|
८ महिना अगाडि
काठमाडौँ ३१ भाद्र २०८२– खानीखोला हाइड्रोपावर कम्पनीले लिमिटेडले भदौ ३ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद पुन थप भएको छ । कम्पनीले भदौ २३ गतेसम्म आवेदन दिन पाइने भनेकोमा आवेदन नपरेपछि म्याद थपेर भदौ ३१ गते पुर्याइएको थियो । जेन–जी घटनाक्रमका कारण पुनः असोज ६ गतेसम्मका लागि म्याद थप भएको कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रूपियाँका दरले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ ।











तपाईको प्रतिक्रिया