बिजनेस पोष्ट

काठमाडौं –
सटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३९ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
पानीपोखरीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे ।
उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ ।
डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै, लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया