नेशनल लाइफको खुद नाफा बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
१० महिना अगाडि

काठमाडौं २९ माघ २०८२- चालु आर्थिक वर्ष २०८२/०८३ को दाेस्राे त्रैमासमा नेशनल लाइफ इन्स्यारेन्सको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दाेस्राे त्रैमासको वित्तीय विवरण अनुसार नाफामा २.७५ प्रतिशतको वृद्धि भएको हो। 

गत आवको ६ महिनामा कम्पनीले २७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा यस्तो नाफा २८ करोड ६८ लाख रुपैयाँमा पुगेको छ । नाफासँगै कम्पनीको महाविपत्ति कोष पनि वृद्धि भएको छ । गत आवको पाैष मसान्तसम्म ७० करोड ७५ लाख रुपैयाँ रहेको यस कोषमा चालु आवको सोही अवधिमा ७३ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

Advertisement