चीन-अमेरिका ब्यापार युद्ध : ट्रम्पको १०४ प्रतिशतको बदलामा चीनको ८४ प्रतिशत कर

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

एजेन्सी २७ चैत्र २०८१
अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनले अमेरिकामाथि थप ५० प्रतिशत कर लगाएको छ। यसको अर्थ पहिलेको ३४ प्रतिशतको सट्टा अब अमेरिकामा कुल ८४ प्रतिशत भन्सार शुल्क लगाइनेछ ।

चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आउने सबै सामानहरूमा यो अतिरिक्त कर लगाउने घोषणा गरेको हो। मन्त्रालयका अनुसार यी नयाँ शुल्कहरू चीनको स्थानीय समय अनुसार अप्रिल १० मा बिहान १२।०१ बजेदेखि लागू हुनेछन् ।

यसअघि अमेरिकाले चीनमाथि थप ५० प्रतिशत कर लगाउने घोषणा गरेको थियो। यससँगै चीनमाथिको कुल भन्सार १०४ प्रतिशत पुगेको छ । यसको जवाफमा चीनले अमेरिकाको करको विरुद्धमा सम्पूर्ण विश्वलाई एकताबद्ध हुन अपील गरेको थियो। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी करको सामना गर्न चीनले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया