|
९ महिना अगाडि
काठमाण्डौ ११ बैशाख २०८२
पियोर इनर्जीको आईपीओ आज बिहिबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर कम्पनीले गत चैत २८ गतेदेखि बैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो शेयरमा कुल १८ लाख ५४ हजार ४९७ जनाले २ करोड १० लाख ५३ हजार ४६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत भएको छन् भने ६ हजार ४२६ आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँट गरिएको छ।











तपाईको प्रतिक्रिया