|
३ महिना अगाडि
काठमाण्डौ १८ माघ २०८२।
आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।











तपाईको प्रतिक्रिया