ग्लोबल आइएमई क्यापिटलको १० वर्ष अवधिको बन्दमुखी योजना -‘ग्लोबल आइएमई समुन्नत योजना–२’

Bizness Post बिजनेस पोष्ट
|
१० महिना अगाडि

काठमाण्डौ २० असार २०८२

१० वर्ष अवधिको बन्दमुखी योजना अन्तरगत ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गतको नयाँ योजना ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको छ । कम्पनीले असार २२ गतेदेखि यो योजना निष्कासन गर्ने जनाएको छ ।

सस्तो, सुरक्षित र व्यावसायिक ढंगले लगानी गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको यो योजना प्रारम्भमा एक अर्ब २० करोड रुपैयाँको कोष आकारबाट सुरु हुनेछ । माग बढी भएमा यो कोष आकारलाई २५ प्रतिशतसम्म बढाएर एक अर्ब ५० करोड रुपैयाँ पु¥याउन सकिने क्यापिटलले जनाएको छ ।

यस योजनाले इक्विटी तथा निश्चित आम्दानी साधनहरूमा सन्तुलित रूपमा लगानी गरी जोखिम व्यवस्थापन गर्दै दीर्घकालीन लाभ दिन उद्देश्य राखेको छ । योजना सुरु भएपछि प्राप्त मुनाफाबाट लाभांश वितरण गरिनेछ र बाँकी रकम पुनः लगानीमा प्रयोग गरिनेछ । कोष नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुनेछ ।

तपाईको प्रतिक्रिया