बालेनले नयाँ पार्टी खोल्लान् ? राजनीति अब कसरी अघि बढ्ला?

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

लक्ष्मण गौतम

नेपाली राजनीतिक आकाशमा अहिले अन्योलका बादल मडारिका छन् । अब राजनीतिक कसरी अघि बढ्ला त ? भन्ने सवालमा आम चासो देखिन्छ । तर राजनीति र देश कसरी अघि बढ्ला भन्ने कुराको दृश्य अझै स्पष्ट छैन । किनकी अहिले सबै दलहरुमा पार्टी पुर्नरगठनको आवाज उठेका छन् । जेन-जी आन्दोलनको ३६ घण्टाले सत्ता र संसद मात्र विघटन भएको छैन । पुराना दलहरुका पार्टी संगठन र संरचना नै करिव ध्वस्त भएको अवस्था छ । सबै पार्टीहरुमा अहिले कसरी अघि बढ्ने ? कुन मुद्धाको आडमा चुनाबमा जाने र पार्टी नेतृत्वको फेरबदल गर्ने कि नगर्ने आदि जस्ता बहस छेडिएका छन् । त्यसले निकास पाउन केही समय लाग्ला । यसै सेरोफेरोमा पक्तिकार केही तथ्यगत विश्लेषण प्रस्तुत गर्दछ ।

१-)बालेन अहिलेकै संसदिय ब्यबस्थामा नयाँ पार्टी खोलेर चुनाब लड्दैनन । पुराना दलहरुबाट चुनाब लड्ने कुरा आएन । बालेन फेरी २ बर्ष पछाडी काठमाडौ कै मेयर लड्ने हुन ।

२) 0८४/८४ भनेर हिडेको रास्वपासंग पुराना ३ दललाई डर थियो । प्रचन्डले मेसो मिलाएर रास्वपासंग भएपनि गठबन्धन गर्ने र माओबादी सकिए पनि आफु फेरी कतैबाट चुनाब लड्ने सोच्दै थिए । अब त्यो अवस्था रहेन । जेन्जी आन्दोलनले रास्वपालाई पुराना दलहरु जस्तै बदनाम मात्र गराएन । राज्यका संरचना जलाउने, भत्काउने, कैदी भगाउने ट्याग लागिसक्यो र अब छेद बिच्छेद भैसक्यो ।अब यो पार्टीलाई माथी उठ्न गार्हो छ। चुनाबसम्म पुग्दा केन्द्रिय समितीबाट आधा बाहीर गैसक्छन ।

३ )केपी बा,मा अझै पनि घमन्ड छ । बा,को घमन्ड यस्तै गरि कायम रह्यो भने एमालेबाट पनि केही पंङ्ती बाहीर निस्कन्छ र पहिला छुटेका माधव नेपाल, अशोक राई लगायत माओबादी र बिप्लपसम्मका कम्युनिस्टहरु एक हुन सक्छन ।

४) कांग्रेसमा के हुन्छ भन्ने कुरा अबको केन्द्रिय समिती बैठक इतिहासकै हेर्न लायक हुन्छ । संस्थापन पक्षमा अझै पनि देउबाले छाडे हामी सडकमा पुगिन्छ भन्ने टिकाराम टिकादेबीहरु हात धोएर देउबाको पक्षमा उभिन्छन भने ईतरपक्ष यसपटक वारपारको लडाई लड्ने संभावना देखिन्छ। बहुमतले ईतर पक्ष पेलियो भने कांग्रेस बिभाजनसम्म हुनसक्छ र त्यो बिभाजीत शक्ती, रास्वपाको असन्तुष्ट पक्ष लगायत केही नयाँहरूको छुट्टै पार्टी नबन्ला भन्न सकिन्न । त्यस्तो अबस्थामा बालेनहरु त्यही शक्तीसंग जोडीन सक्छन । जतीसुकै लडेपनि कांग्रेस फुट्दैन भन्ने जुन भाष्य छ, त्यो गलत हो । गिरीजाप्रसाद कोईरला र शेर बहादुर देउबा २ तिर भएकै हुन र आज १ भएको कांग्रेसमा तिनै देउबा २ पटक सभापती भैसकेका छन ।

५) यस्तो परिस्थितीमा यही ब्यबस्थामा चुनाब हुँदा पुराना दलहरुको केही सिट घट्ने , नयाँ र स्वतन्त्रहरु पनि केही संख्या थपीएर आउने हुनेछ र आगामी संसदमा कसैको बहुमत नपुग्ने, संविधान संशोधन गर्न पनि कसैको संख्या नपुग्ने, सरकार बनाउन पनि कसैको संख्या नपुग्ने गरी देश अझै अस्थिरता तिर धकेलिने र बिदेशी शक्तीले खेल्ने मैदान बन्ने देखिन्छ। परिवर्तनका लागि भनिएको जेन्जी आन्दोलन संविधान संशोधन नगरी बा फालेर आमा ल्याउने चक्करमा फस्दा अब झन बर्बात हुदैछ ।

तपाईको प्रतिक्रिया