|
९ महिना अगाडि
काठमाण्डौ १९ बैशाख २०८२
तेर्हथुम पावर कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न पाउने भएको छ। धितोपत्र बोर्डले कम्पनीलाई कुल ४० करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको हो।
बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो। कम्पनीको हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेकोमा हकप्रदपछि यो दोब्बर भएर ८० करोड रुपैयाँ पुग्नेछ।
तेर्हथुम पावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेड रहेको छ। कम्पनीले प्राप्त पूँजीलाई जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र पूर्वाधार विस्तारमा उपयोग गर्ने योजना बनाएको छ।













तपाईको प्रतिक्रिया