काठमाडौँ ०७ जेठ २०८२
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले बुधबार तथ्याङ्क प्रकाशित गर्दै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको जनाएको छ । वैशाख मसान्तसम्ममा २ खर्ब ६४ अर्ब ८४ करोड बराबरकाे पेट्रोलियम पदार्थ आयात भएको छ ।
दोस्रोमा फलाम तथा फलामजन्य वस्तु १ खर्ब ३७ अर्ब ९२ करोड रुपैयाँ बराबरको आयात भएको हो ।
तेस्रोमा पाम तथा प्रशोधित तेल १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ ।
चौथोमा बोइलर मेशिन १ खर्ब रुपैयाँ बराबरको, सवारी साधन तथा पार्टपुर्जा ८२ अर्ब २४ करोड रुपैयाँको, प्लास्टिक तथा प्लास्टिक जन्य सामग्री ५४ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ ।
त्यस आलवा पनि नेपाल धेरैजसो मानवीय आवश्यकताका वस्तु तथा सेवा विदेशबाट नै आयात गर्दै आएको छ । खासगरी नेपालको भारतसँग मात्र ६० प्रतिशत ज्यादा ब्यापार छ ।












तपाईको प्रतिक्रिया