहियो भने दुःखभित्र पनि सुख पाउन सकिन्छ । परन्तु हाम्रो आँखाले देखेका हजारौंहजार समस्याहरु तव पो त्यसैत्यसैं विलाएर जाने छ । गल्लीहरु, वाध्यताहरु, उत्साहहरु र अज्ञानताहरु भग्न दिवालजस्तैं भत्के विग्रेर विस्तारैविस्तारैं ढलेर जानेछ । जीवनमा ह्वाङ्ग भएर जीवनका पाताहरु सवैले देख्ने छ ।
थाहा छैन, आज किन हो कुन्नी युगकवि सिद्धिचरणले आफूले आफैलाई किन ज्यानमारा शैलको परिचय दिएको होला ? तिम्रो जीवननै उत्तारी किन गीत गाउन खोजेको होला ? प्रेममा असफलका व्यथाहरु फिजाई यति धेरै किन चर्चा गरेको होला ? उपहार दिनु छ भने सुटुक्क नदिई यति धेरै माया गरेर मुटुमा किन व्यथा वढाएको होला ? सुकेको घाउमा नुनचुक छरेजस्तै संधै झल्लझल्ती सम्झना किन देखाएको होला ? समयले पालुवा पलायो भन्दैमा पातहरु चिल्ला भए भनी किन दुन्दवी वाजा वजाएको होला ? आलुवखडाको फूल फुल्दैमा मजा लागेको कुरा किन सुनाएको होला ? अत्यन्त सुन्दर, मनोहर र रमणीय पत्रमाथि अनुरागको सन्देश किन दिएको होला ? वाँच साथी जिन्दगीमा प्रेमको रस प्यून छ भनी फेरि किन सुक्न लागेका वोटलाई पानी पिलाएको होला ? थाहा छैन, यो त युगकविलाईनै सोध्नु पर्छ । सवै प्रेम सफल हुन सक्दैन भनी थाहा पाउँदापाउँदै पनि आज प्रेममा असफल भएका भग्न दिलवालाहरुलाई जे छ त्यसैमै खुशी हुन पर्छ भनी फेरि किन टुसाका लागि वीऊ रोपेको होला ?
प्रेममा असफल भएका भग्न दिलवालाहरु !
स्वप्नका फ्र्खाल भत्की ह्वाङ जीवनकाहरु !
ज्यानमारा शैल मेरो सानु यो उपहार छ
जीवन तिम्रो नै उतारी गीत मेरो बग्दछ ।
चैत मैन्हा–तरुलता पात चिल्ला, पालुवा
तास्किाझै आलुबखडा फूल लागी क्या मजा
रम्यताको पत्रमाथि प्रेमको सन्देश छ

बाँच साथी जिन्दगीमा प्रेमको रस प्यूनु छ ।
कोइलीको गीत मीठो भएर होला गुलियो खाएजस्तो लाग्छ । मादक पदार्थले झुम्म भएजस्तैं आजकल नसा लाग्न थाल्छ । यौटा भमरो पुष्पमा गएर प्रेमलापको भाव पोख्दा यो जीवन सार्थक भएजस्तो लाग्छ । यो धरतीमा खनजोत गरी यौटा ओडार मात्र बनाउन पाए मान्छेको मन र मस्तिष्कमा सन्तुष्टि र शान्ति पाउँदो रहेछ । त्यसैले प्रेम त मनमा मात्र अटाउने रहेछ । हो, विहान पख उषाले यो धरतीमा सुनपानी छर्किदा फाँटफाँटमा मात्र होइन वन कुञ्जहरुमा पनि मोतीका दानाहरु पलाउन थाल्छन् । आँचलले अर्ध बदन छोपेर एउटा नव पुष्पिताले हाँसेर भन्न थाल्छिन् प्रेम त ईश्वर हो । ईश्वरलाई पुजिनु हाम्रो धर्म हो । हामी त अंजुली अंजुलीमा बसेर यो चोला विताउन पाऊ भन्ने हाम्रो प्राथना हो । त्यसैले होला उषाले छर्केको त्यो पवित्र सुनपानीले हाम्रो जीवनमात्र होइन यो धरतीका सवै प्राणीहरुको जीवन पनि धन्य हुनेछ । चोखो भएर हिजोका पापहरुको पनि मोचन हुनेछ । अव सत्कर्ममा लाग्नु पर्छ भन्ने उषाको पवित्र सन्देशले हाम्रो जीवन त युगैयुगदेखि धन्य भैरहेको छ । प्राणी जगत्को जीवन पनि नाना कुराहरुलाई छोडेर सुनपानीजस्तै चोखो भएर बन्नु नै जाती हुनेछ ।
जिन्दगी छोटो छ । यो छोटो जिन्दगीमा मनका धेरै कुराहरु पुरा गर्नु छ । कसैलाई केहि दिनु छ । कसैलाई केहि लिनु छ । कसैलाई केहि भन्नु छ । कसैलाई केहि सोध्नु छ । त्यसैले यो समयलाई खेर नफालिकन एउटा–एउटा गरी काम सक्नु छ । तर आज मलाई डर लागिरहेको छ । कतैं घाम अस्ताउन अघि मृत्यु हुने त होइन ? कतैं समय नपुगेर कामहरु लठालिङ्ग हुने त होइन ? कतैं आयु छोटो भएर यो जीवन खेर जाने त होइन ? मलाई शंका लागिरहेको छ । मन र मस्तिष्कमा पहिरो गएर पीरैपीरहरुले छेकेर, व्यथैंव्यथाको पोखरीमा डुवेर, कतै यो छोटो आयुले मृत्यु त बोलाउने होइन ? कतै यो छोटो आयुले रात देख्न नपाउने त होइन ? त्यसैले यो अन्नपानीको शरीरमा एकमुठ्ठी घाम पनि चाहिन्छ । एकमुठ्ठी छायाँ पनि चाहिन्छ । एकमुठ्ठी प्रेम पनि चाहिन्छ ? एकमुठ्ठी माया पनि चाहिन्छ । अरु त के चाहियो र ? मनमा प्रेमको बास होस् भनी कामना गरिन्छ । बस् यति भए पुग्छ । यो छोटो जीवनमा हामीले धेरै कुराको अपेक्षा गर्नु हुँदैन । आखिर एक दिन मर्नु छ । त्यो दिन कहिले आउँला, हामीलाई थाहा छैन ? हो, यो जीवनमा मुक्ति पाउनु छ भने मन शुद्ध राख्नु पर्छ । ईश्वरलाई चढाउने जलजस्तैं कञ्चन भएर बाँच्न सक्नु पर्छ । यो आँखाले काखापाखा नगरी सवैलाई बरावरी माया गर्नु सक्नु पर्छ । कसैको दुःखमा पनि एक थोपा अाँसु झार्न सक्नु पर्छ ।
हामी त आँउछौ, जान्छौ, के यो प्रेम होइन र ? दिनले संधै उज्यालो खोजे पनि के रात आई छिन्नभिन्न पारेको छैन र ? यो नै प्रकृतिको नियम हो । यो नियमभित्र जीवन हराभरामात्र होइन थोपा–थोपामा चुहिएर विलाउने पनि गर्छ । हो, मेघ ओढ्ने सूर्यलाई प्रातले डो¥याएपछि यो जगत्मा प्रेममाथि प्रेमको चाङ्ग थपिने । गुप्त ईश्वर पनि केहि समयको लागि घाम ताप्न बाहिर आई प्रेमको स्वरुप देखाउने छ । यो अलौकिक संसारमा आफूले खोजेजस्तो मात्र होइन अरुले दिएको कुरालाई पनि प्रेमपूर्वक स्वीकार गर्न सक्नु पर्छ । तब पो सृष्टिको रथ चल्ने छ । सवै कुराहरुको समिश्रण भएपछि एउटा वेजोडको आकृति बनेछ । हेदै रमाइलो, सुन्दै आशा लाग्दो एउटा अनुपम सुष्टिको नमूना बनेछ ।
हो, जीवन त आज छ भोलि नहुन पनि सक्छ । यसको के ठेगाना छ र ? को, कहिले, के हुँदैछ । हामीलाई के थाहा ? जन्म र मृत्युको त्यो धागो कहिले चुडिने हो ? सुख र सुन्दरको वाटो कहिले भूल्ने हो ? छिनभरमैं के के हुने होला ? हामी त माटो न हौं । माटोमा जन्मिन्छौं, माटोमा खेल्छौं, माटोमैं यो शरीरलाई छोडेर परलोक जान्छौं । यो दुई दिनको चोलामा भीरपाखामा पहिरो गएजस्तैं माथिवाट माटो फुसफुस भएर झरे पछि जीवनमा गाह्रो सारो त हुने भो । कहिले कुन वेला भीरपाखा गल्याम्म खसेर यो भरथेकको जीवनमा कहिले दुर्घटना हुने हो ? थाहा छैन, यताउता भाँसिन्दैछ तर वीचमा यौटा सुगन्धयुक्त हेदैमा हेरुहेरु लाग्ने उन्मत्त फूल हाँसेर प्रेमको प्याला जो कोहीलाई पनि पिलाउँदैछन् । आउने जाने सवैलाई मोहित पारेर एउटा सौन्दर्यको अनुपम उपहार दिदैछन् ।
मेघ ओढ्ने सूर्यलाई प्रातले डो¥याउँछ ।
गुप्त ईश्वरलाई बाहिर प्रेमले देखाउँछ
सृप्टिको चल्दैन पांग्रा प्रेमको नभए रस
मृतकलाई यै जिलाउँछ छर्कदै सुख सुन्दर ।
भीर पाखामा हिँडेका पान्थ हामी मानिस
माथि पहिरो गई झरेको नित्य माटो फुसफुस
बीचमा एउटा फूल राम्रो मत्त सौरभले ओहो
प्रेमको प्याला छ यौटा पिउँछ जो पथ नाग्छ त्यो ।

यो कुरो सत्य हो, पे्रम मात्र हुनु पर्छ टाढाको मान्छे पनि नजीक हुँदो रहेछ । दूरदूरसम्मको आवाजलाई पनि संगै बसेजस्तो सुन्दोरहेछ । यहि त माया हो । माया वाँडेर कहिल्यै शुन्य नहुँदो रहेछ । मुटुभित्र त्यसैंत्यसैं पलाएर आउँदो रहेछ । यो कस्तो मुटु होला ? मान्छेको जीवनमा लाखैंलाख सुख र दुःखका कुराहरु अटाउने ? अचम्म छ, आज मुटुको गीत गाउँदै छन् । ज्यानमारा शैलको दिव्य साँचोले स्वर्गको द्धार खोल्ने छन् । हरित राम्रा थरिथरिका तरुलताहरुले सजिएको मधुरकण्ठी गगनवाही चारुपंखीले गुञ्जिरहेका छन् । आँचल खुलेको वेला छर्लङ्ग हिमगिरिको चुचुरो देख्ने ती सेता हिमालहरु आज पनि मुस्काई रहेका छन् । भूईमा हरियोले पोतेका ती हरियालीहरुलाई आज पनि प्राणी जगत्ले प्राणरसको संज्ञा दिदैछन् ।
खुकुरीको चोत अचानोलाई मात्र थाहा हुन्छ । जसलाई पर्छ उसको मुटुमा मात्र चोत हुन्छ । खुकुरीलाई के थाहा, उसको धर्म त दुई टुक्रा पार्नु हो । काटेर टुक्राटुक्रा वनाउनु हो । कसैलाई चोत पु¥याएर म खुकुरी हुँ भनी आफ्नो स्वभाव देखाउनु हो । रगत पिएर म खुकुरी हुँ भनी परिचय दिनु हो । त्यसैले खुकुरीलाई अचनोसंग कुनै जन्मजात सम्वन्ध छैन । उसलाई त आफू मात्र बाँच्नु छ अरुको के मतलव ? जसले निहुँ खोज्छ उसलाई परास्त गर्ने मात्र दाऊ छ । हो, आज वनमा दाउरेले आफ्नो धर्म निभ्याउन्दैछन् । बञ्चरोले रुखको छाती ताकी चिराचिरा पादैछन् । एकनासले गीत गएजस्तो वञ्चरोले ढ्याङ्ग ढ्याङ्ग हानेर हातमुखको लागि सामल जुटाउँदैछन् । कठिन परिस्थितिमा पनि दाउरेले श्रमको गीत गाउँदै सत्य नजिक पुग्न खोज्दैछन् । के यो सत्य हो र ? अर्काको शरीर टुक्राटुक्रा पारेर के मान्छेको जीवन निर्वाह गर्न सकिन्छ र ? हाँसीखुशी पवनको झोकासंग खेल्ने ती रुखहरुलाई मासेर के यो जगत्मा हरियाली हुन सक्छ र ? के सजल प्रेमीहरुको त्यो ठाउँमा विनाश गर्न मिल्छ र ? होइन भने सामलको लागि न हो, रुखको छाती नचिरी सुकेको थुप्रै कुराहरुको उपभोग गर्न सकिन्छ । मलाई लाग्छ रुखहरु डराई रहेका छन् । दाउरेको छायाँ देख्दा पनि सातु गईसकेका छन् । किनकि हिजो तिम्रो छातीमा चिरा पा¥र्यो आज मलाई पनि त्यस्तै गर्ने छन् ।
जिन्दगी अनौठो छ । यो र त्यो मैं मनका थुप्रैं भावनाहरु पmुस्किदै जाने छ । भोलिका दिनमा नासो फिर्ता गर्नु पर्ने छ । शुन्य–शुन्यमा हामी आफै शुन्यमा हराउने वेला उसको नासो फिर्ता दिएर जान पाए हुनेथ्यो । खिन्न हुने यो गुप्त मनमा भारी वोकेर जान नपाए हुन्थ्यो । आज मसंग छ, भोलि म होला नहोला यो तिम्रो नासो तिमीनै लिएर जाऔं । किनकि नासो त पासो बन्न सक्छ । पासोले त अहिलेसम्म कसैको भलो चिताएको छैन । त्यसैले सखि यो तिम्रो नासो मेरो लागी भारी छ । म तिम्रो भारी वोकेर एक्लै क्षितिज पर पुग्न सक्दिन । मलाई माफ गर, तिम्रो आँगनमा मैले तिम्रो नासो विसाउन आएको छु ।
भनिन्छ, वालापनका साथीहरु जिन्दगीभर संधै सम्झिरहन्छन् । चाहे राम्रो होस् या नहोस् उनीहरुको मनमा कहिल्यै पनि कलुषित भावना हुन सक्दैन । उनीहरु सरल छन् । कञ्चन छन् । मीठो या नमीठो बोली बोले पनि उनीहरुको मनभित्र ईश्वर छन् । खेल्दा झगडा गरोस् या नगरियोस् त्यो खेलमा ईश्वरलाई पनि खेल्न उत्सुक भएर होला वालक–वालिकासंगै त्यो स्वर्गिक खेल खेल्न मन लाग्दो रहेछ । त्यो कस्तो खेल होला ? त्यो कस्तो मन होला ? त्यो कस्तो याम होला ? त्यो कस्तो दृश्य होला ? जहाँ ईश्वरको मन वरावर तानेर लग्दो हो ? त्यहाँ सुरगणहरु पनि खेल खेल्न विभिन्न वाजा वजाउने काम भैरहेको छ । आज गगनमा इन्द्रधनुको पंक्ति कोरी धरतीको आँगन छोइरहेछ । सप्तरंगीले गगन र धरतीको सम्वन्ध दुनियाँलाई देखाईरहेछ । गगन आफैमा पूर्ण होइन । धरती आफैमा पूर्ण होइन । पूर्ण हुन त गगन र धरतीको मिलन हो । मिलनविना यो संसार कसरी चल्न सकिन्छ र ? प्राणीहरु यो संसारमा कसरी वाँच्न सकिन्छ र ? त्यसैले इन्द्रधनुको त्यो सप्तरंगी पंक्तिले मिलनको साइनो गाँसिरहेका छन् । एकले अर्कोलाई साथ सहयोग पाउनका लागि थुप्रै याचनाहरु गदैछन् ।
भो, नभए तुल्य भो, आज किन हो कुन्नी झर्कदैं ती सुरगणहरु पनि क्याक्या गदैछन् । इन्द्रधनुका ती पंक्तिहरु केरीमेटी एक आपसमा लड्दैछन् । किनहोला, हिजोसम्म संगै बसेकाहरु आज किन छुट्दैछन् । झगडा गरेर एक आपसमा वैरी बन्दैछन् । थाहा छैन, यो त गगनलाई सोध्नु पर्छ । मिलन–मिलन भने पनि विछोडको वाटो किन हिड्दैछन् ? मेघ गज्रेर गगन कालो भए पछि अव पानी पर्ला भनी अनुमान गदैछन् । जस्तो भन्यो त्यस्तै भो, व्योमवाट स–साना पानीका थोपाहरु यो धरतीमा खसे पछि बालक–बालिकाहरु नाच्दै उफ्रिन्दै मनका उमंगहरु पोख्दैछन् । धन्य छ, यो त सहकालको प्रतीक हो । पानी, अन्न वनेपछि युगैयुगसम्म मान्छे वाँच्ने भो । मुग्धताले प्रकृतिको प्रशंसा गदै आज यो भूतलमा सवै रक्षा भो ।
रसल वालक बालिकाको खेल यस्तो स्वर्गिक
खेल्नलाई नित्य हुन्छन् देवता पनि उत्सुक
इन्द्रघनुको पंक्ति कोरी व्योम–आँगनमा अब
खेल्न लागे क्यार सुरगण बज्छ क्याक्या वादन !
तर नहुँदा तुल्य यिनको झर्कदैं ती सुरगण
मेटी केरी इन्द्रघनु सब लड्न लागे आपसमा
पोखियो जल भूमि तलमा सरल बालक बालका
नाच्न लागे उफ्रँदै ती धन्य कस्तो मुग्धता ।
वृष्टिले पातहरुलाई मात्र चिल्लो वनाउने होइन हर्षको आकारलाई पनि ठूलो पार्ने हो । सरल जीवनमा एक थोपा पानीले मन खुशी भएर बाँच्ने रहरहरु फेरि पलाउँन थाल्छ । आज घाम मजाले खुलेर होला बाटामा हिडेका एउटा मान्छेलाई हेर्न छिनछिनमा झ्यालमा गई हेर्न थाल्छ । आँखा जुट्यो भनी मन दङ्ग भए पछि मानौ यो संसारमा मजस्तो खुशी कोही छैन जस्तो लाग्छ । त्यस्तै भो मनले खोजेको पाए पछि यो मन दङ्ग मात्र होइन मनभित्र हजारैहजार रङ्गीचङ्गी फूलहरु फुल्दो रहेछ । फूलवारीमा एउटा मालीको आवश्यता भएर यो विशाल मनमा उसैलाई विजरामान गरे पछि जीत मेरो नभए अरु कस्को हुन सक्छ र ? हो, हामी त सङ्गैसङ्गै पढ्छु । सङ्गैसङ्गै हिड्छौ । सङ्गैसङ्गै खान्छु । सङ्गैसङ्गै बस्छौं । किनकि हाम्रो भावना एउटै छ । हाम्रो सोच एउटै छ । मन मिलेपछि सवै कुराहरु त्यसैत्यसै मिलेर आउँदो रहेछ । मनलाई न छेक्न सक्छ न रोक्न सक्छ । यो त अविरल वग्ने नदी जस्तो हो । ढुङ्गामा चढेर सफर गर्दा मन पर्ने मान्छेलाई मनका कुराहरु पोखे जस्तो हो । त्यसैले मान्छेहरु भन्ने गरिन्छ जसले पढ्छ ठूलो मान्छे त्यहि बन्छ । ठूलो मान्छेले त मन आकाशझै बनाउन सक्नु पर्छ । जता जहाँ गए पनि स्वतन्त्र रुपमा हिड्डुल गर्न पाउनु पर्छ । तव पो विश्वासले माया वढ्न सक्छ । तव पो विश्वासमा दिनरातलाई आफ्नो ठान्न खोज्छ ।
यो मनमा आजकल के भैरहेको छ । संधै उसैंको मात्र सम्झना आउने गरिन्छ । कतैं मीठो मसिनो खाइ हाल्दा पनि उसैको यादले सताइरहन्छ । खायो कि खाएन, अहिले के गदैं होली भनी मनमा यस्तैयस्तै कुराहरु मात्र खेलिरहन्छ । बरु मलाई नमीठो खानेकुरा भए नि हुन्थ्यो । मेरी प्रेमीलाई यो मीठो मसिनो खाने कुरा खुवाउन पाए कति आनन्द हुन्थ्यो । उसले खाँदा मेरो पेट भर्छ भने मैले किन खानु प¥र्यो ? उसले हाँस्दा मलाई रमाइलो लाग्छ भने म किन अन्त गएर रमाइलो गर्नु प¥र्यो ? उसले वोल्दा मेरो मन मस्तिष्कमा आनन्द आउँछ भने म किन कोइलीले गाएको गीत सुन्नु प¥र्यो ? उसले मलाई केहि दिन्छ भने मजस्तो भाग्यमानी अरुलाई किन तुलना गर्नु प¥र्यो ? त्यसैले यो प्रेम भन्ने कुरो पनि ज्यादै बुझिनसक्नु छ । कोहि प्रेममा वाँच्ने गरिन्छ । कोहि प्रेममा मर्ने गरिन्छ । कोहि प्रेममा पागल बन्छ । कोहि प्रेममा वैरागी बन्छ । तर आज शैल र उमाको वाल्यकालको प्रेममा पनि मीठो खाने कुराहरु लुकीलुकी वाँडीचुडी अमृतको रस पिएजस्तो दुवै जना एकै साथ पिउँने गर्छन् । हाँसीहाँसी मनका कुराहरु एक आपसमा साट्ने गर्छन् । त्यसैले भन्ने गरिन्छ, प्रेममा पीर र चिन्ता त धेरै हुन्छ । तर हर्षको आँगनमा अरु द्धारहरु बन्द हुने गरिन्छ ।
घाम खुल्थ्यो झ्यालमा गै हेर्दथे आयो कि रे
नेत्र जुध्थे, दङ हुन्थे पढ्न सङसङ हिड्दथे
पढ्छ जल्ले हुन्छ ठूलो जात धन जेमा पनि
यै सहज विश्वास चढ्थ्यो जति जान्थ्यो दिन बढी ।
खान मीठो क्यै मिलेमा याद हुन्थ्यो आपस
गै लुकाई बाँडी खान्थे प्रेम अमृतको रस
पीर चिन्ता शोकहरुको बन्द दैलो सबतिर
हर्षको आँगन चहार्ने बाल्यजीवन धन्य छ ।

मान्छेको जूनीमा वाल्यकाल जस्तो मजा अरु वेला हुन सक्दैन । बाल्यकालमा हाँसीहाँसी खेतवारी, वन, चउरमा राम्राराम्रा फूलहरु टिपेर खेलेको, फिरफिरी नाचेर हिड्ने पुतलीलाई लखट्ेको, चन्द्रमालाई जमिनमा ओर्लनु भनी तल डाकेको, आमावावु वनी घर वनाई खेलेको, ऋण लागी देश छोडेर धन कमाउन विदेश गएको, यो आकाश र धरतीलाई स्वप्न धागोमा उनेको जस्ता थुप्रैं कथाहरु आजसम्म पनि जिउन्दैछन् । त्यो त्यस्तै समय थियो, जुन वेला उमा र शैलको मित्रता थियो । तर आज उनीहरु वयष्क भैसकेका छन् । यौवनको प्रणयमा एउटा छुट्टै संसार खोजिरहेको थियो । माया प्रितीका कुराहरु मात्र होइन जीवनका थुप्रैं पाताहरु केलाई रहेका थिए । भविष्यका लागि थुप्रै योजनाहरु बुनिरहेका थिए । गन्तव्यसम्म पुग्न पुगनपुग चाहिने सामलहरुको चाँजोपाँचो मिलाईरहेका थिए । मिलनको धागोमा कतै गाँठो नपरोस् भनी नअल्झिकन जीवनको यात्रा तय गरिरहेका थिए । तर खै आज के हुँदैछ । शैलले मुटुभरि माया बोकेर सकिनसकी उमालाई विवाहको प्रस्ताव राख्दैछन् । उमा ! अव हामी यसरी मात्र बस्नु हुँदैन । वाटो लामो छ जीवन छोटो छ । त्यसैले हामीले एउटा विन्दू खोज्नु पर्छ । जुन विन्दूमा तिमी र म बस्न सकूँ । जीवनभरि तिमीलाई माया गर्न सकूँ । तिमी खानेकुरा पकाउँदै गर, म खाईवरी खेतमा काम गर्न जान्छु । प्रिय, त्यो दिन कहिले आउँला, म त संधै सोचिरहन्छु । हो, भोक लागेको वेला एक टुक्रा रोटी पनि आधाआधा गरी खानुमा स्वर्गीय आनन्द छ । विसंञ्चो भएको वेला तिमीले तातोपानी मात्र दिए पनि संञ्चो हुनेछ । त्यसैले प्रिय, हामीले आज मात्र होइन भोलिका कुरा पनि सोच्नु पर्छ । समाजले त हाम्रो प्रेम विवाहलाई जे सुकै भनुन् । त्यो त उनीहरुको सोचाई हो । त्यो त उनीहरुको बुझाई हो । तर हामीले संधै समाजको कुरालाई मात्र लिएर बस्नु हुँदैन । जातभातको कुरालाई मात्र लिएर बाँच्नु हुँदैन । धनलाई मात्र संधै ठूलो ठान्नु हुँदैन । हामीले त समाजलाई परिवर्तन गर्न सक्नु पर्छ । म त सानोजात भएर के भो ? के मान्छेको पनि रगत फरक हुन सक्छ र ? के मान्छे पनि छुत अछुत हुन सक्छ र ? के मान्छे पनि मान्छेको लागि चल्ने र नचल्ने हुन सक्छ र ? यो कदापि हुनै सक्दैन । त्यसैले प्रिय तिमीले आँट्नु मात्रै पर्छ । हाम्रो विवाह सम्भव छ । तिमीले मानेनौ भने म के गर्न सक्छु र ? म तिमीलाई जवरजस्ती विहे त गर्न सकिन्न । तिम्रो मनमा चोत पु¥याउने काम त म कहिल्यै गर्न सक्दिन । तिमी त मेरो लागि संसारकै अमूल्य मान्छे हौं । म गुमाउन चाहन्न । भन प्रिय, आज किन तिमी चुप लागेर बस्दैछौं ? तिम्रो ओठहरु किन डराईरहेका छौं ? खुलस्त भन, तिमीलाई अहिले के भैरहेको छ ? तिम्रो मनमा अहिले के कुरा चलिरहेको छ ? थाहा छैन, जवसम्म तिमीले भन्ने छैन । लाग्छ पक्कैं पनि तिमीले मलाई केही कुरा लुकाई रहेका छौं । भन, म चुप लागेर सुनिरहन्छु । तिम्रो निर्णयलाई म पर्खिरहन्छु ।
आमा संधै गाली गर्नु हुन्छ । जातभात नमिल्नेसंग तिम्रो विवाह हुन्न सक्दैन । हामी त यो समाजमा बस्नु पर्छ । जोरीपारीहरुले हामीलाई के भन्छ ? त्यसैले छोरी, तिम्रो विवाह तल्लो जातसंग हुन सक्दैन । भात भान्छा मिल्नु पर्छ । केटो राम्रो मात्र भएर हुँदैन । धन सम्पत्ति छैन भने माटो खाएर जीवन निर्वाह गर्न सकिन्न । आमा ! यस्तै भन्नु हुन्छ । त्यसैले शैल, तिमीले मलाई अव पे्रम नगरे पनि हुन्छ । किनकि प्रेमले मान्छेलाई जे पनि वनाउन सक्छ । यो समाजमा बाँच्नु धेरै गाह्रो छ । यो कठिन समाजमा हामीले खोजेको कुरा पाउन सकिन्न । मलाई तिमी मात्र होइन मेरो घरको पनि माया छ । तिमीलाई मेरो बा,आमाले नराम्रो व्यवहार गरेको म हेर्न सक्दिन । त्यसैले शैल ! तिमीले आजै मलाई त्याग्नु पर्छ । किनकि हिजोसम्म हाम्रो वाटो एउटैं थियो । आज वाटाहरु फरक फरक भैसकेका छन् । तिमी उकालो लाग म ओरालो लाग्ने छु ।
यो सम्भव छैन उमा ! तिमीले आज जे कुरा गदैंछौं त्यो मेरो लागि काल हो । प्राणमा लागेको तीर हो । म क्षतविक्षत भएर बाँच्न सक्दिन । बरु मेरो जीवन अन्त्य गर्नु नै जाती छ । त्यसैले प्रिय, म जातमा तल्लो, धनमा तल्लो, मान्छेमा तल्लो सवथोकमा तल्लो अमान्छे हुँ । मलाई के थाहा, यो संसारमा जन्म लिँदा म सानो जातमा जन्र्मेको हुँ । यो समाजमा कोहिसंग नचल्ने जात लिएर जन्मेको हुँ । धिक्कार छ मेरो जन्म, म वाँच्नु भन्दा मरेको भए हुन्थ्यो । पागल भएर यो समाजलाई विर्सन पाएँ हुन्थ्यो । म गरिव भएर बाँच्नु भन्दा मर्न पाए हुन्थ्यो । तर मैले सकिन्न प्रिय, किनकि यो समाज सामन्तीहरुले बनाएको समाज हो । जस्लाई जे मन लाग्यो त्यस्तै नियम बनाएर हामी जस्ता मान्छेहरुलाई शासन चलाईरहेका छन् । रहस्यमय्, भयंकर डरलाग्दो मुकुण्डो लगाएका मान्छेहरुले समाज हाँकिरहेका छन् । जातपातमा आफ्नो सर्वस्व कायम गरिरहेका छन् । गरिवलाई श्रम शोषण गरी श्रमिकको रुपमा कुल्चिरहेका छन् । अव यो सम्भव छैन । किनकि आजको युगमा न जातभातले समाज चलाउन सक्छ न धनी र गरिव भनी छुट्याउन सक्छ । यो त आडम्वर मात्र हो । यस्तो वेथितिलाई अव थितिमा ल्याउनु पर्छ । यो कठोर समाजलाई छिन्नभिन्न पार्नु पर्छ । तव पो समाजमा बस्ने मान्छेले न्याय पाउँछ । तव पो समाजले आफ्नो बाटो हिड्न सक्छ । होइन भने हाम्रो समाजमा कुसंस्कार र कुविचार मात्र रहनेछ । त्यसैले प्रिंय ! हामीलाई त्यस्तो समाजको आवश्यकता छैन । समाज त हामीले निर्माण गर्ने हो । तिमीले मलाई आँट मात्र दिनु यो समाजलाई एक मिनेटमैं म बदली दिन्छु । समयले काँचुली फेरेजस्तैं जातभातका कुराहरु च्याटच्यूट पारी मिल्काई दिन्छु । गरिव र धनीको खाण्डललाई पुरिदिन्छु ।
जात तल्लो, धन छ तल्लो, युवक तल्लो पर्दछ
यी दुईको हुन्न विवाह, यो समाज कठोर छ
भित्रभित्रै मात्र खालि यत्न हुन्थ्यो, बाहिर
प्रकट केही नभै रहन्थ्यो यो रहस्य भयंकर ।
एक दिन साहस गरीकन भन्छ हे मेरी उमा !
तिमी नपाए बन्छु जोगी छैन अर्को चाहना
भन्दछिन् युवती लजाई जातनै मिल्दैन रे
भन्नु आमाले भएको विहे हाम्रो हुन्न रे ।

शैलको मुटुमा घाऊ भएर होला भल्लभल्ती रगत बगिरहेको छ । आज हो कि भोलि हो मर्ने छाँटकाँट देखिन्छ । बोली बन्द भैसकेको छ । आशा र स्वप्नहरु सवै चकनाचुर भैसकेका छन् । दिनमा पनि रात प¥र्यो भनी सुत्न गए पछि अव उसको जीवनमा दिन र रातको कुनै अर्थ छैन । भीरवाट खसेको मान्छेलाई अव कसैले जोगाउन सक्दैन । त्यस्तै भो जस्तो नहुनु पर्ने हो । यो समाजमा जातपातका कुराहरु, धनी र गरिवका कुराहरु, बोल्न सक्ने र नसक्नेका कुराहरु, थिति र वेथितिका कुराहरु, स्याल र बाघका कुराहरु सवैलाई धाती राखेर आज शैल आँखा चिम्लेर बसिरहेको छ । जसले जे दिए पनि सहर्ष स्वीकार गदैं आज मौनतामा मैनवत्तीमुनि उभिरहेको छ । मानौ आज शैल जिउँदो मुर्दा भएर होला उसलाई मसानधात पु¥याएर हाम्रो समाजले पनि जिउँदै दाह संस्कार गर्दैछ ।
शैल त ढुंगा हो । ढुंगा बोल्न सक्दैन । ढुंगा हिँड्न सक्दैन । ढुँगालाई त कसैले चलाई दिनुपर्छ । भातभान्छा गरेको अहिलेसम्म थाहा छैन । गरिव र धनी भनी ढुंगालाई भनेको याद छैन । किनकि ढुंगालाई भोक लाग्दैन । कसैको माया र प्रितीमा ऊ कहिल्यै अल्झिदैन । जे छ आफैमा खुशी भएर ऊ संधै यसरी नै बाँचिरहन्छ । यस्तै भो शैलको जीवन ।
शैल, यो हुन्न सक्दैन । तिमी यसरी निरास भएर वाँच्नु हुँदैन । किनकि यो समाजलाई हामीले परिवर्तन गरेनौ भने अरु कोही आएर परिवर्तन गर्ने छैन । त्यसैले तिमी जुरुक उठ्नु पर्छ । तिमी शिला होइनौ । अहिलेसम्म तिमी जिउँदै छौ । तिम्रो प्राणले खोजेको, तिम्रो प्राणले मागेका कुराहरु अहिलेसम्म पनि पाउन सक्ने छौं । तिमी कोशिस गरेर हेर । यो संसारमा कोशिसविना सवै कुराहरु पाउन अँधुरो छ । तिमी अध्यारोमा वाँच्न सक्दैनौ । तिमी त उज्यालो खोजी हिड्ने मान्छे । तिमी कसरी अन्धकारलाई साथ लिई हिड्न सक्छौ ? त्यसैले शैल ! तिमी फेरि एकचोटी जुरुक उठ्नु पर्छ । उमालाई भेटेर मनका कुराहरु सवै पोख्नु पर्छ । हिजो उमाले जे भनेकी थिइन् । आज उसले त्यो कुरा नसोचेको पनि हुन सक्छ । मन परिवर्तन भएर फेरि वाटाहरु जोड्न पनि सक्छ । प्रेमले सवै कुराहरु विर्सेर आज फेरि नयाँ कुराहरुवाट शुरु हुन पनि सक्छ । तिम्रो मुटुमा परेको घाऊ देखेर उसले फेरि मलम लगाई दिन पनि सक्छ । तिमीलाई अंगालेर रोई माफी माग्न पनि सक्छ । हो शैल ! अब तिमीले विस्तार गर्नु हुन्न । जाऊ, आफ्नो मायालाई एकचोटी मुहार देखाएर आऊ । यो संसार परिवर्तनशील छ । उमा ! परिर्वतन भएर फेरि नयाँ अध्यायको शुरु हुनेछ ।
रातको समय थियो । वाटामा कुकुरहरुले भुकिरहेको थियो । एउटा चोरजस्तो आज शैल एक्लैं उमाको घरतिर लागिरहेको छ । किनकि उसको मनमा चोत छ । त्यो चोतको इलाज उमालाई मात्र थाहा छ । उसको मुटुमा आगो छ । त्यो आगो उमाले मात्र निभाउन सक्छे । त्यसैले शैल आज उमालाई भेटेर इलाजको कुरो सोध्ने छ । आगो निभाउने तरिका बुझ्ने छ । लक्ष्यका कुरा गर्ने छ । प्रेमको भिख माग्ने छ । हो, त्यो निलो रंङ्गको झ्यालको अगाडि बसेर शैल उमालाई बोलाउन थाल्छ । उमा, म आइसके । तिमी उठेर हेर । तिम्रो घर आँगनमा उभिरहेको छु । तिमीलाई थाहा छ । मेरो छात्तीमा आगो छ । सिन्धु बगेर जताततैं पानीनै पानी छ । त्यसैले तिमी जुरुक उठेर हेर । यो कामिरहेको शरीरलाई एकमुठ्ठी माया दिएर त हेर । म त तिम्रो शत्रु होइन नि ? तिमीले दुविधा नगरिकन लौ आज आफ्नो निर्णय सुनाइदिए हुन्छ । किन तिमी चुप लागेर बस्दैछौं । कतैं तिमीलाई विसञ्चो त भएको छैन । कतै तिमीलाई घृणा त जागेको होइन । कतै तिमीलाई लाज पो लागेको होइन । कतैं तिमीलाई रीसले पो चुर भएको होइन । उमा ! तिमीलाई के भैरहेको छ । खैं केही वोल्दैनौ । अव त तिमीसंगै बसेर कुरा गर्न चाहन्छु । जसले जे सुकै भनोस् अव म चोरजस्तै झ्याल चढेर तिम्रो कोठाभित्र पस्न चाहन्छु । उमा ! यो सुनसान रातमा म त तिम्रो घरको झ्याल चढेर भित्र कोठामा आएँ । तिमी के गर्दैछौं ? तिमीले मलाई कसरी विर्सिन सक्छौं ? ती वितेका दिनहरु के तिमीले सम्झिनौं ? हाम्रा माया र प्रितीका कथाभित्र तिमी र म बाहेक अरु कोही थिएनौं ? भन उमा ! आज सवै कुराहरु भनी देऊ ? ताकि तिम्रो मनमा शान्ति होस् । उमा ! तिमीले एकासी चोर आयो भनी चिच्याउन थाले । घर परिवारहरु निन्द्रावाट विउँझेर चारैतिर कराउन थाले । जसरी राती काग कराए पछि रुखभरि कलरव हुन्छ । त्यस्तैं भो छर छिमेकीहरु सवैले आ–आफ्नो घरकोठाका भ्यालवाट उघोरर हेर्न थाले । खै चोर कहाँ भाग्यो ? चोरलाई पक्रनु प¥यो भनी वाटामा यताउता हेर्न थाले । कोहि कसैले हातमा लठ्ठी र खुकुरी लिएर मलाई समात्न कोशिस गरे । तर म त चोर होइन नि ? कसैको सम्पत्ति चोर्न लागेको त होइन । म त आफ्नो मान्छेको मन पो चार्न आएको हुँ । कु–समयमा कु–व्यवहार गरेकोले होला आज म चोर वन्न पुगेको छु । धिक्कार छ मेरो जीवन । मेरी उमाले मलाई किन चोर आयो भनी चिच्याएको होला ? कतै उसले मलाई चिन्न नसकेको हो कि ? कतै उसलाई अरु नै हो कि भनी भम्र परेको हो कि ? नत्र त्यस्तो भन्नु नपर्ने हो । किन होला मलाई चोर भनी सम्वोधन गरेको होला ? ऊ सोझी छे । उसले मलाई चिनेको भए पनि मध्यरातमा उसलाई जवरजस्ती गर्न आयो कि भनी चिच्याएकी होली ? धिक्कार छ, मेरो सोच र विचारलाई । म मध्यरातमा उमालाई भेट्न जान नहुने । झ्याल खोलेर कोठाभित्र पस्न नहुने । मैले ठूलो भूल गरे । अव मैले पश्चाताप गर्नु बाहेक अरु विकल्प छैन । किनकि मध्यरातमा मन परेकी मान्छे उमाको घर भन्दैमा झ्याल चढेर भित्र कोठामा पस्न नहुने । जे भो नराम्रो भो । एउटा मान्छेले गर्न नहुने व्यवहार भो । त्यसैले म आजदेखि चोर भए उमा । मलाई चोर भने हुन्छ । तिमी मवाट टाढा हुनु पर्छ । आज यस्तो व्यवहार गर्ने मान्छेले भोलि कस्तो व्यवहार गर्ने हो ? थाहा छैन, भविष्यमा तिमीलाई कहाँ पु¥याउने हो ? जे भो राम्रंै भो । समयले मलाई ठूलो पाठ सिकाई सक्यो । उमा ! तिमीले मलाई चोर भने पनि मलाई कुनै दुःख छैन । किनकि तिमीले चोर आयो भनेको होइन यो त समाजले तिमीलाई भन्न लगाएको हो । यो त तिम्रो आमावुवाले तिमीलाई भन्न लगाएको हो । यो त तिमी र मेरो मिलन होला भनी विरोधीले भन्न लगाएको हो । त्यसैले उमा ! तिमी खुशी भएर वाँचेको हेर्न चाहन्छु । म त निभ्न लागको बत्ती न हो । ओइलिन लागेको फूल न हो । सुक्न लागेको पानी न हो । खरानी हुन लागेको आगो न हो । मेरो के भर छ र ? भाग्य उल्टो लेखिएको मान्छे न हुँ ।
युवक डाक्छ प्रेमिकाको नाम काटी हे उमा
जोडले बोलाउँदा बिउँझेलान् कि छिमेकका
भित्र दुविधा, कम्प बाहिर, लौ हुने हो आज के
खुब ढुकढुक् चल्छ छाती भाग्यको निर्णय हुने ।
माथि चढ्दै झ्याल पक्री युवक कोठा च्याउँछ
चोर आयो भनी उमाले गर्दछिन् चिच्चाहट
काग राति जब कराउँछ हुन्छ कलरव रुखभरि
चोर आयो भनी सबैतिर झ्याल उघ्रे थरिथरि ।

उमाको वोलीले शैललाई गोली लागेर होला आज शैल रत्ताम्य भैसकेको छ । दुःख र पीडा खपेर पनि आफ्नो इज्जतमाथि हल्लीखल्ली हुँदैछन् । चोर र ज्यानमाराको संज्ञा दिदै नानाभोँती कुराहरु गदैछन् । मान मर्यादालाई माटोमा मिसाउँदै छन् । प्रेमलाई कुल्चिएर छिनछिनमा हेँला गदैंछन् । बुझ्नेले बुझ पचाएर कुरा काट्दैछन् । नबुझ्नेले नबुझेर कुरा काट्दैछन् । अनौठो छ, हाम्रो समाज चोरलाई साँधु र साँधुलाई चोर बनाउन सक्छ । बेथितिहरुको थिति बसाल्न सक्छ । धनी र गरिवको खाण्डललाई फराकिलो पार्न सक्छ । अन्याय र अत्याचारलाई पुरुष्कृत गरी न्याय दिलाउन सक्छ ।
हो, शैलको दोष थियो तर शैल चोर होइन । तर समाजले चोर भन्न थाले पछि अव शैल चोर भैसकेको छ । उसलाई हाम्रो समाजले धिक्कार्न थालिसकेको छ । हिजोसम्म प्रेमका कुरा गर्थे । आज ऊ प्रेमको नाममा इज्जत लुटने लुटेरा समेत भैसकेको छ । अर्काको भावनासंग खेल्ने स्वार्थी मान्छे बनिसकेको छ । अव हामी यसलाई खिल्ली उडाउनु पर्छ । जसले हिजो आर्दशका कुराहरु मात्र गर्थे । आज दुराचार र नैतिक पतनमा पटके लाग्न थालेको छ । यस्तो मान्छेलाई समाजवाट वहिष्कार गर्नु पर्छ ।
शैललाई यो समाजमा मुख देखाउन लाज लागेर होला यहाँ बस्नु भन्दा नेपाल छोडेर बाहिर बस्नुनै निको लाग्न थालिसक्यो । त्यसैले ऊ अव विदेशिदै छ । आफनो जन्मभूमिलाई छोडेर नेपाल भन्दा पर जीवन निर्वाह गर्दैछ । हो, विरानो देशमा सुख भन्दा दुःख धेरै पाइन्दो रहेछ । ग्रीष्म ऋतुको मेघजस्तै धेरै ठक्कर खादैं माटोलाई पनि ढुंगा वनाउनु पर्ने रहेछ । समय वितिरहेको थियो । नेपाल छोडेको पनि दुई वर्ष लाग्न थालिसक्यो । मेरो घर परिवार के गदै होलान् । मलाई कसरी बुझ्ने होलान् । संञ्चो विसंञ्चो केहि पनि थाहा छैन । न मैले खवर गरे न घरपरिवारले मलाई कहाँ छ भनी पत्ता लगाउन सकें । यो अभागीको कर्म किन नेपाल छोडेर आएको होला ? बरु आफ्नै घरमा खेतवारी गरेर बसेको भए नि हुन्थ्यो । मैले जानी नजानी अन्जानमा प्रेममा ढोका पाएँ । चोखो मायामा दाग लगाएँ । परिवार जनलाई दुःख दिएँ । तर मैल केही पाएन । म हारेर भागे । भागेर विदेशमा लुकेँ । मेरो कुनै अस्तित्व छैन । अव मेरो कुनै साइलो छैन । यो विरानो शहरमा बस्नु भन्दा अव म आफनै देश नेपालमैं फर्किन्छु । मलाई काट या मार । जसले जे गर्नु पर्छ त्यस्तैं गर । म सहन तयार छु । मेरो कर्मको दोष म आफैं भोग्न तयार छु ।
सुनिन्छ, उमा अर्काकी मान्छे भैसकेकी छे । खुशी छ, छैन थाहा छैन । घर परिवारले जे भन्दा ऊ त्यहि गछें । नाइनास्ती छैन । मेरो भाग्यको खेल भनी ऊ सोचिरहन्छे । अर्काको चालमा पनि थाहा नपाई ऊ हिडिरहन्छे । यो कुरो सत्य हो, प्रेममा मान्छे एकहोरो हुँदो रहेछ । अरुको कुरा नसुन्ने । अरुको कुरो नवुझ्ने । आफ्नै तालमा मात्र हिड्न खोजे पछि मान्छे खाण्डलमा खस्दो रहेछ ।
हो, होइन थाहा छैन । वितेका घटनाहरुमा पसेर कोहि मान्छे आजसम्म फर्केको छैन । किनकि मान्छेलाई त्यो घटनाले ताने पछि के के हुँदो हो थाहा छैन । हो, जीवनमा लिनु र दिनु त सवैको हुन्छ । तर चाल वढेर ढले पछि यसको अर्थ मान्छेले के हो भनी बुझन सक्नु पर्छ । भित्रसम्म गएर हेर्न सक्नु पर्छ । बञ्चवाजा, यज्ञ, जन्ती र कलशहरु आजसम्म न्यूँदै छन् । सपनाहरु अहिले सम्म वाँच्दैछन् तर आज जसलाई खोजिरहेको छु त्यो त्याहाँ नभए पनि शंका लाग्नु पनि स्वभाविक हो । कोही कतै संगै हिड्यिो भने पनि मनमा तर्कना खेल्नु स्वभाविक हो ।
ग्रीष्म ऋतुको मेघ जस्तैं विविध ठक्कर पाउँदै
वर्ष दोटा बल्ल काटी ऊ फियो नेपालमै
खेल अर्कै, चाल अर्कै, हाल अर्कै, झै छ यो
प्रेमिका उसको अरुकै प्राणको सिङ्घार पो ।
‘हो र होइन ’ को गुफामा पूर्व घटना त्यो पस्यो
‘लिनु र दिनु ’ को चाल बढ्दै युवक अरुमै ढालियो
पञ्च बाजा, यज्ञ, जन्ती, कलश ज्युँदै छन् अझ
कर–ग्रहण भो हाय उसको एक अर्की क्वैसँग

मान्छेहरु भन्ने गरिन्छ औसीको रात पछि दिव्य स्वर्ण प्रभात आउन्छ रे । हिलोमा फूल्ने कमलको फूलजस्तै दिन सवैको हुन्छ रे । घनघोर अध्यारो कालो बादल फाटे पछि आकाश निर्मल हुन्छ रे । समुन्द्रमा चल्ने त्यो ज्वारभाट पछि त्यो सिन्धू पनि शान्त भएर बग्छ रे । त्यस्तै भो आज उमालाई एक वच्ची जन्म भएर सारा दुनियाँको नजरमा उसको जीवन सुखद बन्दैछ । हो, होइन हामीलाई थाहा छैन तर शैलको मनमा उमा अवस्य दुःखी छे । एक दिनको सानो गल्तीले जीवनभर यातना भोगेका उमा आज किन हो कुन्नी एकासी शैलको कोठामा पस्न थाल्छे । चिसो याम थियो । एक माघे रातमा बाल्य दिनको चन्द्र ज्योस्ना चट्ट द्धारामा भुल्केको देख्दा शैल अच्चम भो । आज के हुँदैछ । कहिल्यै नसोचेको कुरा के हुदैछ ? शैललाई डर लाग्न थाल्यो । किनकि शैल चोर हो । उमाले चोर पक्रन पो आएको हो कि ? उमाले चोरलाई सजाय दिन पो आएकी हो कि ? उमाले ज्यानमारा शैललाई जीवन वर्वाद पारेको भनी लान्छना पो लगाउन आएकी हो कि ? नत्र यो माधेरातमा एक्लै किन ऊ आउनु प¥यो ? वाटाहरु त फरक भैसकेको थियो । तर आज किन उचम्मले भेट भो ? सन्चो विसन्चो पो सोध्न आएकी हो कि ? वितेका कुराहरु विर्सी माथ लाग्ने बोलीले फकाउन पो आएकी हो कि ? हे ईश्वर ! मलाई आज के हुँदैछ । आकाश खसेर कतै म मर्ने त होइन ? धरती फाटेर कतै म खस्ने त होइन ? पानी परेर कतै भेल बगी मलाई बगाउने त होइन ? भूकम्प आई कतै मलाई पुर्ने त होइन ? आज के भैरहेको छ ? मैले सोच्नै सकिरहेको छैन । दिमाग खाली भएर होला मैले त केहि बुझ्न सकिरहेको छैन । धिक्कार छ म किन नेपाल आएँ । म नेपाल नआएको भए नि हुन्थ्यो । विरानो देशमा बसी या जीवन विताएको भए नि हुन्थ्यो । नत्र आजको दिन हेर्नु पर्दैनथ्यो । मलाई आफ्नै उमासंग डर लागिरहेको छ । सन्चो या विसन्चो यो शरीरमा कसरी भन्न सक्छु र ? मर्न लागेको मान्छे न हो । अस्ताउन लागेको घाम न हो । डुव्न लागेको सास न हो । ओरालो लागेको मृग न हो । मेरो के भर छ र ? आजसम्म वाँच्दैछु भोलि कतै मर्ने पो हो कि ? यस्तैयस्तै छ जीवन । तर उमा यो माघे रातमा किन आएको होला ? विचरा कतै दुःख पाएर साथ खोज्न आएकी त होइन ? कतै चोर भनेर माफी माग्न आएकी त होइन ? कतैं हाम्रो सम्वन्धलाई ठाती राख्न आएकी त होइन ? कतै नयाँ मान्छे भएर वाँच्नु पर्छ भनी आएकी त हैन ? धेरै दिन पछि ईश्वरले दर्शन दिए जस्तैं मेरी उमाले पनि मलाई दर्शन दिन आएकी त होइन ? हो म भाग्यमानी छु । हिजो उमासंग म लाचार थिएँ । आज तिमी नैं मलाई भेट्न आयौ ? तिमीलाई कस्तो छ ? जीवन निर्वाह कसरी भैरहेको छ ? हो, सपनामा मात्र भेट हुने उमा आज विपनामा पनि भेट्न पाउँदा म औधी खुशी छु । मेरो जीवन त यसरी नै चलिरहेको छ । जे भो तिमीले त्यसलाई विर्सी देऊ । किनकि यो मान्छेको जूनीमा सर्वले सवै कुरा पाउन सक्दैनन् ।
भनिन्छ, मान्छेको अन्तिम विन्दू एउटै भए पनि तर भावहरु फरक फरक हुँने गरिन्छ । हजारौं वाटोहरु भए पनि आखिरमा पुग्ने त त्यहि हो । जसरी खोला र नालाहरु बगेर नदीमा मिसिन पुग्छ त्यस्तै नदीहरु बगेर पनि समुन्दमा समाहित हुने हो । यो नै प्रकृतिको नियम हो । ओरालो ठाउँमा पानी वगेजस्तैं यो त धर्मको कुरो मात्र होइन मर्मको पनि कुरो हो । भावको मात्र कुरो होइन विन्दूको पनि कुरो हो । दिनको मात्र कुरो होइन रातको पनि कुरो हो ।
युवक कोठामा बसेको एक माघे रातमा
बाल्य–दिनको चन्द्र–ज्योत्स्ना चट्ट झुल्क्यो द्वारमा
कोइलीको गीत मादक माथ गर्ने बोलीमा
बोल्दछिन् ती के छ सन्चो आज आएँ मै यहाँ ।

हुत्तिई सव पूर्व घटना बेरलाई क्यै छिन
त्यो युवकले भन्छ–ओहो ! धेर दिनमा दर्शन
धेर दिनको एक दर्शन, केन्द सारा भावको
पोखियो अनि तीव्र स्वरमा–के यही नै घर्म हो ?

त्यो धर्म पनि हुन सक्छ त्यो कर्म पनि हुन सक्छ । दुवैको आ–आफ्नो हेराई हो । हिजो ठिक थियो आज त्यहि वेठिक पनि हुन सक्छ । यो परिवर्तनशील संसारमा छिनछिमा मान्छेहरुको स्वभाव पनि परिवर्तन हुन सक्छ । त्यसैले यो धर्म र कर्मको कुरो वडो सहस्यमय छ । हो, होइन मात्र छैनन् । लिनु दिनु मात्र होइनन् । कतै धर्म लुकेको छ । कतै कर्म लुटेको छ । कतै यथार्थताले पोतेको छ । कतै शंकैशंकाको घेरामा राखिएको छ । उमा र शैलको कथा मध्यरातवाट शुरु भई मध्यरातमैं अन्त्य भएको छ । म ताकछु मुठो बञ्चरो ताक्छ घुँडो भने झैं मान्छेको मन र व्यवहारको वीच तालमेल नभएर खै के भो के भो नदीको दुई किनारा जस्तैं छियाछिया भई बाँच्दैछन् । आकाश र जमीनजस्तै फरक भएर हेदैछन् ।
मान्छे धरतीमा मात्र होइन स्वर्गमा पनि वास वस्न सक्छ । जो जसरी हिडे पनि तिम्रो पाउले मानव कल्याण लागि पाइला चाल्नु पर्छ । तिम्रो पाउले पीडामा छ्टपटाईरहेका मान्छेहरुको आँसु पुछ्न सक्नुपर्छ । तिम्रो पाउले सत्यको मार्गमा हिड्न सक्नुपर्छ । तिम्रो पाउले भोक लागेकाहरुलाई भोजन बाँड्न सक्नुपर्छ । तव पो मान्छेले स्वर्गमा बास पाइन्छ । तव पो मान्छेले स्वर्गमा गई सुख सयल गर्न सकिन्छ । पापी मन आज खुशी छ तर उसको पाउमा आलो रगत लागेको छ । उसको पाउले जथाभारी मान्छेलाई कुल्चिएर हिडेको छ ।
पाउ स्थीर हुन सक्दैन । यो त गतिशील छ । चलायमान छ । हिजो उमा र शैलसंगै हिडिरहेको थियो । आज छुटिएर अलग भएर दुवै जना आ–आफ्नो वाटोमा हिडिरहेको छन् । थाहा छैन, गन्तव्य पुग्यो कि पुगेन । गन्तव्य पुग्ने वाटोमा हिडिरहेको हो कि होइन । त्यो आफूले आफैलाई सोध्नु पर्ने प्रश्न हो । त्यो त आफूले आफैलाई दिनु पर्ने उत्तर हो । तर जीवनको वाटो उकालो र ओरालो छ । उमा उकालो लागे पनि शैल ओरालो लागिरहेको थियो । किनकि जीवनको मोड सोचे जस्तो छैन । जहाँ पनि दुर्घटना हुन सक्छ । जहाँ पनि मान्छे त्यतिकै विलाएर जान सक्छ । त्यसैले यो जीवन हेर्दा सरल भए पनि वाँच्न धेरैं गाह्रो छ । जे पनि हुन सक्छ । हामीले सोचेको भन्दा उसको पाउ असत्यको मार्गले चल्दैछ । उसको पाउ दम्भले फुल्दैछ । त्यसैले पाउ आफै स्वच्छ र निर्मल हुन सक्नुपर्छ । शक्तिले घेरेर राख्न सकिन्छ ।
हो यो संसारमा तिमी एक पाइला हौं । टेक्ने र थेग्ने जसरी भरथेकको यो जीवनमा सवैको आ–आफ्नो अस्तित्व छ । मान्छे–मान्छे बन्न मान्छेको आवश्यकता छ । पाइलाले पाइला टेक्न पाइलाको खाँचो छ ।
मान्छेहरु भन्ने गरिन्छ प्रेम अन्धो हुन्छ । तर प्रेम अन्धोमात्र होइन आँखाजस्तो उज्यालो पनि छ । कोही सुखी हुन्छ । कोहि दुःखी हुन्छन् । कोहि आफ्नो ठान्छन् कोहि परायी ठान्छन् । यो त आ–आफ्नो सोच हो । यो त आ–आफ्नो स्वभाव हो । हिजो शैल चकमन्न अध्यारो रातमा उमालाई चाँदनी उपहार दिन गएको थियो । तर ऊ चोर भएर निकिस्यो । समाजले उसलाई चोर ठान्यो र नेपाल छोडेर विदेशीनु प¥र्यो । आज त्यहि द्रव्य माघजस्तो चिसो रातमा शैललाई किन भेट्न आयौं ? आफ्नो द्रव्यलाई चोर्न आएको मान्छे नचोरी किन भागेर गयौं ? हिजो र आज दिन फरक भए पनि आखिर रात त एउटै हो । जाडो त एउटैं हो । माया त एउटै हो । प्रश्न त एउटै हो । भाव फरक हुन सक्छ तर आस्था त एउँटैं हो ।
हो, चोरले अर्काको द्रव्य चोरेर लग्छ तर यहाँ शैलले आफनैं द्रव्य चोर्न खोजेको थियो । मध्यरातमा सवै सुतिरहेको वेला शैैलको मनमा ज्वारभाट चल्यो भन्दैमा उमाले आफ्नो द्रव्य चोर्न नदिई शैलकंै मान राख्न खोजेको हो । बुझ्नेले बुझ्छ । नबुझ्नेले पनि बुझ्नु पर्छ । किनकि माया त सवैको एउटै हो । माया छ भन्दैमा मध्यरातमा आफ्नो द्रव्य लिएर जानु पर्ने आवश्यक छैन । विहान भए के हुन्थ्यो । साध्य र साधन न हो, वीचको दुरीले केही फरक पार्दैन । समय लाग्न सक्छ । तर समय लाग्यो भन्दैमा रातलाई दिन बनाउन मिल्दैन । रात मान्छेको होइन । दिन पो हाम्रो हुन सक्छ । त्यसैले तिमी आयौ तर मैले जे भने पनि तिम्रो द्रव्य चोर्न दिएनौं । तिम्रो द्रव्यलाई मास्न दिएनौ ।
सिन्धुमा छालले किनारालाई छोएर भागेजस्तै, पवनले धनधतालाई छिन्द्रविन्द्र पारेजस्तै संन्ध्याले रातलाई बोलाएजस्तै, झिल्कोले एकै छिनमा खरानी पारेजस्तैं आज शैलको मन त्यस्तैं छ । मन भारी जति शक्ति बटुले पनि बाँच्नै गाप्ह्रो जस्तो भैरहेको छ । हो, राश त थुप्रै थियो । वितेका घटनाहरुले शैललाई लखटिरहेको थियो । यताउता जहाँजहाँ पाउ राखे पनि वाटाहरु छेकिरहेको थियो । आँखामा विझेर आँसु आएजस्तैं उमाको वोलीले आज शैल घायल भैरहेको छ । न औषधी गरे न बुझ्नेलाई आफ्नो व्यथा पोखे । ऊ त चुपचाप सहेर मानौं सिन्धुको किनारजस्तै छालले जति दुःख दिए पनि आफ्नो भाग्यलाई दोष दिई बसिरहेका थिए ।
जिन्दगीमा यस्तो पनि दिन आउँदो रहेछ । हिजो उसको घरमा म गएँको थिएँ । आज मेरो घरमा ऊ आइन् । कस्तो संयोग, कस्तो दिन, थाहा छैन मान्छेको जीवनमा यस्तो पनि हुँदोरहेछ । यो त माया हो । यो त साइनो हो । जसले जे सुकै भन्नु हिजो मैले उनीलाई हर्न गए आज तिनीले मलाई हेर्न आए । मनमा गुम्सिएका थुप्रै राशहरु आँखावाटै साटासाट गरे । भत्केका, विग्रेका, मकेका र टुटेका कुराहरु एकै छिनमा वनाउने कोशिस गरे । सारो गाह्रो भएर गडवडी भैरहेका कुराहरुलाई तहतह मिलाएर राख्ने कोशिस गरे ।
माथि हिँड्ने पाउ दुईको शक्ति वटुली चित्तमा
पाइला त्यो एक टेक्छन् स्त्रीहरुले विश्वमा
चोर्न अनि आएथ्यौ तिमीले द्रब्य आफ्नै रातमा
चोर्न नदिई मान तिम्रै हुँ गरेकी साँझमा ।
तट भिजाई सिन्धु वाढी बेगले फर्केसरि
यति बोली युवती फर्किन् युवकमा चिन्ता खनी
राश लाग्यो पूर्व घटना अब युवकको वरिपरि
के कताको के कताको साँच्न गाह्रो गडबडी ।

मान्छेको जीवनमा कहिले काहि नसोचिएको कुरो पनि हुँदो रहेछ । आकाशवाट फुट्ट खसे झैं, घरतीवाट जुरुक्क उचालेझैं एउटा पत्रले पनि मान्छेको जीवन टुक्राटुक्रा भएर काम नलाग्ने बनाउँन्दो रहेछ । खिया लागेको फलामझैं भित्र जति सुकै राम्रो भए पनि बाहिर पत्तु काम नलाग्ने बस्तु वन्दोरहेछ । पिरोल्ने, चिर्थाेने मानौं जीवननै नचल्ने उल्टो मान्छे पो बन्दो रहेछ । के थाहा उडिरहेको पन्क्षीलाई एउटा गोलीले तल झारी मान्छेहरु सितन वनाई खान्दो रहेछ । त्यसैले यो जीवन वडो डर लाग्दो छ । को, कहाँ, के भएर वित्ने हो, थाहा छैन । कति दुःख पाउनु पर्ने हो, थाहा छैन । कतै गुफाभित्र पसेर निस्कन पो नसक्ने हो कि ? कतैं हिड्दा हिड्दैं धरती फाटेर तल खस्न पोे हो कि ? कतैं आकाशवाट ठूलो चट्टान खसेर मर्ने पो हो कि ? कतैं मसान घातमा पनि बास बस्नु पर्ने हो कि ? थाहा छैन, यो अचम्म लाग्दो जीवनमा शैललाई मात्र के हुँदैछ ? अप्रिय घटनाहरु शैलको कानले मात्र किन सुन्नु परेको हो । भाग्यमा सुख नलेखी आएकोले होला । कतै भाग्यमा दुःखैदुःख भोग्नु भनी विधाताले लेखेकोले होला । नत्र किन आज फेरि यस्तो कहालि लाग्दो दुर्दिन भोग्नु परेको हो । एउटा पत्रले किन शैलको जीवन फेरि बेसुरो भई गिर्दो हो । हे ईश्वर ! लौं उमा त ढाके्रेसंग पोइलो पो गएकी रहेछिन् । ओहो ! यस्तो खबरले शैलको मुटुमा फेरि एक चोटी अकल्पनिय आगोको मुस्लो दन्नदन्ती बलिरहेको छ । किन होला, यो उमा पनि नचाहिन्दो काम किन गरेको होला ? बुद्धिमानी भएर पनि त्यो दाउरेसंग किन पोइलो गएको होला ? धिक्कार, छ उमा ! म चाहन्न तिमी दाउरेकी श्रीमती भएर वाँचेको हेर्न । तिमीले दुःख कष्ट सहेर जीवनमा निर्वाह गरेको मैले देख्न चाहन्न । त्यसैले उमा ! तिमीले यो राम्रो काम गरेनौं । तिमी–तिमीवाट गिरेर समाजलाई के देखाउन खोजेको हौं ? कतै मलाई बदला लिन खोजेको त होइन ? कतै मलाई पीडा दिन पोइलो गएको त होइन ? कतै मलाई महिलाको मन चिन्न सकेनौ भनी देखाएको त होइन ? कतै मलाई ढाके्रसंग गएर पनि म वाँच्न सक्छु भनी देखाएको त होइन ? होइन भने तिमीले यो के गर्न खोजेको हो ? मलाई नार्मदको संज्ञा दिन खोजेको त होइन ? मलाई पे्रमको अर्थ बुझाउन खोजेको त होइन ? मलाई जातपातको कुनै अर्थ छैन भनी देखाएको होइन ? मलाई धनी र गरिवको भेदभाव छैन भनी भन्न खोजेको त होइन ? नभएर तिमीले के गर्न खोजको हो ? तिमीले के चाहेको हो ? के तिमीले चाहन्दैमा यो समाज बदल्न सक्छ र ? के समाजलाई ढाके्रेसंग विवाह गरेर पनि मान्छे खुशी हुन सक्छ भनी देखाएको हो कि ? होइन भने तिमी यो के गर्दछौं ? हिजोका कुराहरुले किन पाठ सिक्न सकेनौं ? एकवारको जूनीमा तिमीले यति धेरै ठूलो निर्णय किन लियौ ? आकाशलाई पातालसंग जोड्ने, पाताललाई आकाशसंग जोड्ने यो चानचुने निर्णय होइन । यो निर्णय तिमीले गर्नै सक्दैनौं । कतै ईश्वर आएर तिमीलाई साथ दियौ कि ? कतै दया लागेर ढाके्रसंग विवाह ग¥यौ कि ? कतै संसारमै नभएको दुखान्त काब्य लेख्न लाग्यौ कि ? कतै जीवन टुक्राटुक्रा पारेर पनि मर्ने वेला एक कठ्ठा पारी दुनियाँलाई प्रेमको अर्थ बुझाउन खोजेको हो कि ? आफ्नो जीवनलाई दुःख दिएर तिमीले के गर्न खोजेको हो ? मान्छेहरुले त सुख खोज्छन् । तर उमा ! तिमीले किन दुःख रोज्यौ ? घाँसपात, र दाउरा चरेर जीविका चलाउन तिमी किन खोज्यौ ?
यो तालमेल नभएको मेरो ज्विनमा आज मेरै भाग्यले मलाई गिजाइरहेको छ । शैल हिजो तिमीले किन चुप लागेर बस्यौ ? एउटा ढाके्रसंग पोइलो जान सक्ने उमालाई तिमीले किन अपमान ग¥यौं ? जातपातका कुरा उसको विचार होइन यो त उनकी आमाको विचार हो । धनी र गरिवको कुरो उमाको होइन यो त घरपरिवारको कुरो हो । तर उमाले चाहेर पनि मलाई किन मान दिई चोर भन्यो ? किन म विदेश गएँ । लोक लाज छोप्न विदेश जान सक्ने मान्छेले प्रेमको वास्तविकता किन बुझ्न सकेनौ ? न सोच्न सक्यौं न बुझ्न सक्यौ । अहिले आएर उमा ढाके्रसंग पोइलो गएको खबर पाएर मैले ठूलो भूल गरे भनी रोएकराई गर्नुको कुनै अर्थ छैन । यो त स्वाङ्ग जस्तो भो । यो त देखावती कुरा जस्तो भो । मैले जतिसुकैं उमालाई माया गरे पनि यो त मुटुमा मात्र रहने कुरो हो । हो म पापी हुँ । म उपराधी हो । उमा जस्ती सोझी केटीलाई मैले भावनामा चोट पु¥याएँ । मैले आफ्नो कुरा मात्र सोचे उमाको कुरा कहिल्यै सोच्नै सकेनौ । एउटा निर्दोषी उमालाई मैले कटु व्यवहार गरे । उसलाई समाजमा बस्न नसक्ने बनाएँ । त्यसैले म संसारकै पापी मान्छे हुँ । मलाई पापको प्रायश्चित गर्न कठोर सजाय दिनैं पर्छ । अध्यारो कोठामा थुनेर दिनरात दुःख दिए हुन्छ । यातना दिएर प्रेममा यस्तो पनि हुन्छ भनी अरुलाई सन्देश दिए हुन्छ ।
एकदिन यो पत्र आयो दूरवाट अचानक
लौ उमा पोइल गइन् एक ढाक्रेसँग
युवक टोलियो ओहो ! यो के भएको, क्यै पनि
बुझ्न नसकी रन्थनाई ऊ करायो बेसरी ।
हुन नसक्ने आज घटना हाय् ! कसरी हुन गयो
यो भएकोमा अवश्यै खास मेरै दोष हो
लौ मलाई दण्ड देऊ दःुख देऊ छन् जति
एउटा निर्दोष जीवन बिग्रियो मैले गरी ।

हाम्रो जीवन धर्म, संस्कृति र जातहरु मिलाएर बाँधिएको समाज हो । आ–आफूले गर्ने कर्महरु छुट्याएर बाँच्ने जात हो । त्यसैले म जे गर्छु त्यो अरुले नगरे पनि आखिर त्यो त सवैको साझा हो । यो जगत्मा बाच्ने एउटा आधार हो । हुन्छ–हुदैन मलाई थाहा छैन । हुन पनि सक्छ ; नहुन पनि सक्छ । उमा ढाके्रसंग पोइलो गएजस्तै असम्भव कुरा यो दुनियाँमा केहि छैन । अनमोल मणि भनेर के गर्नु ? त्यसको पहिचान पनि हुन सक्नु पर्छ । होइन भने त्यो मणि भएर पनि काँचको टुक्रा ठानी नालीमा फ््याँक्न पनि सक्छ । त्यसैले मान्छेले समयमैं अनमोल मणि चिन्न सक्नु पर्छ । होइन भने त्यो महाभूल हुनेछ । मेरो मात्र होइन तिम्रो पनि मानिने छ । भनिन्छ, समयलाई समयमैं चिन्न सक्नुपर्छ । होइन भने नारकीय जीवनमा बाच्नु बाहेक अरु के पो विकल्प हुन सक्छ र ? आफ्नो कर्तुतलाई केही समय ढाकछोप त गर्न सक्ला तर जीवनभर ढाक छोप गा¥ह्रो छ ।
समय आफ्नै गतिमा हिडिरहेको थियो । उमाले दाउरे जीवन विताइरहेको थियो । तर आज किन हो कुन्नी उमाको मन अलि चिसो छ । चिसो भएर होला मन अलि बोझिलो छ । उकुस मुकुस भएजस्तो, भारी बस्तुले थिचेजस्तो आज के हुँदैछ ? आँखी भैऊ फिरफिर चलेर अशुभको संकट दिएजस्तो छ । संधै हिड्ने वाटाहरु पनि डर लाग्दो हुन थालेको छ । उमा बनको वाटोमा हिडिरहेको थियो । मनमा थुप्रै कुराहरु खेलाई आफ्नो गन्तव्यतिर लागिरहेको थियो । दिनभरिको कामले थकाई लागे पनि दाउरा बेचेर समाल जुटाउनु थियो । हातमुख जोडी भोलिका लागि निदाउनु थियो ।
शैलको मनले उमालाई खोजिरहेको थियो । उनको आँखाले उमाको वाटो पछाईरहेको थियो । हे ईश्वर ! आज मलाई उमासंग भेट्नु छ । म नराम्रो होला । तर मैले अहिल्यैसम्म कसैको कुभलो चित्ताएको छ्रैन । सवैको कल्याण होस् भनी ईश्वरलाई प्राथना गर्ने मान्छे हुँ । तर के गर्नु मान्छेका मनका कुरा बुझ्न नसके पछि मेरी उमाले त मलाई चोर भन्यो । के म चोर हुँ र ? उमालाई थाहा थियो । तर उमा विवश छें । उनीले मलाई चोर भनी भगाउनु वाहेक ऊ संग अरु केहि विकल्प थिएन् । त्यहाँ म र उमामात्र थिएन । त्यहाँ त समाज थियो । जोरीपारी थियो । उनका आमाबाबु र घरपरिवार थियो । मध्य रातको समयमा झ्याल चढेर आउने पनि प्रेमी हुन सक्छ र ? ऊ त चोर हो । त्यसैले उमाले लोकलाजका लागि भए पनि चोर भन्नु पथ्र्यो । मलाई भगाएर आफ्नो प्रेमीको ज्यान जोगाउनका लागि भए पनि कटु वचन बोलेको थियो ।
शैल ! नरभक्षी बाघले खाला भनी डराईडराई वनको वाटो हिडिरहेको थियो । कतै घाम थियो । कतै छायाँ । कतै उकालो थियो कतै ओरालो । वाटो अप्ठेरो रहेछ । निल काँढाले घोच्ला भनी मनमा डर थियो । सुनसान त्यो जङ्गलको वीचमा म वाहेक अरु कोही थिएन । पर एउटा नदी वगिरहेको थियो । ओरालो झर्दा वाटोमा कोही हिडेको अनुभूति भयो । म डराएँ । अव मर्छु कि क्या हो जस्तो लागिरहेको थियो । तर संयोग न हो । मेरी उमालाई त्यही जङ्गलको वीच वाटोमा भेट्दा म झसंङ्ग भएँ । उमा ! मैले यो के देखिरहेको छु । के तिमी साँच्चै मेरी उमा हौं ? यहाँ किन ? यस्तो घनघोर जङ्गलमा तिमी किन आयौ ? तिमीले के अपराध ग¥यौं र लुक्न आयौ ? के आफैले आफैलाई सरापेर दुःख भोग्न आएकी त होइन ? के आफैले आफैलाई दण्ड दिन लागेकी त होइन ? होइन भने यो तिमीले जीवनको सवै भन्दा ठूलो अपराध ग¥यौ ? यो हुन सक्दैन । म माफी चाहन्छु । तिमीले मलाई जे भनेपनि हुन्छ । जे गरे पनि हुन्छ । म त्यही कुरा सहर्ष स्वीकार्न सक्छु । तर म आजको तिम्रो रुप देख्न सक्दिन । तिमी चोखो छौं । तिम्रो मन हिमाल जस्तैं सेता छौ । मेरो लागि तिमी अनमोल छौं । भो उमा ! अव तिमी यसरी बाँच्नु पर्दैन । म प्रेमको भिख माग्छु । तिमीले मेरो हात समाई उठाई देऊ । म जीवनभर तिमीसंगै बाँच्न चाहन्छु । जूनीजूनीसम्म म तिम्रैं भएर जिउँन चाहन्छु । उमा ! मेरो प्राण तिम्रो शरीरमा छ । मेरो ज्यान तिमी आउँला कि भनी बाँचिरहेको छ । त्यसैले उमा ! अब म यसरी बाँच्न सक्दिन । तिमीले मलाई जेसुकै भन्नुन् । तिमी मेरी हौ । मेरी भएर नै जूनीजूनीसम्म रहने छौं । मलाई थाहा छ, तिम्रो आत्माले के खोजिरहेको छ । मनले के मागिरहेको छ । आँखाले के हेर्न खोज्दैछ । ओठले के भन्न चाहेको हो । तिमी भन या नभन मैले तिम्रो मनका सवै कुराहरु बुझिसकेको छु । तिम्रो आँखाले मलाई सवै कुराहरु बताई सकेको छ । त्यसैले उमा ! म तिमी विना बाँच्न सक्दिन । आजकल यो संसार मेरो लागि अध्यारो छ । चारैतिर पहिरो गएर हिजोदेखि आजसम्म म त्यहिको त्यहि छु । न मर्न सक्छु न वाँचेर पनि सन्तोषको सास फेर्न सक्छु । दोधारमा परेर घिटीघिटी भएर भूईमा लडिरहेको छु । त्यसैले म तिमीलाई जीवनको अन्तिम भिख माग्दैछु । मलाई दया गरी स्वीकार गरिदेऊ । यो ज्यानमा तिमीले प्राण राखी फेरि एकपटक हराभरा पारी देऊ । म हाँस्न चाहन्छु । बाँच्न चाहन्छु । यो संसार उज्यालो रहेछ भनी म फेरि तिमीसंगै बाच्न चाहन्छु ।
थाहा छ, तिम्रो मन आज अमिलो छ । घनघोर वर्षा भएर होला तिम्रा वाटाहरु सवै चिप्ला छन् । थाहा छैन, तिमी हिड्न सक्छौ कि सक्दैनौ ? मलाई त्यसैमा पीर छ । तिमी लड्नु हुँदैन । चिप्ला वाटोमा पनि तिमी नडराई हिड्न सक्नुपर्छ । आकाशमा फुल्ने जुन पनि तिमीले टपक टिपी शिरमा सजाउनु पर्छ । तव पो मेरो मन आनन्द हुन्छ । संगै वाँच्न नसके पनि संगै वाँचेकोजस्तो मनले खोजेको कुरा पाएँ भन्ने जस्तो लाग्छ ।
त्यै दिवसमा युवक निस्क्यो बुझ्न जम्मै हालत
घेर पछि पत्ता लगायो एउटा बनको वीच
दाउरेनी भई हिँडेकी ती उमासित भेट भो
गै अगाडि प्रेमपूर्वक युवकले यस्तो भन्यो ।
“कैं गरेकी लौं उमा, यो माफ माग्छु जे भयो
दण्ड यस्तो भो नदेऊ विन्ती मेरो हृदयको
स्वर्ग झैं चोखी तिमी छौं फर्क मेरो साथमा
भैं भिखारी ज्यूनलाई गर्छु तिम्रो याचना ।

उमा ! यो संसार तिम्रो मात्र होइन यहाँ बाँच्ने सम्पूर्ण मानवको पनि हो । सुख र दुःख तिम्रो मात्र होइन यहाँ बाँच्ने सवै प्राणीको पनि हो । त्यसैले उमा यो संसार अनौठो छ । यहाँ वाँच्न गा¥ह्रो छ । तिमीले सोचे जस्तो छैन । तिमीले भोगे जस्तो छैन । यहाँ धेरै छलछाम छ । जोगिएर हिड्नु पर्छ । नखाएको विष पनि लाग्न सक्छ । अर्काको ईष्याले पनि जीवन सुक्न सक्छ । आँखा लागेर पनि जीवन वरवाद हुन सक्छ । उमा ! तिमीले जे सोच्दैछौं त्यो मात्र जीवन होइन । त्यो भन्दा पर पनि अर्को संसार छ । आज हामी यहाँ छौं । भोलि अन्तै पुग्ने छौ । कताकता कहाँकहाँ जिन्दगीमा कहिल्यैं नदेखिएको कुरा भोगिने छौ ।
मान्छेहरु सवै सुख खोज्छन् तर उमा ! तिमीले किन दुःख रोज्यौ ? यस्तो घनघोर जंगलमा दाउरा काट्ने ढाके्रसंग किन जीवन रोज्यौं ? मैले त अहिलेसम्म बुझ्न सकिरहेको छैन । तिम्रो मनमा बसेको त धेरै भयो तर अहिल्यैसम्म पनि तिम्रो मनको कुरो बुझ्न सकिरहेको छैन । अथाह सागरजस्तो, जति हेरे पनि नपुगेजस्तो त्यो कस्तो मन हो ? त्यो कस्तो ठाउँ हो ? उमा ! तिम्रो दया मायाको मुटुमा प्रेम त पलाएको थियो । के आज साँच्चै मरिसक्यो र ? यो सम्भव छैन । यो त दुवो जस्तो हो । नमरुन्जेलसम्म वाँचिरहन्छ । उमा ! अव हाम्रो वाटो एउटै छ । गन्तव्यसम्म संगसगैं हिड्नु पर्छ । तिमी नरिसाई देऊ ! मैले दयामाया गरेर तिमीलाई पाउन फेरि कोशिस गरेको होइन । मैले त तिमीसंग लिएको ऋणमात्र तिर्न खोजेको हुँ । पैचो लगेपछि पैचोमात्र फिर्ता गर्न आएको हुँ । उमा ! वाटो अप्ठेरो छ । तिमीलाई गा¥ह्रो छ भने मेरो हात समातेर आए हुन्छ । डरलाग्दो वाटोमा एक छिन भए पनि भरोसा पाउने छन् ।
शैल ! यो वाटो मलाई अप्ठेरो लाग्दैन । किनकि मैले यही वाटो रोजेर आएकी हुँ । मलाई थाहा छ, वाटो डरलाग्दो छ । भीरवाट खसेर मर्न पनि सक्छ । जङ्गली जनावरले मार्न पनि सक्छ । तर मैले यस्तै जिन्दगी रोजी आए पछि अव त मलाई कुनै डर छैन । अप्ठेरो लाग्दैन । यो ओहोर दोहोर गर्ने वाटो मलाई किन हो कुन्नी तिमी हिड्ेको बाटो भन्दा पनि राम्रो लाग्छ । सुन्दर अनि मनमोहक लाग्छ । सिधासाधा मान्छेहरु यस्तै वाटोमा हिड्ने गर्छ । गरिव होला तर मनको धनी छ । दुःखी होला तर मनमा कष्ट छैन । श्रम गरेर वाँच्नु पर्ला तर मान्छे संधै निरोगी हुन्छ । उसलाई रोग लाग्न सक्दैन । जीवन त यस्तो पो चाहिन्छ । सुख, शान्ति र स्वच्छ वातावरणमा जीउँने मान्छे साँच्चै यो जगत्को सवैभन्दा भाग्यमानी मान्छे ठान्नु पर्छ । म त ढाके्रनी न हुँ । शहरमा दाउरा वेचेर आएको पैसाले मेरो परिवारको जिन्दगी काट्नु पर्छ । त्यही कमाईले हाम्रो प्राण धान्नु पर्छ । मलाई त यसैमा खुशी छ । जसले जे कुरा गर्दा खुशी हुन्छ मान्छेले त्यही काम गर्नुपर्छ । हिजोको कुरोमा अल्झिएर बस्नु हुँदैन् । यो त जीवनमा पूर्ण विराम लगाएर बस्नुजस्तो हुनेछ । शैल ! बगेको खोलो कहिल्यै फर्किन्न । ऊ एकनासले आफ्नो गतिमा समयसंगै बगिरहन्छ । यता उता कताकता गएर उसले आफ्नो गन्तव्य खोजिरहन्छ । जाऊ शैल ! तिमी फर्केर जाऊ । तिमीले पनि अव छुट्टै संसार वनाउनु पर्छ । त्यहाँ तिमी र तिम्रो इच्छा आकान्क्षाहरु पुरा गर्नु पर्छ । मलाई विर्सी दिए हुन्छ । एकादेशको कथाजस्तो, कहिले काहि मात्र सम्झिदिए पुग्छ । यो नै वास्तवमा प्रेम हो । मन दुखेको वेला एकछिन रोइदिए पुग्छ । त्यो नै वास्तवमा प्रेमको लागि गर्ने न्याय हो । शैल ! यो जीवन हामीले खोजेको जस्तो हुन सक्दैन । रोजेको जस्तो कहिल्यै बन्दैन । यो त भाग्यको खेल हो । भाग्यमा के लेखिएको थियो । न मैले पढ्न सक्छु न तिमीले पढ्न सक्छौ । यो त विघाताले मात्र पढ्न सकिन्छ । त्यसैले अव तिमी ढिलो नगरी छिटो जानु पर्छ । आफ्नो घरजम गरि सुखी जीवन विताउने कोशिस गर्नु पर्छ । ताकि म पनि तिम्रो खबर सुनेर खुशी हुन सकूँ । यो दुई दिनको चोलामा अतीत जतिसुकै धमिलो भए पनि सम्झनाले वाँचिरहुँन् ।
छैन अप्ठेरो मलाई जिन्दगी रोजे यही
असल सिधा मित्र पाएँ हो गरिव छ तापनि
दाउरा बोकेर भारी शहरमा बेच्दछौं
यै कमाइवाट हामी प्राण आफ्नू धान्दछौं ।
हो त सम्झन्थे त तिम्रै बस्न पाइनँ तर संग
मै अरुसंग वेचिएकी के गरुँ फर्कीकन
फर्क जाऊ विर्सिदेऊ यो उमालाई तिमी
बाँच सुखले औ बचाऊ प्रेमले घरजम गरी ।

आज उमाको धैर्य टुटेर ऊ थरथरी काँपिरहेकी छें । आँखावाट आँसु झार्न नसकेर प्रेमको आगोमा दनदनी बलिरेहेकी छे । खरानी हुँन मात्र वाँकी छ । जिउँदो मुद्र्दालाई अव विर्सी दिए हुन्छ । एउटा ढाके्रनीलाई जति हेँला गरे नि हुन्छ । के फरक पर्छ र ? ढुँगा बोल्दैन । लाश हिदैन । वायुको झोकासंग शैल ठीङ्ग उभिएर मानौं शिशिरको हावा खाईरहेको थियो । विर्स ! विर्स ! अव तिमीले सवै कुरा विर्सिनु पर्छ । मलाई जिउनको लागि भए पनि तिमीले विर्सिनु पर्छ । मलाई वाँच्न देऊ । हिजोको पीडाले म मर्न चाहन्न । मलाई गाली गरे हुन्छ । मलाई धिकारी दिए पुग्छ । किनकि म त्यसैमै रमाउन सक्छु । मलाई त्यसैमै जिउँने बाटो देख्दैछु । शैल विस्तारै फर्किन खोज्छ । रोग लागेर काल आएजस्तो, काल आएर रोग लागेजस्तो कस्तो कस्तो यो जीवनमा के हुँदैछ ? घाऊमा नुनचुक छर्केजस्तो, मनमा लागेको डढेलो झनझन बलेजस्तो त्यस्तै भो आज शैलको जीवनमा ।
हो, समयले मान्छेलाई नजीक र टाढा वनाउन्दो रहेछ । सम्भवलाई पनि असम्भव वनाइन्दो रहेछ । किन होला, यो भावनाको घरमा असम्भवको आभाष नहुनु पर्ने हो । तर भैसकेको छ । त्यसैले प्रीतिलाई पवनभित्र वोकी हिड्ने हो भने तिम्रो विजय अवश्य हुनेछ । थाहा छैन, त्यो दूर वनको गाउँकी यौटी आइमाई संधै भारी वोक्न आउन्थे । आज के भएको हो कथैं उसलाई रोग लागेर होला वीच वाटैमा थला परी बसिरहेकी छे । शरीर कमजोर भएर होला उसको शरीरमा सामर्थ छैन । हलचल गर्न शरीर पनि मानिरहेको छैन । ढुकढुकी सास चलेर उमा मर्न मात्र सकिरहेको छैन । तर आशाहरु क्रमशः मरिसकेको थियो । गाउँहरुले अव मरिन भनी उमालाई जङ्गलको वीच वाटोमा छोडेर गएकी थिइन । उफ ! यो कस्तो दिन होला ? जहाँ आशाले पनि टुसाहरु पलाई रहेको थियो । समयले पनि समय मागिरहेको थियो । हो प्रिय, तिमीलाई भेट्ने आशामा म अहिलेसम्म ज्यूदैं छु । मेरो प्राण अझैं बाँकी छ । म मरेकी छैन । तिमी आउँछौ भनी म वाटो कुरिरहेकी छु । आऊ प्रिय, तिमीले यो मर्न लागेको शरीरमा फेरि प्राण भरिदेऊ । मेरो भाग्य वनेर तिमी फेरि एक पटक आईदेऊ । आजसम्म जे जस्तो भो विर्सी देऊ ।
शैलले उमालाई टाढैवाट चिनिसकेको थियो । तारतम्भ विचित्र भई कस्तोकस्तो लागिरहेको थियो । शैलको मुटुमा आगो लागेर होला उसलाई भित्रभित्रैं पोलिरहेको थियो । पीडा सहन नसकेर छटपट्टी भैरहेको थियो । कहाँ जाऊ कता जाऊ भएर रोई कराई ईश्वरलाई साथ मागिरहेको थियो । एक्लो घना जङ्गलमा उमा रोगले थला परेपछि शैलले उमालाई सम्झाउन थाल्छन् । उमा ! तिमीले मलाई धेरै छलछाम ग¥यौं ।
अव मलाई तिमीले कहिल्यै पनि छलछाम नगनू हैं । तिमी जहाँ जान्छौं म पनि त्यही आउँने छु । तिमीले जे सुकैं भन, जे सुकै गर म त तिम्रै पछिपछि लागेर आउने छु । अव म तिमीलाई कहिल्यैं छोडेर जान सक्दिन । मलाई मार बरु त्यो म सहन सक्छु । तर तिम्रो यो अवस्था म हेर्न सक्दिन । मैले अतीतमा भूल गरे । तर त्यो भूलको पश्चाताप अहिलेसम्म पनि भोगिरहेको छु । यो जूनीमा मात्र होइन तिम्रो लागि हजारौं जूनीसम्म पनि पश्चाताप सहन तयार छु । मैले आफ्नो प्रियलाई मनका कुराहरु पोख्न रातको समयमा झ्याल चढेर गएको थिएँ । मलाई पत्तै भएन त्यो दिन हो कि रात हो । मलाई त तिमीलाई मात्र भेट्नु थियो । बस् मैले त्यो रातमा तिम्रो घरको झ्याल चढेर आउनु महाभूल थियो । तर के गर्नु मैले महाभूल गरिसकें । अव त्यहि भूललाई तिमीले कोत्याएर नमरुन्जेलसम्म मलाई मार्न नखोज । म कस्तो छु तिमीलाई थाहा छ । मेरो मनमा कुनै पाप छैन । मेरो मनमा कुनै लोभ छैन । म त तिमीलाई चाहने मान्छे हुँ । म त तिम्रो भलो चिताउने मान्छे हुँ । त्यसैले उमा ! जाऊ तिमी विस्तारै उठ । म तिमीलाई बोकेर त्यो पर छुट्टैं संसारमा बस्न जाऊ । जहाँ कोहि छैन, तिमी र म मात्र हुनेछ । वेथितिहरु केही छैन, थितिले मात्र जीवन चल्ने छ ।
उमा ! शैलको मुहार एक पटकले हेरिरहेकी हुन्छे । लाग्छ यो भाग्यले मलाई कतैं छलछाम गरेको त होइन ? शैल त्यस्तो पापी मान्छे होइन । ऊ चोखो छ । मनमा केही पाप छैन । जे छ त्यही भन्ने वानी छ । यसैले उसलाई कहिले काही नखाएको विष पनि लाग्ने गर्छ । किनकि यो समाजले अहिलेसम्म सिधासाधा मान्छेलाई खुशीले वाँच्न दिदैन । यहाँ त धोकेवाज र अत्याचारीको राज छ । हो, मैले घोर अपराध गरे । यो निभ्न लागेको दियोमा शैल एक थोपा तेल बनेर आएको थियो । तर तेल हाल्न नपाउँदंै दियो निभिसकेको थियो । अव म उठ्नु पर्छ । शैलको हात समाटेर यो गलेको शरीरमा प्रेमको शक्ति भर्नु पर्छ । ताकि म विस्तारै उठ्न सकूँ । एउटा विन्दूले अर्को विन्दूलाई खोज्न सकूँ ।
छन्न पछि भो अव नलाग हे उमा, मैले चिन्हे
जे जहाँ जान्छौं म आउँछु लौ पिछा मैले गरें
एक टकले दृष्टि गाडी युवकलाई हेर्दछिन् ।
युवकको पक्डेर हात प्राणमा बल थप्तछिन् ।
युवती बोल्छिन्–धन्य ईश्वर भेट हाम्रो आखिरी
जिन्दगी यो के भएको विश्व चक्र चालमा
जान्छु म त अव ढोग भेट अर्को जन्ममा
गर्न पाउँछु प्रेम मेरो हो त साँचो सर्वथा ।

हे, ईश्वर ! मैले दिन पो खोजेको थिएँ तर तिमीले मलाई सन्ध्या दियौं । सन्ध्या त रातको विहानी हो । अव केही समय पछि अन्धकार हुनेछ । सवै प्राणीहरु आ–आफ्ना वासस्थानमा गएर सुतिने छन् । वाटाहरुमा कोही हिड्ने छैन । आकाशमा कोही चराचुरुङ्गीहरु उडिने छैन । एकनासले नदीहरु छमछम गरी आफ्नै तालमा हिडिरहेकी हुने छ । कूकूरहरु भुकने छन् । चोरले रामराज्य चलाउन थाल्ने छन् । झ्यालझ्यालमा चढेर अर्काको सम्पति आफ्नो बनाउने कोशिसमा लाग्ने छन् । त्यसैले रात मान्छेहरुका लागि होइन । यो त अदृश्य शक्तिका लागि दिन हो । कोही रातमा मुस्कुराउन थाल्छन् । कोही रातमैं आफ्नो जीवन सार्थक वनाउन खोज्छन् । बडो डरलाग्दो छ । प्रेममा दिन र रातको केही मतलब नहुने रहेछ । आपूmलाई मन परेको मान्छेलाई भेट्न जुनसुकै वेला पनि जाने गर्दाे रहेछन् ।
उमाको मन टुक्राटुक्रा भई झर्न थालेको छ । जताततैं प्वालैं प्वाल भएर मुटुवाट व्यथाहरु चुहिन थाल्दैछन् । तैपनि उमा चुप लागेर आफूलाई परेको पीडा सहन खोज्दैछन् । जसले जेसुकैं भनुन् । मेरी प्रेमीको इज्जत राख्नका लागि जस्तो सुकैं कष्ट भोग्नु परेतापनि भोग्न तयार छिन् । हे ईश्वर ! यो के हुँदैछ ? आफ्नो प्रेमीको लागि जीवन वरवाद पारेर भए पनि उमाले शैलको अगाडि कहिल्यै तल नपर्ने कसम खाएकी छिन् । तर समय न हो । समयले मान्छेलाई के के गरिन्दो रहेछ । आज उमा थला परेर जङ्गलको वीच वाटोमा हलचल गर्न नसके पनि ऊ प्रेमको इज्जत राख्न कोशिस गदैछिन् । शैल ! मैले तिमीलाई माया नगरेको होइन । तिम्रो संसारमा म पनि अटाउन चाहन्छु । तर मेरो भाग्य खोटो भए पछि कसको के लाग्छ र ? मेरै वोलीले तिमीसंग हिड्न सम्भव भएन् । परिस्थितिले हामीलाई अलग अलग वाटोमा हिडाउन खोज्यौं । तिमी पूर्व लाग्यो म पश्चिम लागे । तिमी उत्तर लाग्यो म दक्षिण लागे । त्यसैले हाम्रो भेट हुन नसकेको हो । म तिमीलाई इज्जत गर्छु । तिमीमा कही दाग छैन । समाजमा तिम्रो इज्जत होस् भन्नाका खातिर म कहिल्यैं पनि तिम्रो वाटोमा आउन चाहेन् । म जङ्गलमैं लुकेर बसें । अव म जङ्गलमैं लुकेर मर्न चाहन्छु । तर संयोग तिमीले मलाई देख्यौं तर म लुक्न सकेनौं । किनकि म अचेत अवस्थामा भूईमा लडिरहेकी थिएँ । शैल म जुठो छु । मलाई तिमीले नछोए हुन्छ । मेरो लागि तिमी भगवान हौं । भगवानलाई जुठो बस्तु चल्दैन । पाप लाग्छ । एक अञ्जुली पानी चढाउन मन थियो । तर पानी जुठो भएकोले मन मानिरहेको छैन । हे भगवान ! मलाई माफ गर । मैले जे गरे भित्रैं मनले चाहेर गरेको होइन । यो त परिथितिको उपज हो । यो त परिवन्दको जालो हो । त्यसैले एउटै मात्र अर्चना छ । हे प्रभू ! यो प्रेमको आराधना हो ।
उमा ! सुस्तरी निदाउन खोज्दैछिन् । यो देहमा सवै इन्द्रियहरुले आ–आफ्नो ढोका बन्द गर्न लागे जस्तो छ । मानौं रातको समयमा मान्छेले आ–आफ्नो घरको ढोका बन्द गरी निदाए जस्तो आज उमाको शरीरले पनि आफ्नो द्धारा बन्द गर्न खोज्दैछ । बत्ती निभ्न लागेजस्तो, कर्कलाको पानी भूईमा खसेजस्तो कस्तोकस्तो चकनाचुर भएर आज उमा संधाका लागि विलाउन खोज्दैछिन् । यो दुई दिनको चोला नदीको तीरमा गएर सेलाउन खोज्दैछ ।
प्रेमको इज्जत गरेरैं साथ तिम्रो आइनँ
वस्तु जुठो राखी मेरो देवलाई चढाइँन
माफ देऊ जो गरें यो भूल होइन निश्चय
अर्चना यो, आराधना यो प्रेम प्रभूमा अर्पिन ।
यति बोली युवती थुन्छिन् द्धार इन्द्रियका सव
यो जगत् आज उसको लौ खतम भो जीवन !
एक झल्का एक झोंका देखिएको बन्द भो
प्रेमको एउटा कथामा पूर्ण विन्दू लगाइयो ।

मान्छे जन्मिन्छ र मर्छ । यो त मानव चोलाको नियमित प्रकृया हो । तर यस्तो मान्छे जसले जीवनमा थुप्रैं तीता मीठा कथाहरु छोडेर जान्छ, उसको सम्झना युगैयुगसम्म गरिन्छ । त्यस्तैं भो उमाको जीवन । आज उमा यो संसार छोडी परलोक गइसकेको छ । सवै झ्याल ढोकाहरु बन्द गरी एकान्तमा आनन्दले सुतिरहेको छ । उसलाई के थाहा, अव आगो पिउनु पर्छ । एक अञ्जुली पानीले युगैयुगसम्म तिर्खा मेट्नु पर्छ । तिम्रो र मेरो साँध सीमाना तोकेर आज ऊ पर गएकी छे । फर्केर आउँछ आउँदैन थाहा छैन । आँखा चिम्लेर गएको मान्छेले वाटो देखिदैन । ऊ कसरी फर्केर आउन सक्छे ? ऊ त हामीलाई विर्सेर हिडिसकेँ । यो देहलाई माटोमा मिलाई छोडी सके । हिजो पैचो लिएको यो देहलाई ज–जसलाई पैचो मागिएको हो उ–उसलाई दिएर गइसकेँ ।
शैल रुन्दैछ । सूर्यलाई कालो बादलले छेकेर यो धरतीमा रात पार्न खोज्दैछ । धरती थरथर कामेर मानौं आज विनाशकारी भूकम्पले धनजनको क्षेति पार्न खोज्दैछ । विषम परिस्थितिले छाती पिटीपिटी शैलले पीडालाई कम पार्न खोज्दैछ । उमा ! यो तिमीले के ग¥यौं ? मलाई भेट्नु छ भने यस्तो अवस्थामा किन भेट्न खोज्यौं ? यो कस्तो आग्लो हो ? यो कस्तो विवश हो ? जीवनलाई नै नाश गर्ने यो कस्तो परिस्थिति हो ? चल्न नसक्ने, बोल्न नसक्ने यो कस्तो खुड्किलो हो ? धिक्कार छ मेरो जन्म, मैले मेरी उमालाई न्याय दिन सकेन । अव त्यो दिन कहिल्यै आउने छैन । है ईश्वर ! अव म वाँच्न सक्दिन । मलाई अव यहाँ बस्नु छैन । त्यसैले म पनि उमासंगै एउटै चित्तामा जल्न चाहन्छु । माटोमा यो शरीरलाई मिसाउन चाहन्छु । आगोसंग म पनि आगो बनेर मिल्न चाहन्छु । बाँकी त खरानी हो । नदीमा बगाए पछि पानीसगंै गन्तव्यसम्म यात्रा गर्न चाहन्छु ।
हो, आजसम्म जिन्दगीको ढुङ्गाले मलाई यहाँ पु¥यायो । अव म यो ढुङ्गा चढन चाहन्न । जेसुकै होस् यो घापमा डुवेर मरे मरोस् । एक वारको जुनी न हो, आज मेरे भोलि दुई दिन हुने यो जीवनमा अरु के नै बाँकी छ र ? आँधीवेरीले यो थोत्रो जीवनलाई तहस नहस पारे पारोस् । टुक्राटुक्रा पारेर जहाँसुकैं उडाएर लगोस् । मलाई त के छ र ? म त हार खाएर बसेको मान्छे न हुँ । चाँडै मर्न पाए हुन्छ भनी ईश्वरलाई प्राथना गर्ने मान्छे न हुँ । मलाई त के छ र आनन्दले मर्न पाए पुग्छ । काल आएर टपक टिपेर लगे हुन्थ्यो । खै अहिलेसम्म काल पनि आएको छैन । बाटो भुल्यो कि ? अझ धेरै दुःख पाओस् भनी सराप दियौं कि ? नत्र यस्तो दु्ःखदायी दिन किन आउँन्छ र ? प्रेममा यस्तो पनि हुन्दो रहेछ भनी बल्ल थाहा पाएँ ।

युवक रोई पिट्छ छाती आज कस्तो यो भयो
यतिका दिन पछि उमाको भेटमा आग्लो प¥यो
खोल्छु आग्लो आज मैले गर्न अहिले पनि ढिलो
हुन्छ मेरो जीवनीको नाश पार्ने खुडिकलो ।
आजसम्म खियाई ल्याँए जिन्दगी डुङ्गा यहाँ
अव त बहना छोडिदिन्छु पल्टिए पनि घापमा
आँधिवेरी यो हुरीमा थोत्रिएको जीवनी
चाल्न सक्दिनँ अव म फेरि हार खाएँ लौन नि !

यो मान्छेको जिन्दगीमा के हुन्छ, हुदैन भन्न सकिन्न । तह नमिलेको यो पक्तिमा सरसर कोरेर मात्र तहतह मिलाउन सकिन्न । त्यसैले तिमीले यसलाई छोपिदेऊ ताकि अध्यारोले गड्वडी पार्न नसकियोस् । उज्यालोको खोजीमा अध्यारैं अध्यारोमा कहिल्यै पनि बाँच्न नपरोस् । हो, मान्छेले पुण्य कमाउन सत्कर्म गर्नु पर्छ । सम्यक भावनाले मनलाई हर दिशामा लगाउनु पर्छ । तब पो मान्छेले मान्छे भएर बाँच्न सकिन्छ । तब पो मान्छे साँचो अर्थमा मान्छे हुनेछ । म चुकें, मैले उमालाई आफ्नो ठानेर झ्यालमा चढे । के यो साँचो अर्थमा एउटा प्रेमीले गर्ने सत्कर्म थियो र ? के यो सम्यक भावनाले उचित थियो र ? होइन यो कदापी हुन सक्दैन । म चुकेकैं छुँ । मध्यरातको समयमा बेहोसी भएर हिडेकै हुँ । त्यसैको परिणाम आज मैले भोगिरहेको छु । मेरै कारणले प्रेमको कथा मात्र होइन आफ्नो जीवन पनि उमाले पूर्णविराम लगाएकै हो । त्यसैले म पापी हुँ । अपराधी हुँ । अत्याचारी हुँ । यो दीन मेरो काराणले जन्म भएको हो । उमा त मृत्युको आँचल पके्रर आफ्नो लाज छोपेर गइन् । म हरुवा यो लोकवाट परलोक जान नसकेर अन्धकार जीवनमा रेखाहरु कोरिरहेको छु ।
यो संसारमा विष र अमृतलाई आफ्नो बनाउने हो भने सवै मान्छेले अमृतलाई नै रोज्छन् होला । किनकि अमृत पवित्र जल हो । जसको सेवनले मान्छे अमर र अजर भइन्छ । कुरो ठीकै हो । यो जगत्मा हर प्राणीले सुख पाउन कोशिस गरिन्छ । तर शैल मान्छे हो जसले विषलाई पनि अमृत ठान्छ । मनमा चल्ने छालहरुलाई मन्थन गर्ने औषधी ठान्छ । विष र अमृतमा विषको महिलमालाई गुणगान गर्छ । त्यसैले होला शैललाई आज विषको आवश्यकता छ । यो अध्यारो जीवनलाई उज्यालो जीवन पाउन विषको खोजीमा छ । ऊ निरास छ । मनमा घाम नलागेर होला जताततैं अध्यारैं अध्यारो छ । यो मनोहर सुन्दर जगत् पनि उसलाई उदेक लाग्दो नरमाइलो छ । खान मन नलागे जस्तैं, नखाए पनि खाए जस्तो कस्तो कस्तो मान्छेका जीवनमा पनि यस्तो हुन सक्छ र ? मान्छेको जीवनमा पनि विषलाई अमृत मान्न मिल्छ र ? यो त हीनताको बोध हो । यो त अभावको कमी हो । यो त कमजोरीको वाटो हो । यो त तुच्छता र ओछापन हो । त्यसैले शैल ! आज यो संसार छोडी जान मन गदैछ । जहाँ उमा बस्छे त्यहि गएर बस्न मनले खोजिरहेको छ । के गरुँ यो चुहेको हृदयमा जति टाले पनि टाल्न नसकेर ह्वाङ्ग हुन मात्र बाँकी छ । यो के भएको होला ? दैवले पनि मलाई कस्तो दीन दिएको होला ? हिजो म वाँच्न चाहन्थे तर आज म मर्न चाहन्छु । यो निको नहुने अव औषधी होइन चटक यो संसार छोडेर निको पार्न चाहन्छु । उमा ! तिमी कहाँ पु¥यौं ? म पनि आउँदैछु । तिमीलाई भेट्न अलि ढिलो होला जस्तो छ । तिमी कुरेर बस्नु । कतै नजानू हैं । डरलाग्छ भने तिमी त्यो नदी पारी चौतारोमा बसे पनि हुन्छ । जहाँ आत्माहरुले थकाई मार्छ । त्यहाँ डराउनु पर्दैन । किनकि त्यहाँको समाज यहाँको समाज भन्दा पृथक छ । त्यहाँ कसैको लोभ लालचा छैन । त्यहाँ कसैले चियो चासो गर्दैन । सवैले आ–आफ्नो कर्मको हिसाव किताव बुझाउन आएको मान्छेहरुले यहाँ जस्तो कुभलो र कुविचार गर्दैन । त्यसैले उमा ! तिमी त्यहि बसी राख । मेरो शरीर आजदेखि अशक्त हुँदैछ । अव केहि दिन बाँकी छ । यो भारी जिन्दगीलाई यही छोडेर तिमीसंगैं बस्न म आउँदैछु ।
विष र अमृतमा मलाई आज ठूलो विष भयो
यो अध्यारो, त्यो उज्यालो आज मेरो खोज भो
छोडी जान्छु आज यस्तो विश्व खूव रमाइलो
एक मन त भन्छ कस्तो हीनता तेरो भयो ।
के गरुँ तर यो चुहेको हृदय बाँकी विश्वमा
छोड्नु नै अव बेस ठान्छु यो नपुरिने घाउ
पर्ख पर्ख उमा, म तिम्रो आउँदैं छु साथमा
आज छु म अशक्त भारी जिन्दगी यो थाम्नमा ।

मान्छेको जीवनमा धेरै धोका र हण्डर खाए पछि मुटु पनि ढुंगोजस्तो बलियो बन्दो रहेछ । समयले खापीखापी तहतह मिलाए पछि ढुंगा पनि पत्रेचट्टान बन्दोरहेछ । छियाछिया भएर नदीको किनारा पनि पानीले खान्दो रहेछ । एउटा ठूलो ढुंगा हिड्दाहिड्दैं वालुवा पनि बन्दो रहेछ । अनौलो छ यो संसार । आफैं जोड्न खोज्छ । आफै विग्रह हुन खोज्छ । यो बुझ्नै नसक्ने प्रकृतिको भाषा मान्छेले कहिले बुझ्ने हो ? मान्छेले कहिले खोज्ने हो ? थाहा छैन, यो त अन्नत अनादीकालदेखि यस्तैयस्तै हुँदैछ ।
होे, मान्छेको मुटु कोमलो हुन्छ । धड्कनले बाँच्ने गरिन्छ । सानो मुटु तर यो संसारको भार ठामेर आफ्नो अस्तित्व मात्र होइन जिन्दगीको लामो यात्रा पनि चलाउँदो रहेछ । यस्तै छ उमा र शैलको प्रेम कथा । कहिले हाँस्छ कहिले रुन्छ । त्यसैले होला आज युगकवि सिद्धिचरणले उमा र शैलको प्रेम कथामा पीडा र कष्ट मात्र भएर होला हेर्न र पढ्न नपाउने गरी एउटा बाकसमा बन्द गरी विर्को लगाउन खोज्छै छ । थाहा छैन, यो प्रेमको कथामा मानवका व्यथा लुकेर होला कतै समाजवाट पलायन हुन्छ भनि लुकाउन त खोजेको होइन ? कतै प्रेमलाई चोखो वनाई राख्न चाहेको बेला त्यो बाकस खोल्ने त होइन ? होइन भने किन यो कथालाई यतिकैं अन्त्य भैं जा भनिएको होला ? अव नवोल चुप लागेर आफ्नो बाटोतिर लाग भनि किन भनेको होला ? कतै पीडादायी प्रेममा मान्छे बहुलाउँन्छ भनि यस्तो गरेको त होइन ? कतै धनी र गरिवको मेल हुन गा¥हो छ भनी देखाउन खोजेको त होइन ? कतै साँचो प्रेममा मिलन हुन गा¥हो छ भनि देखाउन खोजको त होइन ? कतै आफ्नो मान्छेलाई जोगाउन झुठो पनि बोल्नु पर्छ भनि भन्न खोजेको त होइन ? कतै आफ्नो जीवनलाई माया मारेर प्रेमीको रक्षा गर्न खोजेको त होइन ? यो के हो ? किन युगकविले मृत्युको विर्को लगाउँछु भन्दैछ ? यो कथा कहिल्यै नखुलुन भनि किन प्रश्न माथि प्रश्न गदैछ ? राम्रो, नराम्रो जे भए पनि शुन्यभित्र हराएर जानू भनि किन आदेश दिँदैछ ? आयु त लम्वाउन सक्छु तर अब म छोप्याउँन चाहन्छु भनि किन अस्तित्वमाथि नै प्रश्न गर्न खोजेको हो ? थाहा छैन, मैले जे गरे त्यो सवैं सफलैं हुनु पर्छ भन्ने होइन । असफल पनि हुन सक्छ । यो नै जीवन हो । जीवन राम्रो नराम्रो मात्र होइन, जीवन सुख र दुख मात्र होइन, जीवन जन्म र मृत्यु मात्र होइन, जीवन सम्झिनु र विर्सिनु मात्र होइन, जीवन त सोच्नैं नसकिने यौटा यात्रा हो । जीवन त बुझ्नैं नसकिने दुई दिनको चोला हो । अन्त्य नभएसम्म, मृत्युले बिर्को नलगाएसम्म यो त आउने र जाने क्रम चलिरहन्छ ।
शुरु, अन्तका लागि चालिने पाइला हो । तर त्यो शुरु वीचमैं अन्त्य भए पछि गन्तव्य कहाँ पुुग्न सकिन्छ र ? त्यसैले यो शुरु र अन्त्यको वीचको प्रेम कथा अपुरो छ । अघुरो छ । दुःखदायी छ । कष्टपूर्ण छ । मानौ हिड्दाहिड्दै हराएजस्तो, टुसा पलाउँदै चुडेजस्तो उमा र शैलको प्रेम कथाहरु अमिल्दो छ । तहतह नमिलेर चिराचिरा परेजस्तो कताकता के के भएजस्तो त्यो जीवन कति पिल्सिन्दो हो ? कति छकिन्दो हो ? सुत्र नमिलेको त्यो जीवनमा गाँठैगाँठो परेर कति अल्झिन्दो हो ? कहिल्यै नफर्किने गरि, फर्केर आए पनि बाटो भूल्ने गरी कताकता कहाँकहाँ जहाँ शुन्य छ त्यहि पढाएर कथाहरुलाई अन्त्य गर्न खोज्दैछ ।
मृत्यु आपैmमा शुन्य छ । जहाँ कोही पनि बाँच्न सकिन्न । त्यस्तो ठाउँ हामीले पनि एक दिन रोज्नु पर्छ । यो लोक र परलोकको वीचमा मृत्यु छ भन्ने कुरो हामीले पनि बुझ्नु पर्छ । जे भो राम्रो नराम्रो जे सुकै भए पनि यो कथालाई शुन्यभित्र पस्न कठोर दण्ड दिएजस्तैं हाम्रा कथाहरुले पनि त्यस्ता समस्याहरुमा अल्झिन सक्छ । बुझ्नेले बुझ्छ, नबुझनेले बुझ्ने प्रयास गर्नु पर्छ । होइन भने हाम्रो जीवनमा पनि नमीठो कथा बोकेर संधै पीडैपीडामा बाँच्नु पनि अभाग्य जीवन ठहरिन सक्छ । त्यसैले यो कसिङ्गर, यो उपद्रव, यो विझेको कष्टकलाई हामीले नफ्याँक्ने हो भने हाम्रो अगाडि उभिएर हामीलाई नै सुलीमा चढाउने छ । उत्पात मचाएर, संकट र आपत बोकेर पटकपटक जीवनमा विजाईरहन्छ । नमीठो आकस्मिक खबर जुनसुकैं वेला हाम्रो अगाडि ठिङ्ग उभिदिने छ । नील काँढाले घोचेजस्तो, सुइरोमा परेजस्तो कस्तोकस्तो काँडो किल्ला झिक्न नसकेर जीवनमा धेरै विध्न वाधाहरु आइ पर्न सक्छ । त्यसैले यो मिल्दो अमिल्दो जीवनमा यौटा शुन्य छ । त्यो शुन्यभित्र मृत्युले बोलाए पछि, मृत्युले विर्को लगाए पछि, मृत्युले लगे पछि, मुत्युले शुन्यभित्र पारे पछि को भन्न सक््छ र त्यहाँ भित्र के छ के छैन ? शुन्य–शुन्यमा विलाएर शुन्य आफैंमा पूर्ण छ । न यसलाई जोड्न सक्छ न यसलाई घटाउन सक्छ । यो त जगत्को सार हो । योग फलविनाको अलाप हो । परन्तु भन्ने गरिन्छ शुन्य त आदि र अन्त्य हो । न यसमा प्रश्न छ न यसमा उत्तर छ । यो त तृष्णा र तुष्ति भन्दा पर एउटा बगेको सागर हो । पूर्णवाट निस्केको पूर्ण हो । अनुभूति नभएको पूर्ण विहीनताको वाटो हो ।
जा, कथा तँ यतिमै ! सव अन्त भै जा, अव नवोल्
मृत्युको विर्को म लगाउँछु त्यो कथा कहिल्यै नखुल्
जे भयो राम्रो नराम्रो शुन्यभित्र गै तँ पस्
हो, म चाहन्थे लम्याउन किन्तु भै गो अव नबड् ।
सुरु थियो है, अन्त्य के भो, हा म छकिएँ पिल्सिएँ
क्यैं नमिल्दो सुत्र जोडी भूलको गाँठो परेंं
यो कसिङ्गर यो उपद्रव यो विझेको कण्टक
फ्याँकिदिन्छु फालिदिन्छु शुन्य तेरो पल्तिर ।

उमा ! म माफी चाहन्छु । हाम्रो सुन्दर कथामा व्यथैव्यथाले भरे पनि कतै घृणायुक्त गन्ध छैन । हाम्रो प्रेमले समाजका वेथितिहरुलाई भल्काउन नसके पनि हार खाएर वाटो अलग भएको हुँ । प्रेममा यस्तै हुँदो रहेछ भनी हिजोका कुराहरु थाती राखेर आज आ–आफ्नै बोझले वाँचिएकै हुँ । तर उमा ! आज तिमीले यो संसार छोडेर गए पछि म एक्लै कसरी वाँच्न सक्छु र ? सम्झनै भए पनि सुख दुःख गरि बाँचिएका हामीहरु अव म कसरी सम्झनालाई मार्न सक्छु र ? त्यसैले उमा ! तिमीले क्षमादान दिई आकाशवाट वृष्टि गरि यो धरतीलाई सिन्चित पारिदेऊ । कला कौशलको यो देशमा तिमीले लेख्न लागेका सुकविको कलम वनेर पूर्ण पारी देऊ । लत्पत्याएँ विगारें चकचके भई वाँचेको यो जिन्दगीमा अव मृत्यु आई मलाई सच्चाई देऊ । त्यसैले उमा ! म तिमीसंग भिख माग्दैछु । तिमीले मलाई माफी देऊ या नदेऊ तर म शुन्यको तहमा पसेर आज शुन्यसंगै जित्न चाहन्छु । म ढले म मरें इन्द्रको वज्रले लागेर आज छाती टुक्राटुक्रा भई मर्दैछु । तिमी त एकछिन अगाडि हराएर शुन्य भैसकेकी छे । म अव बाँच्न सक्दिन उमा । जसरी रुख ढल्छ त्यस्तै म पनि एक छिनमैं ढल्दैछु । किनकि मेरो शरीरमा अव रगत छैन । विस्तारै चिसिन थालिसकेको छ । जसरी रुख ढल्छ त्यस्तैं म पनि ढलेर मेरी उमाको लाशमाथि घोष्टिने छ । हदय धड्कन बन्द भएर अव यो शरीर पनि लाश हुँदैछ । उमा म आउँदैछु । तिमी त्यहि बस । मेरो आँखा अगाडि तिमी हलचल नगरी चुप लागेर बस् । अव मेरो जाने वेला भयो । सास बन्द हुने वेला भयो । यो संसारमा अव जन्म नहुने मेरो अठोट पुरा हुने वेला भयो । त्यसैले उमा ! तिमी एक छिन पर्ख । बस् तिमी एक छिन उभिएर हेर । म विस्तारैं ढल्न लागिसके । एक मुठ्ठी सास विस्तारै छोड्न आँटिसके । हिक हिक भैरहेको छ । छाती पोलेर यो मेरो प्राणवायु निस्किन खोज्दैछ । म मरे उमा ! यो फुस्स आई फुस्स जाने तुच्छ जीवन छोडेर म तिम्रो पछि आइसके । शैल मरे सकें । अव उमा र शैलको लाश यो घरतीमा एकैसाथ उठाउन मात्र वाँकी छ । कस्ले कसलाई दागवत्ती दिने हो ? को को आई लाशको अगाडि रुने हो ? थाहा छैन, यो शुन्यभित्र शुन्यको आराधना हुँदैछ । आकाशजस्तो निराकार भएर, हावाजस्तो शुन्य भएर, थल र पर्वतजस्तै शुन्य भएर दुईटा लाश आज शुन्यको सुन्दर घरमा विश्राम लिन्दैछन् ।
भनिन्छ, शुन्यविना गणितको कल्पनासम्म पनि गर्न सकिन्न । त्यसैले शुन्य आफैमा पूर्ण छ । पूर्णवाट पूर्ण लिदा पनि पूर्णभएजस्तैं शुन्यवाट शुन्य लिँदा पनि शुन्य हुनेछ । यो ब्रम्हाण्ड आफैमा शुन्य छ । यो व्योम आफैंमा शुन्य छ । यो परमात्मा आफैमा शुन्य छ । यो मृत्यु आफैमा शुन्य छ । महिमा बुझेको यो व्योममा चराहरु उडेजस्तैं, यो घरतीमा पनि थुप्रैं प्राणीहरुको जन्म पश्चात शुन्यमा नै लीन हुनेछ ।
यो भवसागरमा मान्छे ज्यूनु र मर्नुको मात्र होइन यहाँ कसरी जीवन विताउँन्छन् भने पनि प्रश्न हो । अभावमा खान लाउन गा¥ह्रो भएकाहरुलाई दया माया कसरी गर्नु पर्छ भन्ने पनि प्रश्न हो । मान्छे–मान्छेमा काखापाखा नगरी समानताको व्यवहार कसरी गर्ने हो भन्ने पनि प्रश्न छ । थिति र वेथितिको लडाईमा थितिले जित्नु पर्छ भने हामीहरुको प्रश्न हो । त्यसैले उमा ! तिमीले संघषैसंघर्ष गरेर आफ्नो अमूल्य जीवन माटोमा छोडेर गईन् । शैल लोकलाजवाट टाढा भागेर फेरि जन्मभूमिमा आई उमासंगै सत्य गएँ । यो कस्तो प्रेम हो ? यो कस्तो संयोग हो ? प्रेमको लागि बलिदान दिन सक्ने, प्रेमको लागि मौन व्रत बस्न सक्ने यो गाँठो अव कहिल्यै फुस्किने छैन । आँखाले आँसु चढाई यो कथालाई युगैयुगसम्म श्रद्धाञ्जली दिनेछ ।
बज्र लागी रुख ढले झैं युवक उमामा घोष्टियो
हृदय धड्कन बन्द भैकन प्राण उसको रोकियो
एकमुठी सास रोकिन छैन गा¥हो क्यै पनि
पmुस्स आई फुस्स जाने तुच्छ हाम्रो जीवनी ।
शुन्य बोकी रुख बुटा छन् शुन्यको आराधना
शुन्यको महिमा बुझेका व्योममा उड्छन् चरा
शुन्य हावा, शुन्य त्यो थल, शुन्यो त्यो पर्वत
शुन्य दुइटा लाश, यहाँ शुन्यको सुन्दर घर ।

जीवन अनौठो छ, न बुझ्न सक्छ न बुझाउँन सकिन्छ । यो त सागरजस्तो अत्यन्त गहिरो र अथाह छ । त्यसैले मान्छेहरु भन्ने गरिन्छ प्रेम त सफल र असफलताको प्रतीक हो । जहाँ शीतल, कोमल, भावुक र समर्पणका कथाहरु बाँचिरहेको हुन्छ । हो, उमा र शैलको जीवनमा त्यस्तै भो । वारी र पारी वीचमा नदी वगेजस्तो कस्तोकस्तो छियाछिया भएको किनारा जस्तो भो । शुन्य वोध गदैं यो संसारमा न्यूनु र मर्नुको उत्तर दिए जस्तो भो । प्रेममा बलिदान दिएर प्रेमकैं श्रद्धाञ्जलि दिए जस्तो भो । स्वप्न आशा ती युगलका दुई बेग्लाबेग्लै कतै उज्यालो ज्योति निभे जस्तो भो । हो, त्यस्तै भो । यो ज्यानमारा शैल खण्डकाब्यमा युगकवि सिद्धिचरणले नारी आदर्शको मूल्याकन गदै अन्तर्मनका विचरणहरु छताछुल्ल हुने गरि पोसिएको छ । जातभात र धनी गरीवको मार्मिक चित्रण गदैं नारीको मर्म र सम्मानका लागि प्रस्तुत खण्डकाब्यले कर्तव्य बोध गरिएको छ । नारी चरित्रलाई हेर्ने दृष्टिकोण र मनोविज्ञानलाई केलाएर दया, माया, साहस र कुशलताको परिचय दिइएको छ । हो, जीवनमा शान्ति चाहिन्छ । पैसाले सुख र सुविधा त किन्न सकिन्छ तर शान्ति किन्न सकिदैन भन्ने सन्देश दिइएको छ ।
युगकवि सिद्धिचरण नेपाली काब्य जगत्मा उज्यालो र सुनौलो युगको खोजी गर्ने एक अद्धितीय युग पुरुष हुन् । अत्याचार र दासत्वका विरोध गरि क्रान्ति चेतनाको पहिलो बिकुल फुक्ने राजनीतिक यौद्धा हुन् । नेपाली समाजमा भैरहेको सुख र दुःख, संगति र विसंगतिलाई प्रतिध्वनित गदैं जन्मभूमिको ऋण तिर्न सक्ने काव्य साधक हुन् । नेपाली कवितालाई आधुनिक र स्वच्छन्दतावादीता धारमा मोड्ने एक युग संवाहक हुन् । नेपाली समाज र मानवीय पक्षको चित्रणगदैं संवेध र हार्दिकता, व्यथा र वेदना, आशा र निराश, स्वतन्त्रता र आदर्श, जीवन र मृत्यु सामाजिक र आर्थिक जस्ता रुपरेखाको सुन्दर भाव प्रकट गर्ने मानवताका पुजारी हुन् । नारी जागरण र मुक्तिका निमित काब्यात्मक अभिव्यक्तिद्धारा प्रेरणा दिई नारीप्रति ठूलो सम्मान र सहानुभूति राख्ने कर्मयोगी हुन् । नेपाली भाषा र नेपालभाषा साहित्य क्षेत्रमा प्रगति र समन्वयवादी सिद्धान्तका पक्षधर काब्य जगत्का एक सिद्ध पुरुष हुन् । प्रारम्भमा रुमानी शैलीमा कविता लेखी पछि विभिन्न विद्यामा काव्य साधना गर्ने बहुआयामिक प्रतिभाका धनी काजीदाई कविता प्रति समर्पित एक कवि हुन् । त्यसैले युगकवि सिद्धिचरणका काब्यमा आकार मात्र छैन निराकार पनि छन् । विचार मात्र छैन शुन्य पनि छन् । गरिमा मात्र छैन महिमा पनि छन् । विशालता मात्र छैन युगबोध पनि भएकोले सिद्धिचरण आज नभए पनि सिद्धिचरण आज पनि बाँचिएका छन् ।

प्रकासित मिति २०८२-१-१४

तपाईको प्रतिक्रिया