बिजनेस पोष्ट
काठमाडौं २३ फागुन २०८१-आज शुक्रबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ वृद्धि भएको छ । बिहिबार प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९० रुपैयाँ भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया