सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पुनः पौडेल

Bizness Post बिजनेस पोष्ट
|
१२ महिना अगाडि

काठमाडौँ २१  मंसिर २०८२

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा फेरि पोषक राज पौडेललाई नियुक्त गरेको छ। मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नेतृत्वमा निरन्तरता दिने उद्देश्यसहित पौडेललाई पुनः जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

निर्णय अनुसार पौडेलको नयाँ कार्यकाल पुस ३० गतेदेखि प्रारम्भ हुनेछ भने चार वर्षका लागि मान्य रहनेछ। बीमा क्षेत्रमै अनुभवी र रणनीतिक नेतृत्व क्षमता राख्ने व्यक्तित्वका रूपमा परिचित पौडेल यसअघि समेत दुई कार्यकाल कंपनीको सीईओको रूपमा रहिसकेका छन्।

तपाईको प्रतिक्रिया

Advertisement