सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

BusinessPost बिजनेस पोष्ट

काठमाण्डौ २५ कार्तिक २०८२

सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा इन्स्योरेन्सले १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १८.७४ प्रतिशत र कुल आम्दानी १२.२८ प्रतिशत बढेको छ।

इन्स्योरेन्सको कुल दाबी भुक्तानी १४.८२ प्रतिशत बढेको छ भने कुल खर्च १२.१७ प्रतिशत बढेको छ।नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ १ पैसा बढेर १० रुपैयाँ २२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया