बिजनेस पोष्ट

काठमाण्डौ १७ चैत्र २०८१
नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी मनोज ज्ञवालीले प्राप्त गरेका छन्।
बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि ज्ञवालीले कामु सीईओको भूमिका पाएका हुन्।
उनी हाल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत थिए। ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए। आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। त्यस्तै, सोही बैठकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी सुम्पने निर्णय गरेको हो। ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने प्रतिस्पर्धामा रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया