लक्ष्मण गौतम
रुपन्देही २९ श्रावण २०८२
बालेन कि रवि ? यि दुबै पात्रलाई आज नेपाली जनताले आशाको रुपमा हेरेका छन । बालेन र रवी २०७९ सालमा संगसंगै राजनितीमा आएका हुन । बालेन काठमाण्डौ महानगरपालिकामा मेयर बनेर आए भने रवी चितवनबाट प्रतिनिधीसभा सांसद बनेर राजनितीमा आए । बालेन एक्कासी राजनितीमा आएका हुन भने रवी टेलिभिजनमा पुराना दल र नेताहरुलाई गाली गर्दै राजनितीमा आएका हुन । रवीले चुनाबका बेला बुढा नेताहरुलाई “NO NOT AGAIN” भन्दै चुनाव जितेर आए तर चुनाव जिते पछि तिनै एमाले र माओबादी संग मिलेर २ पटकसम्म गृहमन्त्री बने ।
बालेन सुरुबाटै एमाले प्रति आक्रमक थिए भने रवि एमाले संगै मिलेर २-२ पटक सरकारमा गए र एमालेका बिरुद्द चुईक्क पनि बोलेनन । यदि एमालेले फसाउने नै हो भने रवीलाई होईन बालेनलाई फसाउथ्यो तर फसाउनका लागि पनि त काण्ड / कारण चाहियो । बिना कारण , बिना आधार , बिना प्रमाण , बिना कमजोरी बालेनलाई फसाउने कसरी ? राजनितीक प्रतिसोध साध्ने कसरी ?
रवी अमेरिकाबाट नेपाल फर्किदा नै अमेरिकामा ठगि सम्बन्धी ९ वटा मुद्दा थिए । नेपाल आए पछि आफ्नै सहकर्मीको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परे, २ वटा नागरिकता बोकेको कारण उनको सांसद पद नै गयो भने २ वटा पासपोट काण्ड अझै पनि अदालतमै छ । रवि अहिले सहकारी ठगि , संगठित अपराध, सम्पत्ती सुद्दिकरण लगायतका मुद्दामा कारागारमा छन ।
नेपाल र नेपालीले अब आशाको रुपमा कसलाई हेर्ने ? कसलाई देख्ने ? बालेन कि रवी ? यो निर्णय म तपाई / हामी नेपालीको बिवेक माथि नै छाडे ।











तपाईको प्रतिक्रिया