भेटबारे ओली र मोदीले साटे सामाजिक सञ्जालमा खुसी

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौं २२ चैत २०८१

प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा छन्। उनले यो बीचमा बिमस्टेक राष्ट्रका प्रमुखसहित विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।

यही मौकामा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेट गरेका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनी बसेकै होटलमा पुगेर एक्लाएक्लै भेट गरेका हुन्।

दुबै नेताले भेटबारे सामाजिक सञ्जालमा खुसी साटेका छन्। मोदीले नेपालीमा लेखेर र ओलीले हिन्दीमा लेखेर भेटबारे खुसी साटेका हुन्

तपाईको प्रतिक्रिया