बिजनेस पोष्ट

नेप्से परिसूचक १०.९८ अंक घटेर २६७७.३२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।
३२२ स्टकको ७४ हजार ८६४ पटकको कारोबारमा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशत घटेको छ। वित्त उपसमूहको परिसूचक १.२३ प्रतिशत घटेको छ।
दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
नेपाल रिपब्लिक मिडिया शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २४ करोड ४४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। सिईडिबि होल्डिङ्गसको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको साढे १४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया