|
३ हप्ता अगाडि
काठमाडौं २० कार्तिक, २०८३
नेपाल धितोपत्र बोर्ड (SEBON) ले आशुतोष इनर्जी लिमिटेडलाई सर्वसाधारणका लागि प्राथमिक सेयर (IPO) जारी गर्ने स्वीकृति प्रदान गरेको छ।
बोर्डले अघिल्लो दिन कान्तिपुर फर्मास्युटिकल्सलाई स्वीकृति दिएलगत्तै आशुतोष इनर्जीलाई पनि सेयर निष्कासनको अनुमति दिएको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ लाख कित्ता सेयर निष्कासन गर्नेछ, जुन कम्पनीको कुल जारी पुँजीको २० प्रतिशत बराबर हुन्छ।
कम्पनीको बाँकी ८० प्रतिशत अर्थात् ४८ लाख कित्ता सेयर संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहनेछ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।





तपाईको प्रतिक्रिया