|
१२ महिना अगाडि
काठमाडौँ ०१ पुस २०८२-चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा भन्सार विभागले मात्रै ४० अर्ब १९ करोड राजश्व ९२ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको राजश्व सङ्कलनको तथ्याङ्क अनुसार भन्सार विभागले उक्त राजश्व सङ्कलन गरेको हो । जसमा चालु आर्थिक वर्षको साउन देखि मङ्सिर पाँच महिनामा भने भन्सार विभागतर्फ १ खर्ब ९४ अर्ब ५५ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलनामा भन्सार विभागले ३३।०७ प्रतिशत राजश्व सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ९।७० प्रतिशतले वृद्धि भएको छ ।










तपाईको प्रतिक्रिया