राजस्व संकलन लक्ष्यको ८२ प्रतिशतमात्रै

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौं ०२ चैत २०८२- आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारको राजस्व संकलन लक्ष्यको तुलनामा निकै सुस्त देखिएको छ। मन्त्रालयको विवरणअनुसार फागुनसम्म ९ खर्ब १० अर्ब रुपैयाँ संकलन गर्ने संशोधित लक्ष्य तोकिएको भए तापनि वास्तविक संकलन निकै कम रहेको छ। 

फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा ७ खर्ब ५१ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । यो लक्ष्यको ८२.६० प्रतिशत हो। फागुनको मात्र लक्ष्य भने ९६ अर्ब ५७ करोड रहेकामा संकलन ८२ अर्ब ५३ करोड रहेको छ, जुन लक्ष्यको ८५.४६ प्रतिशत हो। चालु आर्थिक वर्षको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ।

क्षेत्रगत रूपमा हेर्दा भन्सार महसुलतर्फ वार्षिक लक्ष्यको ५१.०२ प्रतिशत र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ५७.१६ प्रतिशत प्रगति भएको छ। 

अन्तःशुल्क संकलन लक्ष्यको ५६.४७ प्रतिशत रहँदा आयकरको अवस्था भने निकै कमजोर देखिएको छ, जहाँ वार्षिक लक्ष्यको ४१.९६ प्रतिशत मात्र संकलन हुन सकेको छ। विभागगत रूपमा भन्सार विभागले आफ्नो लक्ष्यको ५४.३९ प्रतिशत र आन्तरिक राजस्व विभागले ४८.३७ प्रतिशत राजस्व उठाएका छन्। 

तपाईको प्रतिक्रिया

Advertisement