भोटेकोसी बाढीपीडितको राहतका लागि साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख सहयोग

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौँ

देशका विभिन्न भागमा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति पुर्‍याएपछि कर्पोरेसनले सरकारको राहत कोषमा उक्त रकम योगदान गरेको हो।
​कर्पोरेसनका अनुसार कुल राहत रकममध्ये संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्पोरेसनको तर्फबाट ५० लाख रुपैयाँ र बाँकी १० लाख रुपैयाँ कार्यरत कर्मचारीहरूको तलबबाट कट्टा गरी सङ्कलन गरिएको हो। अर्थ मन्त्रालयलाई पत्र लेख्दै कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।
​साथै, साल्ट ट्रेडिङ कर्पोरेसनले बाढीपहिरोबाट अति प्रभावित क्षेत्रहरूमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएको छ। सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत तथा पुनर्नर्माणको महाअभियानमा पूर्ण ऐक्यबद्धता जनाउँदै कर्पोरेसनले मानवीय सहयोगलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया

Advertisement