बिजनेस पोष्ट

काठमाण्डौ २५ चैत्र २०८१
ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । आइपीओ बिक्रीका लागि कम्पनीले २०७९ असार १४ गते बोर्डमा अनुमति मागेको थियो । आवेदन दिएको ३२ महिनापछि कम्पनीले आईपीओ निष्काशनको स्वीकृति पाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्नेछ । कम्पनीले ३९ करोड ७१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । चालु आवमा सेबोनले आइपीओ निष्काशन गर्न दिएको सातौं तथा नयाँ अध्यक्ष आएपछिको छैटौं आईपीओ अनुमति हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया