काठमाडौँ २२ भाद्र २०८३
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि रु. २ करोड २२ लाख २२ हजार २ सय २२ आर्थिक सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गराएको हो।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सो रकमको चेक हस्तान्तरण गरे। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थिति थियो।
देवीघाट शाखा क्षतिग्रस्त, खाद्यान्न वितरण
भीषण बाढीका कारण नुवाकोटस्थित बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बैंकले तत्काल राहतस्वरूप विदुर नगरपालिका–५ का प्रभावितलाई चामल, दाल, पिठो, तेल र आलुलगायतका खाद्यान्न सामग्री वितरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलाई निरन्तर सहयोग गर्दै आएको छ। देशका ६१ जिल्लामा रहेका २ सय शाखा, १ सय ६९ एटिएम र ४२ शाखारहित बैंकिङ इकाइमार्फत बैंकले २० लाख ६० हजार ग्राहकलाई सेवा दिइरहेको छ।










तपाईको प्रतिक्रिया