चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष

Bizness Post बिजनेस पोष्ट
|
१० महिना अगाडि

काठमाण्डौ  १३ माघ २०८२।

सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई जिम्मेवारी दिएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको हाे ।

पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिइन ।

अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय भएको सरकारका प्रवक्ता प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Advertisement