काठमाडौं ५ चैत्र २०८२ – यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत बराबर हकप्रद सेयर जारी गर्न लागेको हो।
यसअनुसार कम्पनीले १०० कित्ता सेयर बराबर १० कित्ताको अनुपातमा २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्नेछ। हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।
हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरिसकेको छ। त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज मा कायम रहेका सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख १६ गतेसम्म तोकिएको छ।
हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।










तपाईको प्रतिक्रिया