सबै मिलेर देश विकासमा समर्पित हुन राष्ट्रपतिकाे आह्वान

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाडौं २९ मंसिर २०८२- राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेका छन् । उनले त्यसका लागि नविन सोच, शैली र योजना एवम् त्यसलाई पुरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिएका छन् ।राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पने दायित्व हाम्रो काँधमा छ, यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु, त्यसका लागि नवीन सोच, शैली र योजना तथा त्यसलाई पुरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्र वान नेतृत्वको खाँचो छ’, राष्ट्रपति पौडेलले भने ।

तपाईको प्रतिक्रिया