काठमाडौँ १२ कार्तिक २०८३
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको बालकुमारीस्थित एथलीट ल्यान्ड प्रा.लि. बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ। बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले यो सम्झौता गरिएको हो।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्नेछन्।
डिजिटल भुक्तानी र नगदरहित कारोबारलाई प्रोत्साहन
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबार छाडेर डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा यस्ता सुविधाहरू ल्याउँदै आएको छ। छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।
अत्याधुनिक सेवामार्फत २० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ प्राप्त गर्न सफल सिटिजन्स बैंकले नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याइसकेको छ।
त्यस्तै, बैंकले नवयुवालक्षित ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’, एकीकृत ‘सिटिजन्स डिजी बैंक सेवा’, र फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ।
मोबाइल बैंकिङबाटै सेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधाका साथै अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने ‘क्रस बैंक टेलर’ सुविधा पनि उपलब्ध छ।
सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २ सय शाखा, १ सय ६७ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई modern बैंकिङ सेवा प्रदान गर्दै आएको छ।










तपाईको प्रतिक्रिया