स्वयम्भू शाक्य
जीवन आफैमा लामो यात्रा हो । यो यात्राभित्र समय बित्दैं जान्छन् । दिनहरु फेरिँदैं जान्छन् । तर मनमा कोरिएका अविस्मरणीय सम्झनाहरु हाम्रो मन र मस्तिष्कबाट कहिल्यै हटाउन सक्दैनन् । मान्छेहरु भन्ने गरिन्छ, मानिस शारीरिकरुपमा टाढा भएपनि आत्मीय सम्बन्ध र असल क्षणहरु कहिल्यैे टाढा हुँदैनन् । समयले दूरी बढाउन सक्ला तर कहिल्यै टुट्ने छैनन् । ती सम्झनाहरू अमूल्य बनेर सधैँ हाम्रोे मन र मस्तिष्कमा रहिरहनेछन् ।
श्रावण महिना वर्षा ऋतुको याममा पनि दक्षिण भारत कर्नाटक राज्यको राजधानी बेङ्गलोरमा काम विशेषले हामीहरू दिनेश श्रेष्ठ, बिमल श्रेष्ठ, सयम शाक्य र आलेखकार त्यसतर्फ जाने निधो गयौं । वास्तवमा बेङ्गलोर सहरको पुरानो नाम बेङ्गलुरु हो । यसलाई ब्रिटिस शासनकालमा उच्चारण गर्न सजिलोका लागि बेङ्गलोर भनिएको हो । सन् २०१४ मा भारत सरकारले आधिकारिकरूपमा यसको नाम फेरेर पुन बेङ्गलुरु नै राखिएको थियो । यस सहरलाई भारतको सिलिकन भ्याली वा आइटी हक भनेर चिनिन्छ ।
रातिको समय दिल्लीको बाटोहुँदै हामी बेङ्गलोर पुग्यांै । बिहानै नास्ता गरेर हामी आफ्नो कामतिर लाग्यौं । समय बितेको पत्तै भएन । भोक लागिसक्यो । खाना खाएको थिएन । अब खानु पर्यो भनी हामी चारैजना खाना खाएर फेरि कामतिर लाग्न थाल्यौ । दिन बित्यो । समय बगेर गइरहेको थियो । हाम्रो काम चाँडंै फत्य भएकोले सन्तोषको सास फेर्दै अनि मात्र हामी चिया खान रेस्टुरेन्टमा पुग्यांै ।
आज शनिबार टीपू सुल्तानको समर प्यालेस, लालबाग लगायत अन्य स्थानमा घुम्न जाने सल्लाह गयौं । यसै क्रममा ऐतिहासिक महत्व बोकेको टीपू सुल्तानका समर प्यालेसमा घुम्न पुग्दा हामीहरूको मनमा छुट्टै अनुभूति भइरहेको थियो । मानौं हामी वर्तमानमा बसेर विगतका इतिहासका पानाहरु पल्टाइरहेका थियौं । महलको भित्ताहरु, काठका कलात्मक संरचनाहरू, पुराना वास्तुकलाहरू, दरवारका बनावटहरू, ऐतिहासिक सम्पदा र वातावरणले हामीलाई टीपू सुल्तानको इतिहासलाई अध्ययन गर्न लगाइरहेको थियो । अझ भनौँ भने विगतका समयतर्फ हामीहरूलाई फर्काइरहेको थियो । टीपू सुल्तानको यो दरबारभित्रका विभिन्न भागहरु नियाल्दै गर्दा त्यस ठाउँसँग जोडिएका इतिहासका कथाहरु पढौँपढौँ लाग्न थाल्यो । पुराना संरचनाभित्र उभिदा तत्कालिन समयका मानिसहरूको जीवनशैली र राजनीतिक परिवेशलाई कल्पना गर्न हामी बाध्य भयौं । इतिहासलाई किताबमा पढ्नु र इतिहास बोकेको स्थानमा आफै पुगेर अनुभूति गर्नुमा ठूलो अन्तर हुँदोरहेछ । हामीहरु टीपू सुल्तानका बैठक हलमा बसी सुल्तान र दरबारका विषयमा धेरै छलफल गरी तस्बिरहरु खिच्यौँ । प्रत्येक दृश्यलाई आँखाले मात्र होइन मनमा पनि सुरक्षित राख्ने प्रयास गर्यौं ।
समर प्यालेसका विभिन्न भागहरु घुम्दै गर्दा इतिहासका अनेकौं प्रसङ्गहरु मनमा उम्लिरहेको थियो । शासक र दरवारको जीवनशैली, जनता र न्याय प्रणाली, तत्कालीन कला, संस्कृति र जीवनशैलीले अभिव्यक्त गरिएका भावनाहरु झ–झल्को दिइरहेको थियो । टीपू सुल्तानको मैसूर राज्यको इतिहास, युद्ध, वीरता र राजनीतिक संघर्षका अनेकौं कथाहरू जोडिरहेको थियो । हामीहरु कुरा गर्दै थियौ । यो विशाल काठको महलमा टीपू सुल्तान कति हिँडे होलान् ? कहाँ कहाँ बसी आफ्नो जीवन बिताए होलान् ? बैठक हलको बरण्डामा बसेर कति गुनासा र निर्णयहरू गरे होलान् ? आज हामीहरुलाई इतिहासका यी ग्रीष्मकालीन महलले अतीतका मौन कथाहरू सुनाइरहेका छन् । नयाँ ठाउँसँगै नयाँ विचारको जन्म हुन्छ भन्ने कुरा इतिहासले बताइरहेका छन् ।

टीपू सुल्तानको प्रसिद्ध ग्रीष्मकालीन महल (क्गmmभच एबबिअभ) भारतको कर्नाटक राज्यको राजधानी बेंगलुरुस्थित रहेको छ । यस महलको निर्माण उनका पिताले सन् १७८१ मा सुरु गरेका थिए भने यसको सम्पन्न टीपू सुल्तानले सन् १७९१ मा गरेका थिए । यो दुईतले महल पूर्णरूपमा सागबान काठबाट बनाएको थियो । यो इन्डो–इस्लामिक वास्तुकलाको प्रसिद्ध नमुना हो । यसमा कूल १६० वटा बुद्धाधार खम्बाहरु र आकर्षक झ्यालहरु छन् । यसको भित्ता र छतमा फूलहरूको सुन्दर चित्र र ऐतिहासिक युद्धका दृश्यहरु कोरिएका छन् । टीपू सुल्तान यस महलको पूर्व र पश्चिम बार्दलीसहितको दरवार हलमा बसी जनतालाई भेट्ने र बैठक बस्ने गर्थे । पछि टीपू सुल्तानको मृत्युपछि बेलायतीहरूले केही समय यस महललाई आफ्नो सचिवालय बनाएका थिए ।
टीपू सुल्तानको तत्कालिन राजधानी श्रीरंगापट्टन (मैसूर नजिक) मा अवस्थित यो महल सन् १७९१ मा निर्माण गरिएको थियो । राजाको मुख्य निवास र प्रशासनिक केन्द्र यस महलबाट हुने गरिन्थ्यो । सन् १७९९ को चौथो एङ्गलो–मैसूर युद्धमा टीपू सुल्तानको वीरगति भएपछि बेलायती कमान्डर कर्नर बेलेस्लीले यस महललाई ध्वस्त पारिदिए । त्यसैले हाल यो महल भग्नावशेषको रूपमा मात्र बाँकी छ । यो दुईतले महल अति भव्य र आकर्षक थियो । जसलाई बेलायतीहरुले पनि अति सुन्दर भनी वर्णन गरेका थिए । यस महलमा तीन लहरमा सजाएका भव्य खम्बाहरु भएको ठूलो राजदरबार हल, एउटा पुस्तकालय र जेनाना कक्ष समावेश थिए । यस महलमा त्यसबेला भूमिगत पाइपलाइन प्रणाली जडान गरिएको र लोक कथनानुसार टीपू सुल्तानकोे मुख्य ढोकामा चारवटा बाघहरूलाई साङ्लोले बाँधेर राख्ने गर्थे ।
भारतीय इतिहासमा प्रमुख व्यक्तित्वहरूमध्ये टीपू सुल्तान (सन् १७५०÷५१–१७९९) पनि एक हो । उनी दक्षिण भारत मैसूर राज्यका एक शक्तिशाली, प्रभावकारी, आधुनिक तथा प्रगतिशील मुस्लिम शासक थिए । उनलाई वीर योद्घा, देशभक्त र आधुनिक सोच भएका कुशल शासकको रुपमा मानिन्छ । ब्रिटिस साम्राज्यवादविरुद्ध आत्मसमर्पण नगरी युद्धको मैदानमा वीरगति प्राप्त गर्नुभएकाले भारतीय इतिहास मा टीपू सुल्तानको विशेष महत्व छ । प्रविधि र सैन्य विज्ञानका ठूला पारखी टीपू सुल्तान विश्वमै पहिलो फलामे खोल भएको रकेटको विकास गरेर अङ्ग्रेज विरुद्धको युद्धमा लडेका थिए । पछि बेलायतीहरुले यही प्रविधिलाई अनुकरण गरी रकेट निर्माण गरेका थिए । त्यसैले टीपू सुल्तानलाई रकेट प्रविधिको जनक मानिन्छ ।
टीपू सुल्तानको जन्म २० नोभेम्बर १७५० (कसैकसैले १७५१ पनि भनिन्छ) मा कर्नाटकको देवन हल्लीमा भएको थियो । उनको वास्तविक नाम सुल्तान फतेह अली खान (सुल्तान फतेह अली साहेब टीपू) हो । उनको बहादुरीको कारणले उनलाई टीपू सुल्तान र मैसूरका शेर पनि भनिन्छ । टीपू सुल्तान धेरै भाषाका ज्ञाता र प्रशासनिक, सैनिक, युद्धकलामा निपुर्ण थिए ।
२९ डिसेम्बर १७८२ मा पिता हैदर अलीको मृत्यु पश्चात टीपू सुल्तान मैसूर राज्यका राजा भए । उनले कम उमेरमै युद्धकला सिके र १८ वर्षको कलिलो उमेरमै अङ्ग्रेज विरुद्ध युद्ध गरी विजय हासिल गरे । आफ्नो राज्यकालमा नयाँ क्यालेन्डर (मौलुदी पात्रो), नयाँ सिक्का, भूमि राजस्व प्रणाली, कृषि र भूमि सुधार गरी किसानहरुलाई जमिनको मालिक बनाएका थिए । चीनबाट रेशमको कच्चा पदार्थ ल्याई रेशम उद्योगको स्थापना गरेका थिए ।
टीपू सुल्तानको शासनकालमा मैसूर राज्यमा आर्थिकरुपमा निकै समृद्धि थिए । उनले ब्रिटिश इस्ट इन्डिया कम्पनीको विस्तारलाई सबैभन्दा ठूलो चुनौती दिए र अङ्ग्रेजलाई भारतबाट धपाउन फ्र्रान्सका साम्राट नेपोलियन वोनापार्टसँग मैत्रीपूर्ण सम्बन्ध गाँसेका थिए । उनको राज्यकालमा अङ्ग्रेजसँग चारपटक युद्ध भए । जसलाई एङ्ग्लो–मैसूर युद्धको नामले प्रसिद्ध थियो । पहिलो युद्ध (१७६७–१७६९) मा हैदर अली र टीपू सुल्तानको रणनीतिले अंग्रेजहरुलाई पराजित गरे । मदासको सन्धि (त्चभबतथ या ःबमचबक) मार्फत ब्रिटिशहरू मैसूरसँग झुक्न बाध्य भए । दोस्रो युद्ध (१७८०–१७८४) को बीचमा हैदर अलीको मृत्यु भयो । टीपू सुल्तान राजा भए पश्चात उनले रकेट प्रविधिको प्रयोग गरेर ब्रिटिश सेनालाई पराजित गरे । फलस्वरूप सन् १७८४ मा मङ्गलौरको सन्धि (त्चभबतथ या ःबलनबयिचभ) अनुसार दुवै पक्षले एक अर्काको क्षेत्र फिर्ता गरे । तेस्रो युद्ध (१७९०–१७९२) मा ब्रिटिशहरुले मराठ र हैदराबादका निजामसँग मिली टीपू सुल्तानमाथि आक्रमण गरे । यस युद्धमा टीपू सुल्तानको हार भयो । सम्झौतानुरुप उनले आधा राज्य र कडा जरिवाना बुझाउनु पर्यो । उनका दुईजना छोराहरुलाई अंग्रेजले बन्दक बनाएर लगेकाले टीपू सुल्तान मानसिकरूपमा अत्यन्तै आघात परे । चौथो युद्ध (४ मे १७९९) मा ५० हजारभन्दा बढी ब्रिटिश सेनाले मैसूरको राजधानी श्रीरङ्गपट्टन (क्चष्चबलनबउबतबल) लाई चारैतिर घेरी युद्ध गरेतापनि टीपू सुल्तानले आत्मा समर्पण नगरी चौथो एङ्गलो–मैसूर युद्धमा अत्यन्त बहादुरीकासाथ युद्धको सामनागर्दै गरे ।
वास्तवमा चौथो एङ्गलो–मैसूर युद्धमा टीपू सुल्तानका आफ्नै मन्त्री मिर सादिकले ब्रिटिशहरूसँग गुप्त सम्झौता गरेर युद्धको समयमा गद्दार गरे । श्रीरङ्गपटनमा किल्लाको सबैभन्दा कमजोर हिस्साको नक्सा ब्रिटिश सेनालाई बुझाएका थिए । जसले गर्दा ब्रिटिश सेनाले श्रीरङ्गपटनमा किल्लाको पर्खालमा ठूलो प्वाल पारी ब्रिटिशहरु सजिलै भित्र पस्न सफल भए । ठिक त्यही समयमा मिर सादिकले आफ्ना सैनिकहरूलाई तलब बाँड्ने बहानामा किल्ला सुरक्षाबाट हटाएका थिए । टीपू सुल्तानलाई फ्रान्सेली सल्लाहकारहरुले गुप्त सुरुङबाट भाग्न सुझाव दिएका थिए । तर टीपू सुल्तानले “सय वर्ष स्यालकोजस्तो जिन्दगी बाँच्नुभन्दा एकदिन सिंहकोजस्तो बाँच्नु धेरै उत्तम हुन्छ” भनी आफ्नै तरवार लिएर किल्लाको ढोकामा ब्रिटिश सेनासँग भिड्दै गर्दा मिर सादिकले सुरक्षित किल्लाका ढोका बन्द गरिदिए । जसले गर्दा टीपू सुल्तानलाई सैनिकहरूले बचाउन सकेन । लड्दालड्दै गोली लाग्यो र ४ मे १७९९ मा ४८ वर्षको उमेरमा मैसूर राज्यको श्रीरङ्गपट्टनमा उनले वीरगति प्राप्त गरे । मिर सादिकले श्रीरङ्गपटनको सबैभन्दा कमजोर किल्लाको नक्सा ब्रिटिश सेनालाई बुझाइएको थाहा पाई केही देशभक्त सैनिकहरूले टिपुको मृत्यु भएको केही समयमै किल्लाभित्रै आक्रोशित मैसूरका सैनिकहरुले मिर सादिकलाई टुक्राटुक्रा पारी मारिदिए । आज पनि भारतको कर्नाटकमा मिर सादिकलाई गद्दारको प्रतीक मानिन्छ । यो समाचारले अङ्ग्रेजहरू धेरै खुसी भए र मैसूर राज्यमा ब्रिटिश सेनाले शासन गरे । यसरी टीपू सुल्तानको वीरगति भए पश्चात उनका परिवारलाई कलकत्ताको टाँलीगंजमा पठाएको थियो ।
टीपू सुल्तानको सिंहासन र तरवार लगायत सबै कुराहरुमा बाघको छाप राख्नु उनको पहिचान थियो । कपडा, सिक्का, सैनिक पोशाक र तरवार लगायत सबै कुराहरुमा बाघको चिन्ह हुन्थे । टीपू सुल्तान ब्रिटिस साम्राज्यलाई अति घृणा गर्थे र ब्रिटिस साम्राज्यलाई परास्त गर्न उत्सुक थिए । जसको ज्वलन्त प्रमाण टीपूको बाघ हो । यो खेलौना काठबाट बनेको एक अद्घितीय मेकानिकल यन्त्रबाघ (ःभअजबलष्अब ित्ष्नभच) हो । जसमा एउटा पूर्णकदको बाघले ब्रिटिश सैनिकलाई भूँइमा लडाएर उसको घाँटी टोकिरहेको छ । जब यो खेलौनाको ह्यान्डल घुमाइन्छ तब बाघले बेलायती सैनिकलाई भुइँमा लडाएर गर्जिएको आवाज आउथ्यो र ब्रिटिश सैनिकले पीडाले कराउँदै आफ्नो हात तलमाथि गरेको देखिन्छ । यो यन्त्र हाल लन्डनको ख्ष्अतयचष्ब बलम ब्दिभचत ःगकभगm मा राखिएको छ ।
टीपू सुल्तानलाई बाघ भन्नुको पछाडि एउटा चर्चित घटना छ । एकदिन टीपू सुल्तान एकजना फ्रान्सेली साथीसँग जंगलमा शिखार खेल्न गएका थिए । अचानक बाघले आक्रमण गर्दा टीपू सुल्तानको बन्दुकले काम गरेन । उनको तरबार पनि भुइँमा खस्यो । तर टीपू सुल्तान नडराइकन खाली हातले बाघसँग मुकाबला गरे । भुइँमा खसेको तरवार उठाएर बाघलाई एकै प्रहारमा मारे । त्यसैले उनलाई बहादुरको कदर गरी मैसूरको बाघ भनिएको हो ।

टीपू सुल्तानको तरवार विश्वमै सबैभन्दा बहुमूल्य र विशेष प्रविधिले बनेको हतियार मानिन्छ । उच्च कार्बन भएको वूट्ज स्टील (ध्ययतश क्तभभ)ि बाट बनेको उक्त तरवार त्यसबेला दक्षिण भारतमामात्र बनाइन्थ्यो । यो तरवारको धार असाध्यै तीखो र पानी बगेजस्तो बुट्टा देखिन्थ्यो । तरवारको बिँडमा सुनको बुट्टा र अरबी भाषामा “विजय र शक्ति” को प्रार्थना गरिएको थियो । उनी सुत्ने कोठाको ओछ्यान नजिकै एउटा विशेष तरवार झुन्ड्याएर राख्थे । जुन टीपू सुल्तानको वीरगति पश्चात बेलायती सेनाले लुटेर लगेका थिए । हिरामोती जडिएका बाघको आकृति भएको ७.४ किलोग्रामको उनको प्रसिद्ध तरवार सबैभन्दा पहिला सन् २००३ मा लन्डनको उद्योगपति विजय माल्याले १०५ करोड रुपैयाँमा खरिद गरेका थिए । त्यसपछि सन् २०२३ मा लन्डनको बोनहैम्स अक्सन हाउसमा भएको लिलामीमा १४३ करोड रुपैयाँमा बिक्री भएको थियो । यो नै इतिहासको सबैभन्दा महँगो तरवार मानिन्छ ।
भनिन्छ, ब्रिटिश सेनाले उनको गहना लुट्ने प्रयासमा एकजना सैनिकले टीपू सुल्तानलाई गोली हानी हत्या गरेका थिए । उनको मृत्यु पश्चात उनको हातबाट ४२ ग्राम सुनको औठी अंग्रेजले लगेका थिए । जुन औठीमा ‘राम’ लेखिएको थियो । पछि उक्त औठी लन्डनमा १५० करोडमा बिक्री गरेको थियो ।
टीपू सुल्तानको सिंहासनमा सुनको बाघको टाउको राखी सुनले मोडिएको थियो । बहुमूल्य हिरा, मोती र पन्नाहरुले जडिएको उक्त सिंहासनमा चारैतिर बाघका धर्काहरु कोरिएका थिए । पछि टीपू सुल्तानको वीरगति पश्चात बेलायती सैनिकहरूले यो भव्य सिंहासनलाई टुक्राटुक्रा पारेर यसमा जडिएका सुन र हिरामोतीहरू आपसमा बाँधेका थिए । सुनको बाघको टाउका केही अंश पछि बेलायत राजपरिवारलाई उपहार दिइएको थियो ।
टीपू सुल्तानलाई आफ्नो पिता अङ्ग्रेजसँगको पराजित भएकोले जसरी भएपनि बदला लिनु थियो । अंग्रेजहरु टीपू सुल्तानसँग भयभीत थिए । किनकि उनको अनुहारमा नेपोलियनकोजस्तै आकृति देखिरहन्थे । उनका तीनजना रानी थिए । पादशाह बेगम, रुकैया बानो बेगम (१७४४मा विवाह) र खदीया जमान बेगम (१७९६ मा विवाद र १७९७ मा मृत्यु ) । दुईजना सन्तानमा शाहजादा हैदर अली र गुलाम मोहम्मद सुल्तान साहेब थिए ।
सन् १९२१ मा वुडीकोट कोलार, कर्नाटकमा जन्मिनुभएका टीपू सुल्तानका पिता हैदर अली मैसूर साम्राज्यका एक सैनिक थिए । उनको जन्मको नाम हैदर नाइक थिए । उनी सैन्यकलामा निपूर्ण थिए । त्यसैले उनी कमान्डर इन चीफ अर्थात सेना प्रमुख बनेपछि राजा कृष्णराज बाडियार द्वितीयलाई शक्तिको बलबाट हटाई सन् १७६१ मा दक्षिण भारतीय मैसूर राज्यको राजा बने । ६० वर्षको उमेरमा ७ डिसेम्बर १७८२ मा चितुर आन्ध्रप्रदेशमा अङ्ग्रेजसँगको युद्धमा उनको मृत्यु भएको थियो । पिताको मृत्यु पश्चात पिताले सुरु गरेको ‘लालबाग परियोजना’ टीपू सुल्तानले सफलतापूर्वक सम्पन्न गरे ।
टीपू सुल्तानले मैसूर राज्यलाई मुस्लिम राज्य घोषित गरेतापनि आफ्नो राज्यका हिन्दू र मुस्लिम नागरिकहरूका लागि उनीहरुको धार्मिक र सामाजिक परम्परानुसार न्याय गरेका थिए । मुस्लिम समुदायका लागि ‘काजी’ र हिन्दू समुदायकालाई ‘पण्डित’ नियुक्ति गरिएको थियो । जसले आ–आफ्नो कानुन र परम्परानुसार विवादहरु समाधान गर्थे । न्याय प्रणालीलाई पारदर्शी बनाउन अदालतको काम कारबाही र फैसलाहरु लिखितरुपमा रेकर्ड राख्ने व्यवस्था गर्नुकासाथै कुनै पनि फैसलाको विरुद्ध अपिल गर्ने अधिकार दिइएको थियो । प्रशासनको सर्वोच्च अधिकारी राजा हुन्थे । मृत्युदण्ड र कडा सजायको फैसला सुनाउनु अघि राजाको स्वीकृति लिनु अनिवार्य थियो ।
टीपू सुल्तानले समाजमा रहेका व्याप्त कुरुतिहरु हटाउन न्याय प्रशासन बलियो बनाएका थिए । मानव तस्करी, मदिरा सेवन, वेश्यावृत्ति र जबरजस्ती दास बनाउने प्रथामाथि कानुनी प्रतिबन्ध लगाई भ्रष्टाचार तथा लुटपाटविरुद्ध शून्य सहनशीलताको नीति अपनाएका थिए । किसान र सर्वसाधारण जनताको हक, हित र रक्षाको लागि जमिनदार प्रथाको अन्त्य गरी आफ्नो राज्यमा क्रान्तिकारी भूमिसुधार र राजस्व नीतिहरू लागू गरी किसानलाई बिचौलियाबाट जोगाउन र राज्यको अर्थतन्त्र बलियो बनाउन ठूलो भूमिका खेलेका थिए । जमिन्दार तथा सामन्तहरुलाई दिइने भूमि अधिकार खारिज गरी राज्यको नियन्त्रणमा लिए । किसानहरुलाई भूमिमाथिको अधिकार र स्वामित्व दिलाए । राजस्व उठाउनको लागि सरकारी अधिकारी ‘अमिल’ नियुक्ति गरे । यसरी किसान तथा सर्वसाधारण जनताले सिधै राज्यलाई नगद कर बुझाउन लगाई प्रत्यक्ष कर प्रणालीको सुरुवात गरे । यदि कुनै अधिकारीले किसानलाई अन्याय गरेमा वा बढी कर उठाएमा कडा सजायको व्यवस्था गरे । त्यस्तै उनले जग्गाको उत्पादकत्व, माटोको गुणस्तर र सिँचाइको उपलब्धताको आधारमा जमिनको वर्गीकरण गरी कर तोकिएको थियो । खेतीपाती सुरु गर्न वा खडेरीको समस्या समाधान परेका किसानलाई राज्यले ‘तकावी’ नामको कृषि ऋण दिने गर्थे । नयाँ र बाँझो जमिनलाई खेतीयोग्य बनाउने किसानहरूलाई करमा विशेष छुट र प्रोत्साहन दिइन्थ्यो ।
उनले राज्यलाई सक्षम र किसानहरूको आम्दानी बढाउन रेशम खेतीको जग बसाले । जुन आजसम्म पनि कर्नाटकमा प्रसिद्ध छ । आँप, नरिवल र सुपारीजस्ता फलफुल खेती गर्ने किसानहरुलाई पनि उनले विशेष सहुलियत दिएका थिए । जल भण्डारणको लागि कावेरी नदीमा बाँध बनाएका थिए । जुन बाँध आज ‘कृष्णराज सागर बाँध’ नामले प्रसिद्ध छ । टीपू सुल्तानको पराष्ट्र नीति अत्यन्तै आधुनिक, आक्रमण र कूटनीतिकरूपमा सचेत मानिन्थ्यो । उनको मुख्य उद्देश्य ब्रिटिशलाई भारतबाट धपाउनु थियो । त्यसैले अङ्ग्रेजहरूको कुटिलनीतिलाई कमजोर पार्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग गठबन्धन गर्ने नीति अनुरूप उनले फ्रान्ससँग बलियो सैन्य र कुटनीतिक सम्बन्ध बनाएका थिए । टीपू सुल्तान फ्रान्सेली क्रान्तिबाट धेरै प्रभावित भएकोले श्रीरङ्गपट्टनमा आफ्नो दरबार अगाडि ‘स्वतन्त्रताको रूख’ (त्चभभ या ीष्दभचतथ) रोपेका थिए । यो रुखले मित्रता र गणतन्त्रप्रतिको सम्मानलाई दर्शाउँन्थ्यो ।
टीपू सुल्तानले सैन्य र आर्थिक सहयोग जुटाउन आफ्ना राजदूतहरुलाई अटोमन (टर्की) ओमान, पर्सिया (इरान) र अफगानिस्तानसम्म पठाएका थिए । सन् १७८८ मा उनले फ्रान्सका राजा लुई १६औं (ीयगष्क ह्ख्क्ष्) को दरवारमा ठूलो कुटनीतिक प्रतिनिधि मण्डल पठाएर सैन्य सम्झौताको प्रयास गरेका थिए । उनले ओमान र खाडी मुलुकहरूमा मैसूरका व्यापारिक केन्द्रहरू स्थापना गरे । विदेशमा मसला र चन्दन निर्यात गरी राज्यको अर्थतन्त्रलाई बलियो बनाएका थिए ।
भारतभित्रका अन्य शक्तिहरूजस्तै मराठा र हैदराबादका निजामसँग उनको सम्बन्ध खासै राम्रो थिएन । उनले धेरै पटक ब्रिटिशविरुद्ध एकजुट हुन अपिल गरेतापनि मराठा र निजामले ब्रिटिशहरुसँग मिलेर टीपू सुल्तानविरुद्ध युद्ध गरे । टीपू सुल्तान र नेपोलियन बोनापार्टबीचका सम्बन्ध मुख्यतया ब्रिटिश साम्राज्यविरुद्धको रणनीति, कुटनीतिक र पत्रव्यवहारमा आधारित थियो । टीपू सुल्तानले नेपोलियन बनापार्टसँग प्रत्यक्ष भेटघाट नभएतापनि ब्रिटिस विरोधी बलियो सहयोगीकारुपमा हेरेका थिए । टीपू सुल्तान जसरी भएपनि भारतबाट ब्रिटिश शक्तिलाई हटाउन चाहन्थे भने नेपोलियन फ्रान्सको विश्वव्यापी प्रभुत्व जमाउन चाहन्थे । त्यसैले नेपोलियनले सन् १७९८ मा इजिप्टमा गरेको सैन्य आक्रमणको एउटा मुख्य उद्देश्य भारतबाट ब्रिटिशहरूलाई धपाउनु थियो । इजिप्टमा छँदा नेपोलियनले टीपू सुल्तान लाई एउटा ऐतिहासिक पत्र लेखेका थिए–“तपाईं अङ्ग्रेजहरूको सबैभन्दा ठूलो र निरन्तर शत्रु हुनुहुन्छ, म तपाईंलाई पूर्ण सहयोग गर्न तयार छु” तर यो पत्र टीपू सुल्तानसम्म पुग्नु अगावै ब्रिटिस खुफिया एजेन्सीले ओमानको मस्कट स्थित बाटोमै कब्जा गरेको थियो ।
त्यस्तै नेपोलिनले अर्को अत्यन्तै गोप्य र कुटनीतिक पत्रमा “तपाईं अङ्ग्रेजहरूको फण्डाबाट मुक्त हुन र आफ्नो राज्य जोगाउन चाहनुहुन्छ भने कुरा मलाई थाहा छ । म तपाईंलाई पूर्ण सहयोग गर्न तयार छु । तपाईं मलाई आफ्नो अवस्थाको जानकारी पठाउनु होस् ।” टीपू सुल्तान र नेपोलियनकाबीच भइरहेको यस गठबन्धनको जानकारी पाएपछि ब्रिटिशहरू निकै त्रसित भए । इतिहासकारहरूकानुसार नेपोलियनसँगको यही कुटनीतिक सम्पर्कनै टीपू सुल्तानको लागि मृत्युदण्डको सजाय साबित भयो ।
यो पत्र भारतका तत्कालिन ब्रिटिश गभर्नर जनरललाई लर्ड वेलेस्ली (ीयचम ध्भििभकभिथ) को हातमा पुग्यो । टीपू सुल्तान र नेपोलियन मिल्न लागेको देखेपछि ब्रिटिशहरु निकै डराए । नेपोलियनले एक शक्तिशाली र अजय सेना भारततर्फ पठाउन लागेको थियो तर नील नदीको युद्धमा पराजित भएपछि उनले भारतमा सैनिक पठाउन सकेनन् । उनीहरुले फ्रान्सेली सेना भारतमा आइपुग्नु अगाबै टीपू सुल्तानलाई सिध्याउने योजना बनाए र सन् १७९९ मा चौथो एङ्ग्लो–मौसूर युद्ध सुरु गरे । श्रीरङ्गपट्टनको किल्लामा लड्दालड्दै टीपू सुल्तानले वीरगति प्राप्त गरे ।
सन् १७८९ मा फ्रान्समा ऐतिहासिक क्रान्ति भयो । जसले राजाको शासन अन्त्य गरी स्वतन्त्रता, समानता र बन्धुत्व (ीष्दभचतथ,भ्त्रगबष्तिथ बलम ँचबतभचलष्तथ) को नारा दिइयो । यस क्रान्तिमा सबैभन्दा शक्तिशाली र कट्टर क्रान्तिकारी समूह ज्याकोविन क्लब (व्बअयदष्ल ऋगिद) थियो । फ्रान्सेली क्रान्तिबाट निकै प्रभावित भएर आफ्नो राजधानी श्रीरङ्गपट्टनमा ज्याकोविन क्लबको सदस्यता र स्थापना गर्न सन् १९९७ मा फ्रान्सेली सैनिकहरूको सहयोगमा क्रान्तिकारी क्लब स्थापना गर्ने इच्छा देखाए लगत्तै टीपू सुल्तानले तुरुन्तै अनुमति दिए । फ्रान्सली क्रान्तिकारीहरू राजा महाराजा प्रथाको अन्त चाहन्थे । त्यसैले टीपू सुल्तानले पनि आफूलाई राजा नभनी “नागरिक टीपू” (ऋष्तष्शभल त्ष्उग) भन्न लगाए । उनले ज्याकोविन क्लबको औपचारिक सदस्यता र ५०० तोपको सलामी दिएर यसको उत्सव मनाए ।
तत्कालीन समयमा युरोपमा बाँस र कागजबाट बनेका रकेट हुन्थे । यो नाममात्रको रकेट थियो । यसको मारक क्षमता कम थियो । टीपू सुल्तानले रकेटको भित्रीभागमा फलामको ट्युब प्रयोग गरे । जसमा बारुद भरिएको हुन्थ्यो । यसैले गर्दा रकेट लगभग दुई किलोमिटरसम्म मार हान्न सक्थे र ठूलो विस्फोट गराउँथ्यो । रकेटको अगाडिको भागमा तरवार वा ब्लेडहरू बाँड्ने गर्थे । जब रकेट शत्रुको सेनामा खस्थ्यो । यसले भुइँमा तीव्रगतिमा घुमेर धेरै सैनिकहरुलाई घाइते बनाउँथ्यो । दोस्रो र तेस्रो एङ्गलो–मैसूर युद्धमा यी रकेटहरूको प्रहारबाट ब्रिटिश सेना यति त्रसित भयो कि उनीहरु भागाभाग गर्थे । टीपू सुल्तानको मृत्युपछि ब्रिटिशहरूले श्रीरङ्गपट्टनबाट कयौं रकेटहरू बेलायत लगे । त्यहाँका वैज्ञानिक विलियम कन्ग्रेभ (ध्ष्ििष्बm ऋयलनचभखभ) ले टीपू सुल्तानको रकेटलाई अध्ययन गरेर कन्ग्रेभ रकेट (ऋयलनचभखभ च्यअपभत) बनाए । जसलाई ब्रिटिशहरुले पछि नेपोलियनविरुद्धको युद्धमासमेत प्रयोग गरे ।
टीपू सुल्तान एक नवीनताबादी शासक थिए । उनले आफ्नो राज्यलाई पूर्णरूपमा आधुनिक र आत्मनिर्भर बनाउन परम्परागत हिजरी क्यालेण्डरको सट्टा मैलुदी क्यालेन्डर (ःबगगिमष् ऋबभिलमबच) अर्थात सौर्य–चन्द्र पात्रो सुरु गरे । यसको गणना पैगम्बर मोहम्मदको जन्मवर्ष सन् ५७१ बाट सुरु हुन्थ्यो । यस क्यालेण्डरको महिनाहरूको नाम अरबी अक्षरहरूको सङ्ख्यात्मक मान (ब्दवबम क्थकतझ) का आधारमा राखिएको थियो । टीपू सुल्तानले चलाएका सुन, चाँदी र तामाका सिक्काहरू कलात्मकरूपमा उत्कृष्ट मानिन्थे । उनले सिक्काहरूमा आफ्नो नाम कहिले लेखेनन् बरु विभिन्न प्रसिद्ध ऐतिहासिक र वैज्ञानिक व्यक्तित्वहरूको नाम राखेका थिए । सुनको सिक्कालाई ‘अहमदी’ वा ‘फारुकी’ भनिन्थ्यो भने चाँदीको सिक्कालाई ‘इमामी’ वा ‘हैदरी’ (उनको पिता हैदर अलीको नाममा) भनिन्थ्यो । तामाका सिक्काहरुमा हात्तीको चित्र अंकित हुन्थ्यो ।
टीपू सुल्तानको मृत्यु पश्चात ब्रिटिशहरू मैसूर राज्यमाथि सिधै शासन गर्न चाहन्नथे । त्यसैले उनीहरुले टीपू सुल्तानको परिवारलाई कूनूर र पछि कोलकता तिर निर्वासित गरिदिए । टीपू सुल्तानका पिता हैदर अलीभन्दा अगाडि मैसूरमा शासन गर्ने पुराना हिन्दू राजा वाडीयार राजवंशका एक पाँच वर्षीय बालक महाराजा कृष्णराजा वाडीयार तृतीयलाई नाममात्रको राजा बनाएर सिंहासनमा बसालियो । ब्रिटिशहरूले मौसूर राज्यमाथि सहायक सन्धि थोपरिए र मैसूरले ब्रिटिश सेनाको खर्च व्यहोर्नुपर्ने भयो । मैसूरको विशाल भूभाग कोम्टोर, कानारा, मालावार आदि ब्रिटिशहरुले आफै र आफ्ना सहयोगी हैदराबादका निजाम र मराठाहरुलाई बॉडिदिए ।
टीपू सुल्तान नायक कि खलनायक भन्ने सन्दर्भमा इतिहासकारहरूको आ–आफ्नो धारणा रहेको पाइन्छ । एकथरी इतिहासकारहरूकानुसार टीपू सुल्तान लाई नायककारुपमा परिभाषित गरेको छ भने अर्कोथरी इतिहासकारहरूकानुसार उनी खलनायक हुन् । नायककारूपमा परिभाषित गरेका इतिहासकारहरूकानुसार मैसूर राज्यमा एउटा कहावत छ “हैदर अली मैसूर साम्राज्य स्थापित गर्न जन्मिएको हो भने टीपू सुल्तान रक्षाको लागि ।” त्यसैले टीपू सुल्तानलाई एक परिश्रमी बादशाह थिए । उनले आफ्नो राज्यमा मौलिक सुधार र आधुनिक युद्ध रणनीति अपनाउनुका साथै कुशल कुटनीतिज्ञ र दूरदर्शी थिए । उनी आफै कवि र विद्वान भएकोले उनले कवि र विद्वानहरुलाई दरवारमा सम्मान गरिन्थ्यो । आफ्नो राज्यमा हिन्दू ब्राह्मणहरूलाई पनि सहयोग माग्थे । आफूलाई हिन्दू देवताबाट आशीर्वाद प्राप्त होस् भन्नका खातिर ब्राह्मणहरुलाई प्रार्थनासमेत गर्न लगाउथ्यो । सन् १७९१ मा श्री गंगातटको जगत्गुरु स्वामीलाई लेखेको एउटा पत्र हिन्दू विषयको उत्कृष्ट प्रमाण हो । जुन टीपू सुल्तानको ३० वटा पत्र भारतीय पुरातत्व विभागमा संरक्षित छन् ।
टीपू सुल्तानले फ्रेन्च इन्जिनियरहरूको सहयोगबाट आफ्नो साम्राज्यमा औद्योगिकरण को सुरुवात गरे । पानीको शक्तिबाट मिसिन चलाए । दक्षिण चीनबाट रेशम किरा मगाई रेशम उद्योगको स्थापना गरे । कृषि र व्यापारमा उन्नत गरे । सुप्रसिद्ध लेखक इरफान हबीव र शेख अलीकानुसार टीपू सुल्तान एक वीरयौद्घा, देशभक्त र आधुनिक सोच भएका शासक हुन् । सन् १७८४ मा टीपू सुल्तानले वैकटाचला शास्त्री र ब्राह्मणको एक समूहलाई जमिन दान गरी आफ्नो लामो जीवन र सम्पन्नताको लागि प्रार्थना गर्न लगाएका थिए । त्यस्तै उनले मलकोट मन्दिरमा बाह्र हात्ती दान गरेका थिए । उनी मिलीजुली संस्कृतिमा विश्वास राख्ने भएकोले हिन्दू देवताको शक्तिमा पनि विश्वास गर्दथे । उनको दरबारमा हिन्दू ब्राह्मणहरूलाई पनि सल्लाहकारमा राखिएको थियो । टीपू सुल्तानले मैसूर शासकको रूपमा आफ्नो कार्यकालमा प्रशासन, सैन्य प्रविधि र अर्थव्यवस्थाको आधुनिककरणमा महत्वपूर्ण योगदान दिएका थिए । उनले समुद्र युद्ध र व्यापारको रक्षा गर्न एक नौसेना विभागको सुरुवात गरेका थिए । सेनालाई यूरोपेली शैलीमा पुनर्गठन गरे र आधुनिक तोपखानाको निर्माण गरे ।
अर्कोथरी इतिहासकारहरूकानुसार टीपू सुल्तान एक कट्टर दमनकारी राजाको रुपमा परिभाषित गरेका छन् । लेखक विक्रम सम्पाथका प्रसिद्ध पुस्तक “त्ष्उग क्गतिबल” मा टीपू सुल्तान फारसी भाषा बोल्ने कट्टर शासक थिए । विद्वान विलियम डेलरिपलका अनुसार टीपू सुल्तानले विरोधी दुश्मनहरुलाई फाँसी दिनुभन्दा अगाडि हात, खुट्टा र कान आदि काटेपछि मात्र मृत्युदण्ड दिइन्थ्यो । उनले आफ्नो दुश्मनलाई शरीर टुक्रा टुक्रा गरी मारिन्थ्यो भने एक डरलाग्दो घटनालाई उदाङ्ग पारी खलनायककारुपमा परिभाषित गरिएको थियो । टीपू सुल्तानले मालावार (केरला) कोडगु (कुर्ग) र माङ्गलौर क्षेत्रका गैरमुस्लिम हिन्दू र ईसाईमाथि ठूलो अत्याचार गरे । एकहजार मन्दिर र चर्चहरू भत्काएर र ठूलो संख्यामा जबर्जस्ती धर्म परिवर्तन गराए । उनका शासनकालमा धेरै पटक राजनीतिक र धार्मिक कारण क्रुरतानीति अपनाएका थिए । जसले गर्दा उनको राज्यमा केही प्रजा भयभीत थिए । त्यसैले टीपू सुल्तान वास्तवमा राष्ट्रिय स्वतन्त्रता सेनानी थिएनन् । बरु आफ्नो राज्य बचाउन र विस्तार गर्नका लागि मात्र अङ्ग्रेजसँग लडेका थिए । उनीहरुले टीपू सुल्तानलाई ‘दक्षिणको औरङ्गजेब’ पनि भन्ने गर्दथे ।
तटस्थ इतिहासकारहरूकानुसार टीपू सुल्तानलाई एक जटिल र विरोधाभासपूर्ण व्यक्तित्वकारुपमा परिभाषित गरेका छन् । उनीहरूकानुसार १८औ शताब्दीका शासकलाई आजको धर्म निरपेक्षता वा राष्ट्रवादको आधुनिक चस्माबाट मात्रै हेर्नु न्याय संगत हुँदैन । उनको मुख्य उद्देश्य आफ्नो मैसूर राज्यको रक्षा र विस्तार गर्नु थियो । आफ्नो राज्यभित्रका हिन्दू र मुस्लिम जनताप्रति उनी उदार र सहयोगी थिए । तर युद्धकाक्रममा आफ्ना शत्रु वा विरोधीहरूप्रति उनी उत्तिकै निर्मम र कठोर थिए । इतिहासकार एस. सेटारजस्ता विद्वानहरुकानुसार टीपू सुल्तान एक साहसी, सैन्यकला, प्रविधिप्रेमी सुधारक र अर्कोतर्फ आफ्नो राजनीतिक स्वार्थका लागि क्रुर दमन गर्न सक्ने शासक थिए । त्यसैले इतिहासमा उनी नायक र खलनायक दुवैरूपमा चर्चित छन् । टीपू सुल्तान भारतीय इतिहासमा एक बहुआयामिक र जटिल ऐतिहासिक पात्र हुन् । एकातिर आफ्नो राज्यलाई आधुनिक तर्फ लैजाने दूरदर्शी शासक, देशभक्त यौद्वा थिए भने अर्कोतिर आफ्नो राजनीतिक सत्ता टिकाउन विरोधीहरुमाथि कठोर दमन गर्ने क्रूर शासक पनि थिए । त्यसैले उनको जीवन र चरित्रको विषयमा इतिहासकार तथा आम जनताकाबीच नायक तथा खलनायककारूपमा अलगअलग दृष्टिकोण रहेको देखिन्छ ।
टीपू सुल्तान बहुमुखी प्रतिभाका बादशाह थिए । उनी जुनसुकै विषयमा पनि कुराकानी गर्न सक्थे । उनी धेरै फारसीमा बोले पनि कन्नड र उर्दू पनि राम्रोसँग बोलिन्थे । विज्ञान, चिकित्सा, संगीत, ज्योतिष र इन्जिनियरिङ विषयमा उनको विशेष रुचि थियो । धर्मशास्त्र र सूफी मनपर्ने विषय थियो । उनको निजी पुस्तकालयमा अनेक थरिका पुस्तकहरु थिए । अरबी, फारसी, तुर्की, उर्दू र हिन्दीभाषाका संगीत, हरीस, कानून, सूफीबाद, हिन्दू धर्म, इतिहास, दर्शन, कविता र गणितका किताबहरु धेरै थिए ।
टीपू सुल्तान समकालीन विश्व राजनीति र विचारप्रति निकै सजक र आधुनिक सोच राख्ने शासक मानिन्छ । उनको जीवनकालमा चारपटके अंग्रेजी विरुद्ध युद्ध भए । उनीसँग अंग्रेजहरू डराउँथे । उनले शत्रुबाट जोगिन भारतमा पहिलो रकेट बनाएका थिए । उनी महान स्वतन्त्रताका सेनानी तथा प्रथम प्रजातान्त्रिक यौद्वा थिए ।
टीपू सुल्तान लेखक पनि थिए । उनले सैन्य विज्ञान, राजनीतिक, दर्शन, युद्धशैली, हतियारको बन्दोबस्तको आधारमा तयार गरेको प्रसिद्ध पुस्तक ‘फतह उल मुजाहि दीन’(ँबतज–ग्–िःगवबजष्मष्ल), धार्मिक तथा सामाजिक सन्देशको मार्गदर्शन रहेको पुस्तक ‘मुआईदुल मुजाहिदीन’ (ःगबष्म–ग्–िःगवबजष्मष्ल), प्रशासनिक र व्यापारिक जीवनसँग सम्बन्धित पुस्तक ‘मिता उल कूलूब’ (ःषतबज–ग्–िइगयिगद) लेख्नुभएको थियो ।
टीपू सुल्तान मस्जिद भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकतामा अवस्थित छ । यो ऐतिहासिक मस्जिदको निर्माण टीपू सुल्तानका छोरा प्रिन्स गुलाम मोहम्मदले गरेका थिए । यो निर्माण कार्य सन् १८३२ मा सुरु गरी सन् १८४२ मा पुरा भएको थियो ।
टीपू सुल्तानकोे शासनकालमा नेपालमा राजा प्रतापसिंह शाहको निधनपछि उनका साढे दुईवर्षका छोरा रणबहादुर शाहको नेतृत्वमा नेपाल एकीकरण चलिरहेको थियो । १९९९ मा टीपू सुल्तानकोे मृत्यु भएकै वर्ष नेपालमा राजा रणबहादुर शाहले आफ्नो नाबालक छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई गद्दी सुम्पेर आफू स्वामी महाराज बनेका थिए । त्यसबेला नेपालको टीपू सुल्तानसँग कुनै राजनीति वा कुटनीतिक सम्बन्ध थिएन ।
अन्तमा आजको बेङ्गलोरको यात्रा एउटा यात्रामात्र होइन, यो यात्रा मेरा हृदयस्पर्शी, आत्मीय मित्रता र विश्वासको बलियो सम्बन्धकारूपमा अविस्मरणीय बनेर मनमा संधै जीवित रहनेछन् । यात्रास्मृति र अनुभूतिका ती अमूल्य क्षणहरू मनमा संधै बसिरहनेछन् । मनले बोकेका बिर्सिनै नसक्ने यी यात्राहरू भोलि पनि हाम्रो मनमा ताजैं रहनेछन् ।
प्रकासित मिति २०८३-६-२८












तपाईको प्रतिक्रिया