काठमाडौँ २५ मंसीर २०८२-
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ। नेप्से १.६६ अंकले घटेर २६०७.३७ अंकमा बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ। बजारमा बिहीबार ३२६ कम्पनीका ७७ लाख ६८ हजार कित्ता शेयर ६९ हजार ७२९ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ कायम भएको छ।
दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट लाग्यो। स्वस्तिका लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको हो। त्यस्तै, एसबिएल डिबेञ्चर २०९१ को मूल्य ७.२५ प्रतिशत तथा श्रीनगर एग्रीटेकको शेयर मूल्य करिब ६ प्रतिशतले उकालो लाग्यो। उता, मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य भने सर्वाधिक ८.४२ प्रतिशतले ओरालो लागेको छ।
१३ उपसमूहमध्ये ५ वटाको परिसूचक उकालो लाग्दा ८ वटाको परिसूचक ओरालो लागेको छ। बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूह हरियो रहँदा बाँकी उपसमूह रातो बनेका छन्।












तपाईको प्रतिक्रिया