नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौँ १२ श्रावण २०८२,।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) कम्प्याक्टलाई नेपालमा निरन्तरता दिने भएको छ ।

नेपालमा यसअघि विरोध र विभिन्न अड्चनका बाबजुद कार्यान्वयन गए लगत्तै स्थगन गरिएको एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारले निर्णय गरेको छ । अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको जानकारी नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी दूतावासले यसबारे नेपाल सरकारलाई सूचित गराइएको उल्लेख गरेको छ ।

एमसीसी परियोजनामा अमेरिकाले ५० करोड अमेरिकी डलर हालको विनिमय दर अनुसार ६८ अर्ब ५० करोड रुपैयाँ बराबर उपलब्ध गराउने सम्झौता भएको छ । त्यसमा नेपाल सरकारको थप १९ करोड ७० लाख अमेरिकी डलर करिब २७ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने छ । अमेरिकाले उपलब्ध गराउने र नेपालले लगानी गर्ने सबै रकम विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जाल सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवद्र्धनमा खर्च गरिनेछ ।

एमसीसी सञ्चालक समितिको प्रक्रिया तथा अमेरिकी कंग्रेस एवं साझेदार मुलुकहरूसँगको छलफलका आधारमा अन्य विवरण आगामी साता प्रकाश पार्दै जाने पनि एमसीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया